वीरेन्द्रनगर नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(वीरेन्द्रनगर बाट पठाईएको)
Jump to navigation Jump to search
वीरेन्द्रनगर नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल
अञ्चलभेरी अञ्चल
जिल्लासुर्खेत जिल्ला
सदरमुकामवीरेन्द्रनगर
स्थापनावि.सं. २०३३
सरकार
 • मेयरदेव कुमार सुवेदी
 • उप मेयरमोहनमाया भण्डारी (ढकाल)
क्षेत्रफल
 • जम्मा१६९ किमी (६५ वर्ग माइल)
उच्चतम उचाई
६६५ मिटर (२,१८२ फिट)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)[१][२]
 • जम्मा९३,७१८
 • घनत्व५५०/किमी (१,४००/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, दमाई, सुनार, थारु
भाषा
 • मुख्य भाषाहरूनेपाली, अवधी, गुरुङ, नेवारी, मगर, थारू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-८३
वेबसाइटbirendranagarmun.gov.np

वीरेन्द्रनगर नगरपालिका नेपालको सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा पर्दछ यो सहर मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जिल्लाको पनि सदरमुकाम हो। यो नगरको नामाकरण स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको नामसँग संबन्धीत छ। राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछि वीरेन्द्रनगर सहरको परिकल्पना गरिएको थियो। हाल वीरेन्द्रनगर पश्चिम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा र स्वास्थ्यको केन्द्र हो।[३]

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार वीरेन्द्रनगर नगरपालिकाको जनसङ्ख्या ९३,७१८ मध्ये पुरुष ४९% र महिला ५१% छन।[१][२]

यातायात तथा सञ्चार[सम्पादन गर्ने]

वीरेन्द्रनगर नगरपालीकामा हाल झन्डै पचासहजारको हारहारीमा मानीस बसोबास गर्दछन। साथसाथै नेपालमा फैलिएको गृहयुद्धले वीरेन्द्रनगरलाई आप्रवासी हरूको सहर बनाएको छ, छेउछाउका पहाडी जिल्लाबाट माओवादी युध्दपिडीतहरू सरेर यहाँ बसेका छन्। मिति २०७१।०१।२५ गते नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम यस नगरपालिकामा छिमेकका उत्तरगंगा र लाटीकोइली गाविस समेत समावेश भएका थिए । साथै मिति २०७१।०८।१६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गाविस लाई समेत गाभेर हाल यस नगरपालीकालाई २४ वटा वडामा विभाजन गरिएको छ।[१] याँहाको टेलीफोन कोड ०८३ हो। वीरेन्द्रनगरलाई देशका प्रमुख स्थान सँग जोडने कार्य रत्न राजमार्गले कोहलपुरमा महेन्द्र राजमार्ग सँग जोडदै पुरा गरेको छ, जसमार्फत वीरेन्द्रनगर बुटवल, भरतपुर, हेटौडा, काठमाडौं, इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड, काकडभिट्टा लगायतका सहर हरू सँग जोडीन पुगेको छ। भने भर्खरै निर्मीत कर्णाली राजमार्गले दैलेख जिल्लाका साथै कर्णाली अञ्चलका कालीकोट, जुम्ला लगायतका जिल्ला सँग जोडेको छ। त्यसै गरी दाङ उपत्यका बाट सल्यान हुदै सुर्खेत पसेको कच्ची सडकले तुल्सीपुर तथा त्रिभुवननगर सँग जोडेको छ त्यसै गरी नवनिर्मीत जाजरकोट सडकले जाजरकोटको सदरमुकाम तथा रूकुमको चौरजाहारी सँग जोडेको छ, वीरेन्द्रनगरमा आधुनीक सञ्चारका साधन, इमेल, इन्टनेट, पोष्टपेड तथा प्रिपेड मोवाइल, लोकल फोन एस.टि.डी तथा आइ.एस.टि.डी लगायत सबै सुबिधा उपलब्ध छन।

स्वास्थ्य[सम्पादन गर्ने]

वीरेन्द्रनगरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, एक जिल्ला अस्पताल र एक नेत्र उपचारकेन्द्र सरकारी नियन्त्रणमा सञ्चालीत छन भने केही प्राइभेट स्वास्थ्य संस्था पनि यहाँ रहेका छन।

  • मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल,वीरेन्द्रनगर
  • सुर्खेत जिल्ला अस्पताल
  • सुर्खेत नेत्र उपचार केन्द्र
  • देउती नर्सिङ होम
  • माया नर्सिङ होम
  • गुरुङ नर्सिङ होम
  • सुर्खेत हस्पिटल

शिक्षा[सम्पादन गर्ने]

थुप्रै माध्यमीक तथा प्राथमीक विद्यालय रहेको वीरेन्द्रनगरमा सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस तथा सामुदायीक चिकीत्सा क्याम्पस मुख्य शैक्षीक संस्था हुन। हालैमात्र सरकारले वीरेन्द्रनगरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय निर्माणका लागि कार्यदल गठन गरेको छ। वीरेन्द्रनगरको मुख्य कारोबार ब्यापार, नोकरी तथा कृषि रहेको छ।[४]

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालय, वीरेन्द्रनगर
  • सुर्खेत क्याम्पस शिक्षा, वीरेन्द्रनगर
  • सुर्खेत बहुमुखि क्याम्पस
  • वीरेन्द्रनगर बहुमुखी क्याम्पस
  • सामुदायीक चिकीत्सा क्याम्पस

आकर्षण[सम्पादन गर्ने]

तिब्बतमा रहेको हिन्दुहरूको प्रशिद्ध तिर्थस्थल मानसरोवर जाने यात्रुले हुम्ला सम्म जानका लागि हेलीकप्टर तथा जाहज चढने प्रमुख स्थान वीरेन्द्रनगर हो। त्यसै गरी यसै नगर वरी परी रहेका देउती बज्यै तथा काँक्रेविहार क्षेत्र याँहाका मुख्य प्रकृतीक तथा साँस्कृतीक आकर्षणहुन नगर भित्रै रहेको पश्चिम नेपालको एकमात्र घन्टाघर वीरेन्द्रनगरको गौरब हो त्यसैगरी त्यसैगरी नगरको नगिचै रहेको बुलबुल ताल तथा पार्क आदी प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन। भेरी तथा कर्णालीमा जलबिहार गर्न जाने पर्यटक हरू पनि वीरेन्द्रनगर पुग्ने गरेका छन त्यसै गरी कर्णाली जाने पर्यटकको त वीरेन्द्रनगर मुख्य यातायात केन्द्रनै हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]