ऋषिकेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऋषिकेश

मानचित्रमा ऋषिकेश

शहरको नाम

ऋषिकेश

जिल्लाको नाम

देहरादुन, टिहरी गढवाल,पौडी गढवाल

प्रान्तको नाम

उत्तराखण्ड

देशको नाम

भारत
india
india

क्षेत्रफल

-

जनसंख्या

{{{जनसंख्या}}}

घनत्व

-

जिल्लाधिकारी

-

गाडी नं०

UK 07

डाक कोड

२४९२०१

फोन कोड

+०१३५

वेबसाईट

-

ऋषिकेश हिन्दू धर्मावलम्बीहरूको एक मुख्य तिर्थ स्थानका साथै एक पर्यटकीय स्थल हो।यो स्थान भारतको उत्तराखण्डमा पर्दछ। यहाँबाट गढवाल मण्डलको यात्रा प्रारम्भ हुने भएकाले यो ठाउँलाई उत्तराखण्डको प्रवेस द्वार पनि भनिन्छ। ऋषिकेश तिर्थ स्थलका साथै भारतको एक प्रयटकिय क्षेत्र तथा प्रचलित योगकेन्द्र हो ।

स्थिति[सम्पादन गर्नुहोस्]

यो ठाउँ भारतको उत्तराखण्ड राज्य अन्तर्गत हरिद्वार शहर देखि २४ कि.मी.को दुरीमा तथा समूद्र सतहदेखी १३६० फिट उचाइँमा अवस्थित छ । ऋषिकेशको भू-भाग आधा देहरादुन जिल्ला, आधा टिहरी गढवाल जिल्ला र आधा पैडी गढवाल जिल्लामा बाँडिएको छ।

प्रचलित कथाहरू[सम्पादन गर्नुहोस्]

ऋषिकेशसँग सम्बन्धित अनेक धार्मिक कथाहरू प्रचलित छन् । भनिन्छ समुद्र मथनको बेला निस्किएको हलाहल नामको विष भगवान शिवले यसै स्थानमा पिएका थिए । विष पिएपछी उनको कण्ठ नीले परेको थियो र उनलाई नीलकण्ठ भनेर चिनिन्छ । एक अन्य अनुश्रुतिका अनुसार भगवान रामले वनवास गएका बेला यहाँका जंगलहरूमा आफ्नो समय व्यतीत गरेको थिए । डोरीबाट बनेको लक्ष्मण झूला यसको प्रमाण मानिएको छ । सन् १९३९ मा लक्ष्मण झूलाको पुनर्निर्माण गरिएको थियो । यो पनि भनिन्छ कि ऋषि राभ्याले यहाँ ईश्वरको दर्शनका निमित्त कठोर तपस्या गरेका थिए । उनके तपस्याबाट प्रसन्न भएर भगवान ऋषिकेशको अवतारमा प्रकट भए । त्यो समयबाट यस स्थानको नाम ऋषिकेश पर्न गएको थियो ।

पर्यटकिय क्षेत्र[सम्पादन गर्नुहोस्]

ऋषिकेशको पैनोरैमिक दृश्य
ऋषिकेशको पैनोरैमिक दृश्य
लक्ष्मण झूला

गंगा नदीको एक किनारलाई अर्को किनारसँग जोडने यो झूलापुल नगरको विशिष्ट पहिचान हो । यसलाई १९३९ मा बनाईएको थियो । भनिन्छ गंगा नदीलाई पार गर्नको निमित्त लक्ष्मणले यस स्थानमा जूटको झूला बनाएका थिए । झूलाको बीचमा पुग्नेबेला त्यो हल्लिएको प्रतीत हुन्छ । ४५० फुट लामो यो झूलापुलको सामने लक्ष्मण र रघुनाथ मन्दिर छन् । झूलामा उँभिएर आसपासको सुन्दरताको आनन्द लिन सकिन्छ । लक्ष्मण झूला जस्तै राम झूला पनि नजिकै स्थित छ । यो झूलापुल शिवानन्द र स्वर्ग आश्रमका बीचमा बनेको छ । यसैले यसलाई शिवानन्द झूलाको नामले पनि चिनिन्छ । ऋषिकेशमा गङ्गाजीको किनारामा रहेको बालुवा निकै नरम तथा कोमल छ, यसमा बसेपछी आमाको काख जस्तै स्नेहमयी र ममतापूर्ण लाग्दछ, यहाँ बसेर दर्शन गर्नाले मात्र ह्रदयमा असीम शान्ति र रामत्वको उदय हुन लाग्दछ ।..

त्रिवेणी घाट

ऋषिकेशमा स्नान गर्ने यो प्रमुख घाट हो । यहाँ प्रात: कालमा अनेक श्रद्धालु पवित्र गंगा नदीमा डुबकी लगाउँछन् । भनिन्छ यस स्थानमा हिन्दु धर्मका तीन प्रमुख नदिहरू गंगा, यमुना र सरस्वतीको संगम हुन्छ । यसै स्थानबाट गंगा नदी दायाँ तिर मोडिन्छन् । साँझ पख गरिने यहाँको आरतीको दृष्य निकै आकर्षक हुन्छ ।

स्वर्ग आश्रम-
राम झूला पुल

स्वामी विशुद्धानन्द द्वारा स्थापित यो आश्रम ऋषिकेशको सबैभन्दा प्राचीन आश्रम हो । स्वामी विशुद्धानन्दलाई बाबा काली कमली वाले भनेर पनि चिनिन्छ । यस स्थानमा धेरैजसो सुन्दर मन्दिरहरू बनेका छन् । यहाँ खानपिनका अनेक रेस्टुरेंटहरू छन् । यहाँका होटलहरूमा शाकाहारी भोजन मात्र पस्किने गरिन्छ । आश्रमका आसपासमा हस्तकलाका सामानका धेरै पसलहरू छन् ।

