न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्व्यापी नियम अनुसार कुनै दुई विन्दु पदार्थका बीचमा आकर्षण बल हुन्छ जुन बल ती दुई पदार्थको पीण्डको गुणानफलसँग समानुपातिक तर ती दुई बीचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ। यो भौतिक विज्ञान को अाधारभुत नियम हो। यो क्लासिकल भौतिक विज्ञानको एउटा भाग हो र यसलाई न्यूटनले अाफ्नो पुस्तक 'फिलोसोफिया न्यटुरालिस प्रिन्सिपिया म्याथेमाटिका' मा सन् १६८७ जुलाई ५  मा पहिलोपटक प्रकाशित गरेका थिए। पहिलोपटक जब न्यूटनले यो पुस्तक सन् १६८७ मा रोयल सोसाइटिमा प्रस्तुत गरे, रोबर्ट हुकले ब्युत्क्रमानुपातिक नियम न्युटनले अाफूबाट प्राप्त गरेको भनी दाबी गरे।


अाधुनिक भाषामा, यो नियमले: कुनै एक बिन्दु पदार्थले अन्य सबै बिन्दु पदार्थहरूलाई, तिनीहरूबीचको रेखाको दिशमा, एउटा बलले अाकर्षण गर्छ, भन्छ। उक्त बल तिनीहरूको पीण्डको गुणानफलसँग समानुपातिक र ती बीचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ। यससम्बन्धी प्रयोगशालमा पहिलो जाँच बेलायती वैज्ञानिक हेनरी क्याभेन्डिसले, यसको प्रकाशनको १११ वर्षपछि र लगभाग न्यूटन स्वयंको निधनको ७१ बर्षपछि सन् १७९८ मा गरेका थिए।

यो नियम कोलम्बको सिन्द्धान्तसँग मेल खान्छ, जुन कुनै दुइ चर्ज भएको बस्तुहरू बीचको बल पत्ता लगाउन प्रयोग हुन्छ। यी दुबै नियमहरू दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छन्। कोलम्बको सिद्धान्तमा चार्जको गुणानफल हुन्छ भने न्यूटनको सिद्धान्तमा पीण्डको गुणानफल हुन्छ।

तत्पश्चात यो नियमलाई अाइन्स्टाइनको जेनेरल रिलेटिभिटी सिद्धान्त्ले अात्मासात् गरेको छ, तर यो दैनिक जीवनका प्रयोगका लागि अझै पनि एउटा महत्वपूर्ण नियम हो। अन्त्यन्त सुक्ष्म अध्ययनका लागि मात्र अाइन्स्टाइनको नियमको जरूरत पर्दछ, जस्तै अत्यन्त धेरै पीण्ड र घनत्व भएका बस्तुहरू वा धेरै नै नजिक भएका दुई पीण्ड (जस्तै बुध ग्रह र सूर्य)का बीचको बल अध्ययन गर्न मात्र अाइन्सटाइनको सिद्धान्त आवश्यक पर्छ।

इतिहास[सम्पादन गर्ने]