सामग्रीमा जानुहोस्

विद्युत चुम्बकीय उपपादन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चुम्बकीय बलरेखाहरूलाई सुचालक तारले काट्दा उक्त तारमा विद्युत उत्पन्न हुन्छ, यो कार्यलाई विद्युत चुम्बकीय उपपादन भनिन्छ । बेलायती वैज्ञानिक माइकल फराडेले सन् 1831 मा यो खोज गरेका थिए। यो प्रक्रियामा चुम्बकीय क्षेत्रको परिवर्तनद्वारा विद्युत धारा उत्पन्न हुन्छ।

विद्युत चुम्बकीय उपपादनको मुख्य सिद्धान्त भनेको चुम्बकीय क्षेत्र र विद्युत सुचालक (conductor – कन्डक्टर) बीचको सापेक्ष गतिले विद्युत धारा उत्पन्न हुनु हो। यो घटना तब घट्छ जब कुनै विद्युत सुचालक तार चुम्बकीय क्षेत्रमा घुमाइन्छ वा चुम्बकीय क्षेत्र परिवर्तन हुन्छ। यसरी उत्पन्न भएको विद्युत धारालाई प्रेरित विद्युत् धारा भनिन्छ र यसको दिशा लेन्जको नियम अनुसार निर्धारण हुन्छ।

छड चुम्बकलाई सूचालक तारको क्वाइलको भित्र र बाहिर गरी बालाउँदा यसको सतहमा पर्ने चुम्बकीय बलरेखाको सइख्या अर्थात् चुम्बकीय प्रवाह निरन्तर परिवर्तन हुन्छ । जसले गर्दा क्वाइलमा भोल्टेज उपपादित हुन्छ । यसको विपरीत सुचालक तारको क्वाइललाई चुम्बकीय क्षेत्रमा घुमाएर उक्त क्वाइलसँग सम्बन्धित चुम्बकीय प्रवाह निरन्तर परिवर्तन गराउँदा पनि क्वाइलमा भोल्टेज उपपादित हुन्छ । दुवै अवस्थामा क्वाइल वा चुम्बकको गति परिवर्तन गर्दा गरिने कार्य अर्थात् यान्त्रिक शक्ति विद्युत् शक्तिमा रूपान्तरण हुन्छ ।

यो सिद्धान्त आधुनिक विद्युत उत्पादन र विद्युतीय उपकरणहरूको आधारभूत सिद्धान्त हो। विद्युत जेनेरेटरहरूमा यान्त्रिक ऊर्जालाई विद्युत ऊर्जामा रूपान्तरण गर्न यही सिद्धान्त प्रयोग गरिन्छ। त्यसैगरी ट्रान्सफर्मरहरूमा एक प्रकारको विद्युत धारालाई अर्को प्रकारमा परिवर्तन गर्न र विद्युत मोटरहरूमा विद्युत ऊर्जालाई यान्त्रिक ऊर्जामा रूपान्तरण गर्न पनि यही सिद्धान्त प्रयोग गरिन्छ।