वर्ण
स्वरूप
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
एकै स्वर हुने ध्वनिलाई वर्ण भनिन्छ।
यदि ध्वनिमा स्वर छैन भने वर्ण मानिन्दैन।
जस्तै:
हलन्त शब्द: राजन्को 'न्'। यहाँ 'न्' वर्ण होईन।
संयुक्ताक्षर: कृष्णको 'ष्'। यहाँ 'ष्' वर्ण होईन।
वर्ण २ प्रकारको हुन्छ।
- ह्रस्व स्वर हुने वर्ण (ह्रस्व वर्ण): अ, इ, उ, ऋ (जस्तै: क, कि, कु, कृ)
- दीर्घ स्वर हुने वर्ण (दीर्घ वर्ण): आ, ई, ऊ, ए, ऐ, ओ, औ (जस्तै: का, की, कू, के, कै, को, कौ)
लघु व गुरु वर्ण
- ह्रस्व स्वर र ह्रस्व स्वर दिने व्यंजन वर्णलाई लघु भनिन्छ। लघुलाई "।"
- दीर्घ स्वर र दीर्घ स्वर दिने व्यंजन वर्णलाई गुरु भनिन्छ। गुरुलाई "ऽ"
लघु वर्णहरू "|":
- अ, इ, उ, ऋ (जस्तै: क, कि, कु, कृ)
- चन्द्र बिन्दु आउने वर्णहरू: जस्तै: अँसुवरको अँ
- संयुक्त व्यंजन हुने वर्णहरू: जस्तै: नित्यको त्य।
गुरु वर्णहरू "s":
- आ, ई, ऊ, ए, ऐ, ओ, औ (का, की, कू, के, कै, को, कौ)
- इं, विं, तः, धः (अनुस्वार वा विसर्ग हुने वर्ण): जस्तै: इंदु, बिंदु, अतः, अधः।
- संयुक्ताक्षरको पहिलो वर्ण: जस्तै: अग्रको अ, वक्रको व
- हलन्त वर्ण भन्दा पहिलेको वर्ण: जस्तै: राजन्को ज