सामग्रीमा जानुहोस्

फुयाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुयाल नेपाल, भारत, भुटान तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दु सनातन धर्मावलम्बी विशेषतया नेपाली ब्राह्मणहरुको थर हो ।

पूर्वज

फुयालहरूको वंशावली अनुसार कौशिक गोत्रिय फुयाल, र रिमाल एकै वंशका हुन् ।दुई सहोदर भाइ रिमाल र फुयालहरूको मुल थलो जुम्ला जिल्ला हो जुम्लामा करिव १२०० घरधुरी फुयालहरूको एउटै गाउंमा बसोवास छ भने यहाका अन्य क्षेत्रमा पनि फुयालहरु छरिएर रहेका छन् ।दुई भाइ छुट्टिएर एक जना हावा चल्ने डाँडामा बसे र फुयाल कहलिए।इनिहरुका कुल देवता बाजुरा जिल्लामा अवस्थित वढीमालिका साथै कालिका,जालपा समेत रहेको लाई आधार मान्दा फुयालहरु पश्चिम नेपालका हिन्दु सनातनी धर्मावलम्बी हुन भनेर अनुमान लगाउन सकिन्छ ।

संख्या

करिव १००००० को संख्यामा नेपालका ७० जिल्ला ,भुटान,भारत तथा अन्य हिन्दु नेपालीहरु बसोवास गरेका क्षेत्रहरूमा पनि फुयाल थरका नेपालीहरु रहेका छन् । काठमाडौंको आलापोट,गोलढुंगा,जीतपुर र काभ्रेस्थलीमा ठूलो संख्यामा फुयालहरु बसोबास गर्दछन् । यसै गरी झापा जिल्लामा पनि फुयालहरूको ठूलो संख्यामा बसोबास छ । कवी तथा साहित्यकार श्रीहरि फुयाल मदन पुरस्कार समेत विजेता हुन् भने अधिवक्ता हरि फुयाल नेपाल सरकारको महान्यायाधिवक्ता समेत हुनुभएको थियो । युवा पत्रकार राजेन्द्र फुयाल,काठमाडौ क्षेत्र नं २का सांसद रामेश्वर फुयाल लगायत धेरै फुयालहरु राज्यको उच्च निकायमा समेत पुगेका छन् ।

===फुयालले मान्ने विशेष पर्वहरू===देबाली गोठ धुप