नीलकण्ठ महादेव मन्दिर-

लगभग ५५०० फुटको उचाईंमा स्वर्ग आश्रमको पहाडी चुचुरामा नीलकण्ठ महादेव मन्दिर स्थित छ । भनिन्छ भगवान शिवलाई यसै स्थानमा समुद्र मंथनबाट निस्केको हलाहल विष ग्रहण गरेका थिए । विषपानपछी विषको प्रभावले उनको कण्ठ नीलो परेको थियो र उनलाई नीलकण्ठ नामले चिनिएको थियो । मन्दिर परिसरमा पानीको एक झरना छ जहाँ भक्तगण मन्दिरको दर्शन गर्नु भन्दा पहिले स्नान गर्दछन् ।

भरत मन्दिर-

यो ऋषिकेशको सबैभन्दा प्राचीन मन्दिर हो । यसलाई १२ औँ शताब्दीमा आदि गुरू शंकराचार्यले बनाउन लगाएका थिए । भगवान रामका कान्छा भाइ भरतलाई समर्पित यो मन्दिर त्रिवेणी घाट नजिकै पुरानो बजार ओल्ड टाउनमा स्थित छ । मन्दिरको मूल रूप सन १३९८ मा तैमूर आक्रमणका बेला क्षतिग्रस्त भएको थियो । हालांकि मन्दिरका धेरैजसा महत्त्वपूर्ण सामानहरूलाई त्यो हमलापछी आजसम्म संरक्षित राखिएको छ । मन्दिरको भित्री गर्भगृहमा भगवान विष्णुको प्रतिमा एकल शालीग्राममा कुँदिएको छ । आदि गुरू शंकराचार्य द्वारा राखिएको श्रीयन्त्र पनि देख्न पाइन्छ ।

कैलाश निकेतन मन्दिर-

लक्ष्मण झूला पार गर्ने बित्तिकै कैलाश निकेतन मन्दिर छ । १२ खण्डहरूमा बनेको यो विशाल मन्दिर ऋषिकेशका अन्य मन्दिरहरू भन्दा भिन्न छ । यस मन्दिरमा सबै देवी देवताहरूका मूर्तिहरू स्थापित छन् ।

वशिष्ठ गुफा-

ऋषिकेशबाट २२ कि.मी.को दूरीमा ३००० वर्ष पुरानो वशिष्ठ गुफा बद्रीनाथ-केदारनाथ मार्गमा स्थित छ । यस स्थानमा धेरैजसा साधुहरू विश्राम र ध्यान गर्न लागेका देख्न सकिन्छ । भनिन्छ यो स्थान भगवान रामका पुरोहित वशिष्ठको निवास स्थल थियो । वशिष्ठ गुफामा साधुहरूलाई ध्यानमग्न मुद्रामा देख्न सकिन्छ । गुफा भीत्र एक शिवलिंग पनि स्थापित छ ।

गीता भवन-

राम झूला पार गर्दा गीता भवन छ जसलाई सन् १९५० मा श्रीजयदयाल गोयन्काजीले बनाउन लगाएका थिए । यो आफ्नो दर्शनीय भित्ताकोलागी प्रसिद्ध छ । यहाँ रामायण तथा महाभारतका चित्रहरूले सजाइएका भित्ताहरूले यो स्थानलाई आकर्षण बनाएका छन् । यहाँ एक आयुर्वेदिक डिस्पेन्सरी र गीताप्रेस गोरखपुरको एक शाखा पनि छ । प्रवचन तथा कीर्तन यस मन्दिरका नियमित क्रियाहरू हुन् । साँझमा यहाँ भक्ति संगीतको आनन्द लिन सकिन्छ । यो भवनमा तीर्थयात्रिहरूलाई बस्नाका लागि सयकडौं कोठाहरू छन् ।

कसरी जाने[सम्पादन गर्नुहोस्]

वायुमार्ग-

ऋषिकेशबाट १८ कि.मी. को दूरीमा देहरादुन नजिकै जौली ग्रान्ट विमानस्थल यहाँको निकटतम एयरपोर्ट हो । एयर इन्डिया, किंगफिशर, जेट एवं स्पाइसजेटका फ्लाईटहरू यस एयरपोर्टलाई भारतको राजधानी दिल्लीसँग जोड्दछन् ।

रेलमार्ग-

ऋषिकेशको निकटतम रलवे स्टेशन ऋषिकेश हो जो शहर भन्दा ५ कि.मी. को दूरीमा छ । ऋषिकेश भारतका प्रमुख रेलवे स्टेशनहरूसँग जोडिएको छ ।

सड़क मार्ग

भारतको राजधानी शहर दिल्लीको कश्मीरी गेटबाट ऋषिकेशको लागि डीलक्स तथा निजी बसहरूको व्यवस्था छ । राज्य परिवहन निगमका बसहरू नियमित रूपमा दिल्ली तथा उत्तराखण्डका अनेक शहरहरूबाट ऋषिकेशका लागि चल्दछन् ।

व्यापार[सम्पादन गर्नुहोस्]

ऋषिकेशमा हस्तकलाका सामान साना साना दोकानहरूमा किन्न सकिन्छ । यहाँ अनेक दोकानहरू छन् जहाँबाट साडिहरू, बेड कवर, हैन्डलूम फेबरिक, कटन फेबरिक आदिको खरीददारी गर्न सकिन्छ । ऋषिकेशमा सरकारी मान्यता प्राप्त हैन्डलूम सप, खादी भण्डार, गढवाल वूल तथा क्राफ्टका धेरै जसो दोकानहरू छन् जहाँबाट उच्चकोटिका सामानहरू किन्न सकिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]