सामग्रीमा जानुहोस्

काफ्ले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काफ्ले नेपालमा बसोबास गर्ने ब्राम्हण जातिको थर विशेष संज्ञा हो । यसको दुई शाण्डिल्य एवं सावर्णि गोत्र हुन्छ । यो दुई प्रकारको हुन्छ 1 साजी 2 बासी तर एउटै दाजुभाईबाट साजी र बासी बनेको हुनाले अन्य सम्पुर्ण कुरा एउटै हुन्छ ।


वैदिक आर्यमूलका शाण्डिल्य गोत्री ब्राह्मणहरूले नेपाल सरहदभित्र प्रवेश गरेपछि आर्जन गरेका थरहरूमध्ये ‘काफ्ले’ थर पनि एउटा हो । काफ्लेका आदि पुर्खाहरूमा वेद विद्याका ज्ञाता यज्ञनिष्ठ कर्मनिष्ठ शाण्डिल्य वंशी ब्राह्मणहरू थिए । अग्निका आत्मज भएकाले धर्मनिष्ठ काफ्लेहरूले आदि पुर्खादेखि नै पुर्खौली बपौतीका रूपमा अग्निहोत्र कर्म अपनाउँदै पुरोहित्याईं कर्म गर्दै आएका छन् । आदि पुर्खा सहित सकल काफ्लेहरू सुसभ्य, सुसंस्कृत, कर्मनिष्ठ विद्यावान विशेषताका साथ कर्मठ गोचारक कृषक थिए ।

सगोत्रीहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]