अन्तर्राष्ट्रीय मात्रक प्रणाली
| सङ्केत | नाम | परिमाण |
|---|---|---|
| A | एम्पियर | धाराविद्युत |
| K | केल्भिन | तापक्रम |
| s | सेकेण्ड | समय |
| m | मिटर | लम्बाइ |
| kg | किलोग्राम | पिण्ड |
| cd | क्यान्डेला | प्रकाशको तिव्रता |
| mol | मोल | पदार्थको मात्रा |
अन्तर्राष्ट्रीय मात्रक प्रणाली (संक्षेपमा SI ; फ्रेंच Le Système International d'unités का संक्षिप्त रूप), मिटरी पद्धतिको आधुनिक रूप हो । यसलाई सामान्य रूपले दशमलव एवं दशको गुणाकमा बनाइएको छ । यो विज्ञान तथा वाणिज्य क्षेत्रमा सर्वाधिक प्रयोग गरिने प्रणाली हो ।
एस.आइ प्रणालीलाई १९६० को पुरानो मिटर-किलोग्राम-सेकण्ड अर्थात् (MKS) प्रणालीबाट विकसित गरिएको थियो । यस भन्दा अघि सेन्टीमीटर-ग्राम-सेकण्ड (CGS) प्रणालीमा कंयौ कठिनाइहरु थिए । एस.आइ प्रणाली पनि सधै स्थिर भएर रहेन , यसमा पनि समय क्रम संगै निरन्तर विकास हुदै गयो । इकाई प्रणालीहरु अन्तर्राष्ट्रीय समझौताहरुद्वारा नै बनाइन्छन् र परिवर्तन गरिन्छन ।
यो प्रणाली लगभग विश्वव्यापक स्तरमा लागु भएको छ । तर यसको अपवादमा संयुक्त राज्य अमेरीका र ब्रिटेन मा, जहाँ अझै पनि गैर-SI इकाइहरु, उनिहरूको पुरानै प्रणाली प्रचलित छन् ।
इकाइहरु
[सम्पादन गर्नुहोस्]- SI मूल इकाइ: जुन सात छन्,
- व्युत्पन्न इकाइ: जो मूल इकाइहरूबाट व्युत्पन्न भएका छन्।
| नाम | चिन्ह | मात्रा |
|---|---|---|
| मिटर | m | लम्बाई |
| किलोग्राम | kg | भार |
| सेकेण्ड | s | समय |
| एम्पियर | A | विद्युत धारा |
| केल्भिन | K | तापक्रम |
| मोल (इकाई) | mol | पदार्थको मात्रा |
| क्यान्डेला | cd | प्रकाशीय तीव्रता |
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Barry N. Taylor, Ed., The International System of Units (SI), Gaithersburg, MD: National Institute of Standards and Technology, पृ: 9, अन्तिम पहुँच २००७-१०-३०।