सामग्रीमा जानुहोस्

काँच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वच्छ पारदर्शी काँचबाट बनेको बिजुली बल्ब

काँच एक पारदर्शी ठोस वस्तु हो। यो क्रिस्टल नबनी अर्ध ठोस अवस्थाबाट ठोसमा बदलिन्छ। यो एक सुपर कुल्ड लिक्विड ( Super Cooled Liquid) हो। यसको कारण यो ठोस हुनुभन्दा पहिले नै यसको पग्लिने तापक्रमभन्दा तल चिसिन्छ। ठाडो पारेर राखेको झ्यालमा रहेका अणुहरू माथिल्लो तहबाट तल्लो तहतिर बिस्तारै बग्छन्। यो अल्काली र अल्कालाइन धातहरूको होमोजिनस मिश्रण हो। यसको मुख्य कच्चा पदार्थ सिलिका (SiO2) हो। यो बालुवामा पाइन्छ। सिलिका र केही धातुहरूको यौगिकसंग प्रतिक्रिया भई सिलिकेटहरू बन्छन्। धातुको सिलिकेटबाट काँच बनाइन्छ।

सिलिका काँच

[सम्पादन गर्नुहोस्]

सिलिकालाई लगभग १६०० डिग्री सेल्सियसमा तताउँदा यो पग्लन्छ। यसलाई चिस्याउँदा ठोसमा परिर्वतन भई एक प्रकारको कृस्टलाइन काँच बन्छ। यसैलाई सिलिका काँच भनिन्छ। यो अम्ल, पानी र अन्य रसायनहरूमा घुल्दैन। वातावरणमा भएको फरक तापक्रमले यसलाई असर गर्दैन किनकि सिलिकामा तन्कने गुण हुन्छ। यो काँच गम बनाउन, विद्युतीय सामग्रीहरू बनाउन र प्रयोगशालामा प्रयोग हुने सामग्रीहरू बनाउन प्रयोग गरिन्छ।

सिलिकालाई करिब ८०० डिग्री सम्म सोडियम कार्बोनेट वा पोटासियम कार्बोनेटसँग तताउँदा सोडियम सिलिकेट वा पोटासियम सिलिकेट बन्छ। यो काँच पानीमा घुल्ने हुनाले यसलाई वाटर काँच पनि भनिन्छ। यस प्रकारको काँच अग्नि प्रतिरोधक सामान र सिलिका गार्डेन बनाउन प्रयोग गरिन्छ। यस काँचको घोल पेस्ट, गम आदि बनाउन पनि प्रयोग गरिन्छ ।

काँचको उपयोग कैयौँ प्रकारको वतुहरूमा गरिन्छ जुनमा विभिन्न भौतिक गुणहरूको आवश्यकता रहन्छ। काँचको भौतिक गुणहरूमा भिन्नता विभिन्न आक्साइडहरूद्वारा आउँछ।

घनत्व- काँचमा अधिक घनत्व सीस आक्साइडद्वारा आउँछ भने सबैभन्दा कम बोरिक आक्साइडद्वारा आउँछ।

विद्धुतीय गुण- काँचको विद्युच्चालकता काँचको रचना, ताप एवं वातावरण मा निर्भर रहन्छ। आजकल काँचको उपयोग अचालक (insulator) को लागि गरिन्छ।

तापीय गुण- तप्त हुँदा काँच ताप प्रसारित हुन्छ

प्रकाशीय गुण-