माइकल फराडे
माइकल फराड | |
---|---|
जन्म | सन् १७९१ न्युविन्गटन, बेलायत |
मृत्यु | सन् १८६७ बेलायत |
वासस्थान | बेलायत |
राष्ट्रियता | बेलायत |
चिनारीको कारण | विद्युत चुम्बकीय उपपादन |
वैज्ञानिक करियर | |
क्षेत्र | भौतिकशास्त्र,रसायनशास्त्र |
हस्ताक्षर | |
माइकल फराडको FRS (/ˈfærədeɪ, -di/; २२ सेप्टेम्बर १७९१ – २५ अगस्ट १८६७ ) एक अंग्रेजी भौतिकशास्त्री र रसायनशास्त्री थिए जसले विद्युत चुम्बकत्व र विद्युत रसायनको अध्ययनमा योगदान पुर्याएका थिए। उनका मुख्य आविष्कारहरूमा विद्युत चुम्बकीय प्रेरण, डायमग्नेटिज्म र इलेक्ट्रोलाइसिसका सिद्धान्तहरू समावेश छन्। फाराडेले थोरै औपचारिक शिक्षा प्राप्त गरे पनि, एक स्व-निर्मित मानिसको रूपमा, उनीइतिहासका सबैभन्दा प्रभावशाली वैज्ञानिकहरू मध्ये एक थिए। [१] फराडेले डिसी करेन्ट बोक्ने कन्डक्टरको वरपरको चुम्बकीय क्षेत्रको अनुसन्धानबाट नै भौतिकशास्त्रमा विद्युत चुम्बकीय क्षेत्रको अवधारणा स्थापित गरे। उनले चुम्बक शक्तिबाट विद्युत निकाल्न सकिन्छ भन्ने घोषणा गरेर चुम्बकीय विद्युत यन्त्र बनाए । यसलाई डाइनामो भनियो। डाइनामोबाट विद्युत शक्ति निकालियो। यसबाट बिजुलीको आविष्कार भयो। यही समयमा जोसेफ हेनरी पनि डाइनामो आविष्कार भयो । आज पनि डाइनामो,जेनेरेटर तथा टान्सफर्मर फराडे तथा हेनरी को सिद्धान्तमा आधारित छ । इलेक्ट्रोम्याग्नेटिक रोटरी उपकरणको उनको आविष्कारले विद्युतीय मोटर प्रविधिको जग खडा गर्यो, र यो धेरै हदसम्म उनको प्रयासको कारणले गर्दा बिजुली प्रविधिमा प्रयोगको लागि व्यावहारिक भयो। [२]
जीवन
[सम्पादन गर्नुहोस्]जन्म सन् १७९१ मा बेलायतको न्युविन्गटनमा भएको थियो । उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । पाँच वर्षको उमेरमा मेन्चेस्टर सहरको स्कुलमा फराडेले पढ्न थाले तर स्कुलको पढाइ राम्रो थिएन । शिक्षकहरु पनि निर्दयी थिए । उनलाई स्कुल जान मन लागेन । तेह्र वर्षकै उमेरमा फराडेले स्कुल जान छाडे । घरको आर्थिक अवस्था कमजोर भएकोले उनी एक पुस्तक पसलमा काम गर्न गए । त्यहाँ उनले किताबमा गाता हाल्ने काम सँगै उनी किताब पनि पढ्थे । विज्ञानका किताबहरु त उनी पाए सम्म पढ्थे। फराडेले किताब पसलमा काम गर्दा गर्दै वैज्ञानिक हम्फ्रे डेभीको सहायक भएर काम गर्ने मौका पाए । यो मौकाले फराडेलाई वैज्ञानिक अध्ययन अनुसन्धानमा ठूलो सहयोग भयो । यसपछि काँच र इस्पातको क्षेत्रमा उनले धेरै काम गरे। र्काबनको कोक्लोराइड बनाए । यसैबाट सन १८२५ मा फराडेले वेन्जिन (दागको आषौधी) आविष्कार गरे । चुम्बक निकाल्न पनि फराडे सफल भए।
वैज्ञानिक उपलब्धिहरू
[सम्पादन गर्नुहोस्]रसायन विज्ञान
[सम्पादन गर्नुहोस्]फराडेको प्रारम्भिक रासायनिक कार्य हम्फ्री डेभीको सहायकको रूपमा थियो। फाराडे क्लोरिनको अध्ययनमा संलग्न थिए; उनले क्लोरीन र कार्बनका दुई नयाँ यौगिकहरू पत्ता लगाए: हेक्साक्लोरोइथेन र कार्बन टेट्राक्लोराइड। हेक्साक्लोरोइथेनको उत्पादन इथिलिनको क्लोरिनेशनबाट बनाइएको थियो र कार्बन टेट्राक्लोराइड हेक्साक्लोरोइथेनको विघटनबाट बनाइएको थियो।
विद्युत र चुम्बकत्व
[सम्पादन गर्नुहोस्]वि-चुम्बकत्व
[सम्पादन गर्नुहोस्]फराडे पिंजरा
[सम्पादन गर्नुहोस्]शाही संस्था र सार्वजनिक सेवा
[सम्पादन गर्नुहोस्]सम्झना
[सम्पादन गर्नुहोस्]सन् १८६७ मा उनको निधन भयो ।
फराडे नामबाट दुई विद्युत एकाई आज पनि प्रयोगमा ल्याइन्छ । यीमध्ये एक एकाइ फराडे हो, जुन विद्युत्को मात्रा नाप्न प्रयोग गरिन्छ । अर्को एकाइ फराड(Farad) हो जो कुनै संधार (Capacitor) कोधारिता (Capacity) नाप्न काम आउँछ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Rao
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "The Faraday cage: from Victorian experiment to Snowden-era paranoia", The Guardian, २२ मे २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- [१] | BBC History
- [२] | Encyclopædia Britannica
- [३] | Chemical Heritage Foundation
- [४] | Scienceworld
- [५] | Faculty of Science, University of Zagreb
- [६] | Famous Scientists