हरिशङ्कर मिश्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हरि शंकर मिश्रबाट अनुप्रेषित)
हरिशङ्कर मिश्र
४औँ मधेश प्रदेशको प्रदेश प्रमुख
पद बहाली
वि.सं. २०७८ साउन ३२
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीमोहम्मद लालबाबु राउत
पूर्वाधिकारीराजेश झा
प्रतिनिधि सभा सदस्य
कार्यकाल
२०४७–२०४७
पूर्वाधिकारी२०५२
निर्वाचन क्षेत्रमहोत्तरी १
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाली कांग्रेस(?-२०२१)
अभिभावक
निवास(हरू)पिपरा गाउँपालिका, महोत्तरी जिल्ला

हरिशङ्कर मिश्र मधेश प्रदेशका वर्तमान प्रदेश प्रमुख हुन्।[१][२][३] नेपाल सरकारको मन्त्रिपरिषदद्वारा गरिएको सिफारिसको आधारमा नेपालको संविधानको धारा १६३ (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वि.सं. २०७८ साउन ३२ मा उनलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो।[४] उनी पूर्व प्रतिनिधि सभा सदस्य हुन्।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

उनी प्रदेश प्रमुख बन्नुपूर्व नेपाली कांग्रेसका सक्रिय सदस्य थिए। उनी आम निर्वाचन २०४८ मा महोत्तरी-२ बाट प्रतिस्पर्धा गर्दा ४,००० मतको अन्तरले विजयी भएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।[५]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

मिश्रका बुवा राम नारायण मिश्र नेपाली कांग्रेसका संस्थापक सदस्यहरू मध्येका एक थिए। उनको बुवा नेपालको पहिलो निर्वाचित सरकार गठन भएपछि बनेको बिपी कोइराला मन्त्रिपरिषद्मा उद्योग तथा वाणिज्य मन्त्री भएका थिए।[६] मिश्रका काका भद्रकाली मिश्र समेत एक राजनीतिज्ञ तथा नेपाल सरकारको मन्त्री भएका थिए।[७]

निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

आम निर्वाचन २०४८[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस हरिशङ्कर मिश्र १३,१६५
स्वतन्त्र ९,३८९
नतीजा कांग्रेस सफलता
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://myrepublica.nagariknetwork.com/news/hari-shankar-mishra-appointed-as-province-2-chief/
  2. "Hari Shankar Mishra appointed as Province 2 Chief", Republica (Englishमा), अन्तिम पहुँच अगस्ट १७, २०२१ 
  3. "Government recommends Hari Shankar Mishra as provincial chief of Province 2", The Kathmandu Post, १६ अगस्ट २०२१, अन्तिम पहुँच १६ अगस्ट २०२१ 
  4. "Hari Shankar Mishra appointed Province-2 Chief", Khabarhub (Englishमा), अन्तिम पहुँच अगस्ट १७, २०२१ 
  5. Nepal election result 1991, http://nepalresearch.org/politics/background/elections_old/election_1991_constituency_results_english.pdf। 
  6. "प्रदेश सरकारको मुख्यालयमै रहेको स्व. मिश्रको शालिकको अवस्था र नयाँ प्रयास", SP khabar (en-USमा), २०२१-०६-२०, अन्तिम पहुँच २०२१-०८-१६ 
  7. Joshi, Bhuwan Lal; Rose, Leo E. (१९६६), Democratic Innovations in Nepal (अङ्ग्रेजीमा), University of California Press, पृ: ८६। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]