ग्यालिलियो ग्यालिली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ग्यालिलियो ग्यालिली
गिउस्टो सस्टर्म्यान्सले बनाएको ग्यालिलियो ग्यालिलीको चित्र ।
जन्म (१५६४-०२-१५)१५ फेब्रुअरी १५६४[१]
पिसा,[१] डची अफ फ्लोरेन्स, इटाली
मृत्यु ८ जनवरी १६४२(१६४२-०१-०८) (७७ वर्ष)[१]
आर्सेट्रि,[१] ग्राण्ड डची अफ टस्कानी, इटाली
वासस्थान ग्राण्ड डची अफ टस्कानी, इटाली
राष्ट्रियता इटालियन (टस्कान)
अल्मा मेटर पिसा विश्वविद्यालय
चिनारीको कारण Kinematics
Dynamics
Telescopic observational astronomy
Heliocentrism
वैज्ञानिक करियर
क्षेत्र अन्तरीक्ष विज्ञान, भौतिक शास्त्र र गणित
शिक्षा पिसा विश्वविद्यालय
पडुआ विश्वविद्यालय
शैक्षिक सल्लाहकार ओस्टिलियो रिची[२]
उल्लेखनीय विद्यार्थीहरू बेनेडेट्टो क्यास्टेल्ली
मारियो गुइडुची
विन्सेनजियो विविआनी[३]
हस्ताक्षर
टिप्पणीहरू
ग्यालिलियो पिता विन्सेन्जो ग्यालिली एक संगितकार थिए । उनकि श्रीमती मारिना गाम्बा (१५७० अगस्ट २१- १६१२) एक lutenist थिइन, उनीबाट दुई छोरी (मारीया सेलेस्ट (१६००-१६३४) र लिभिया (१६०१ - १६३४), यि दुबै पछि भिक्षुणी भए), तथा एक छोरा विन्सेन्जो (१६०६ - १६४९) भए । पछि मारिनाले जिओभानी बारटोलुजी संग विवाह गरिन् ।

ग्यालिलियो ग्यालिली (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ग्यालिलियोको नामले चिनिन्छ । यिनी इटालीका भौतिकविज्ञानशास्त्री, गणितज्ञ, खगोलशास्त्रीदार्शनिक थिए जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै कपर्निक्यानिज्म (Copernicanism)को लागि सहयोग गरेका थिए । ग्यालिलियोलाई "आधुनिक अवलोकन खगोल विज्ञानका पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञानको पिता" र "आधुनिक विज्ञानका पिता" जस्ता नामले चिनिन्छ ।

स्टीफन हकिंग भन्छन्, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए ।" लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक भौतिक विज्ञानको पाठ्यक्रमहरुमा पढाईने समान त्वरित वस्तुहरुको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले अन्तरिक्षको अवलोकन गरेर शुक्रग्रहको चरणको पुष्टि, बृहस्पतिका सबैभन्दा ठूला चार उपग्रहरूको (यिनीहरूको नाम उनको सम्मानमा ग्यालिली मुन राखिएको छ) खोज र सनस्पट्सको (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्‍याका छन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरुको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका थिए ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ O'Connor, J. J.; Robertson, E. F., "Galileo Galilei", The MacTutor History of Mathematics archive, University of St Andrews, Scotland, अभिगमन मिति २००७-०७-२४  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. F. Vinci, Ostilio Ricci da Fermo, Maestro di Galileo Galilei, Fermo, 1929.
  3. NODAK.edu