सामग्रीमा जानुहोस्

फुयाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुयाल नेपाल, भारत, भुटान तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दु सनातन धर्मावलम्बी विशेषतया नेपाली ब्राह्मणहरुको थर हो ।

पूर्वज

फुयालहरूको वंशावली अनुसार कौशिक गोत्रिय फुयाल, र रिमाल एकै वंशका हुन् । फुयाललाई कतै (फुयल, फुएल, फुयाँल) समेत भन्ने गरिएको छ । दुई सहोदर भाइ रिमाल र फुयालहरूको मुल थलो जुम्ला जिल्ला हो । जुम्लामा करिव १२०० घरधुरी फुयालहरूको एउटै गाउंमा बसोवास छ भने यहाका अन्य क्षेत्रमा पनि फुयालहरु छरिएर रहेका छन् । फुयालको ऐतिहासिक पृष्ठभूमी हेर्दा कुनै समयमा दुई भाइ छुट्टिएर एक जना हावा चल्ने डाँडामा बसे र फुयाल कहलिए । यिनीहरुका कुल देवता बाजुरा जिल्लामा अवस्थित वढीमालिका साथै कालिका,जालपादेवी समेत रहेकोलाई आधार मान्दा फुयालहरु पश्चिम नेपालका हिन्दु सनातनी धर्मावलम्बी हुन भनेर अनुमान लगाउन सकिन्छ ।

संख्या

करिव १००००० को संख्यामा नेपालका ७० जिल्ला, भुटान,भारत तथा अन्य हिन्दु नेपालीहरु बसोवास गरेका क्षेत्रहरूमा पनि फुयाल थरका नेपालीहरु रहेका छन् । काठमाडौंको आलापोट,गोलढुंगा,जीतपुर र काभ्रेस्थलीमा ठूलो संख्यामा फुयालहरु बसोबास गर्दछन् । यसै गरी कोशी प्रदेशको झापा, मोरङ, भोजपुर, खोटाङ्ग लगायतका जिल्लामा पनि फुयालहरूको ठूलो संख्यामा बसोबास छ । खोटाङ्गको रतन्छा, मबु भन्ने एउटा गाउँमा २०६० सालसम्म करिब २४० घर रहेको प्रमाण विभिन्न अभिलेखहरुबाट प्रष्ट हुन्छ । त्यो क्षेत्र निक्कै बिकट रहेको हुनाले त्यहाँबाट मानिसहरु बसाईं सरेर जाने अवस्था चरम बिन्दुमा पुगेको पाइन्छ । त्यहाँबाट भोजपुरको सिक्तेल (दधिपुर) भन्ने ठाउँमा पनि करिब १०० घर मानिस आएको पाइन्छ ।


कवी तथा साहित्यकार श्रीहरि फुयाल मदन पुरस्कार समेत विजेता हुन् । भने अधिवक्ता हरि फुयाल नेपाल सरकारको महान्यायाधिवक्ता समेत हुनुभएको थियो । फिल्म निर्माता तथा निर्देशक भानुभक्त फुयाल युवा पत्रकार राजेन्द्र फुयाल, काठमाडौ क्षेत्र नं २ का सांसद रामेश्वर फुयाल लगायत धेरै फुयालहरु राज्यको उच्च निकायमा समेत पुगेका छन् । त्यसैगरी बिआरपी माइलो बाबुराम फुयल[स्थायी मृत कडी] डिआर फुयाल लगायात नयाँ युवा साहित्यकारहरु समेत यस बंशमा उदाउदै गरेको पाइन्छ ।

पूर्वज फुइकेली, रिमाल, फुयल, फुयाल ===संख्या=== १५०००० ===फुयालले मान्ने विशेष पर्वहरू===देबाली गोठ धुप देविपूजा