सामग्रीमा जानुहोस्

ट्रान्सफर्मर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्रान्सफर्मर

ट्रान्सफर्मर एक किसिमको पावर सिस्टममा प्रयोग गरिने बिद्युतिय उपकरण हो जसले अल्टरनेटिङ इलेक्ट्रोमोटिभ फोर्स/एसी विद्युत अर्थात भोल्टेजको मात्रालाई फ्रिक्वेन्सि परिवर्तन नगराई बढाउन वा घटाउन प्रयोग गरिने विधुतिय उपकरणलाई ट्रान्सफर्मर भनिन्छ ।

कार्यसिद्धान्त

[सम्पादन गर्नुहोस्]

ट्रान्सफर्मर एक बिद्युतचुम्बकिय उपपादनको सिद्धान्तको आधारमा काम गर्ने उपकरण हो । समयानुरूप परिवर्तन हुने करेण्ट जब ट्रान्सफर्मरको प्राईमरी वाईन्डिङ्गमा प्रदान गरिन्छ, तब फराडेको बिद्युतचुम्बकिय उपपादनको असरबाट ट्रान्सफर्मर सेकेन्डरीमा समयानुरूप परिवर्तन हुने करेण्ट उत्पादन हुन्छ ।

ट्रान्सफर्मर कार्यसम्पादनको आधारमा विशेषतः दुई प्रकारको हुन्छ :
१. स्टेपअप ट्रान्सफर्मर
२. स्टेपडाउन ट्रान्सफर्मर

ट्रान्सफर्मर

स्टेप अप ट्रान्सफर्मर

[सम्पादन गर्नुहोस्]

यो एक यस्तो किसिमको ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज बढि हुन्छ । पावर सिस्टममा भोल्टेज बढाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।

स्टेप डाउन ट्रान्सफर्मर

[सम्पादन गर्नुहोस्]

यो एक यस्तो ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज कम हुन्छ । पावर सिस्टममा भोल्टेज घटाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।

उपपादनको खोज

[सम्पादन गर्नुहोस्]

विद्युत चुम्बकीय उपपादन, ट्रान्सफर्मरको सञ्चालनको सिद्धान्त हो, यसको खोज माइकल फाराडेले १८३१ मा र जोसेफ हेनरी १८३२ मा स्वतन्त्र रूपमा पत्ता लगाएका थिए। [१][२][३][४]

इन्डक्सन कोइल

[सम्पादन गर्नुहोस्]

इन्डक्सन कोइल व्यापक प्रयोग भएको पहिलो प्रकारको ट्रान्सफर्मर थियो, जसको आविष्कार मेनुथ कलेज, आयरल्यान्डका आयरिश-क्याथोलिक रेभ. निकोलस क्यालनले १८३६ मा गरेका थिए।[४] प्राथमिक विन्डिङ भन्दा जतिधेरै सेकेन्डरी वाइन्डिङ हुन्छ्, त्यती नै धेरै सेकन्डरी भोल्टेज उत्पन्न हुन्न्छ भन्ने कुरा महसुस गर्ने उनी पहिलो शोधकर्ताहरू मध्ये एक थिए। ब्याट्रीबाट उच्च भोल्टेजहरू प्राप्त गर्न वैज्ञानिकहरू र आविष्कारकहरूको प्रयासबाट इन्डक्सन कोइलहरू विकसित भए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "A Brief History of Electromagnetism" 
  2. "Electromagnetism", Smithsonian Institution Archives 
  3. MacPherson, Ph.D., Ryan C., Joseph Henry: The Rise of an American scientist, मूलबाट २०१५-१२-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-१०-२८ 
  4. ४.० ४.१ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).