सामग्रीमा जानुहोस्

गण्डकी प्रदेशको मुख्यमन्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गण्डकी प्रदेशको मुख्यमन्त्री
बहालवाला
सुरेन्द्रराज पाण्डे
२०८१ जेठ १६ देखि
गण्डकी प्रदेश सरकार
सम्बोधनमाननीय
स्थितिसरकार प्रमुख
सदस्य
नियुक्तिकर्ताप्रदेश प्रमुख
अवधिप्रदेश सभाको पदावधिमा बहुमतको हासिल गरेमा
५ वर्ष नहुञ्जेल सम्म वा पहिले विघटन नगरेसम्म
कुनै सीमा छैन
गठनवि.सं २०७४
प्रथम धारकपृथ्वीसुब्बा गुरुङ
तलबरु - ६१,०००
वेबसाइटआधिकारिक वेबसाइट

गण्डकी प्रदेशको मुख्यमन्त्री गण्डकी प्रदेशको सरकार प्रमुख हो। नेपालको संविधान २०७२को धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्त गर्ने व्यवस्था छ।[] मुख्यमन्त्री पाँच वर्ष वा प्रदेश सभा विघटन नभएसम्म पदमा रहन्छन्।

गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री नेपाली काङ्ग्रेसका सुरेन्द्रराज पाण्डे हुन्। उनी २०८१ जेठ १६ मा, मुख्यमन्त्रीमा नियुक्त भएका थिए।[]

नेपालको संविधान २०७२ले मुख्यमन्त्रीपदका लागि योग्य हुनका लागि आवश्यक योग्यता निर्धारण गरेको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य बन्नका लागि योग्यता पूरा गरेको हुनुपर्दछ।[]

प्रदेश सभाको सदस्य हुनु पर्दछ:

  • एक नेपाली नागरिक
  • सम्बन्धित प्रदेशको मतदाता
  • २५ वर्ष वा सो भन्दा बढी उमेरका
  • कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको
  • कुनै पनि कानूनद्वारा अयोग्य घोषित नभएको र

कुनै पनि लाभको पद धारण नगरेको

यसका साथै मुख्यमन्त्री प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता हुनुपर्नेछ। यदि कुनै दलसँग बहुमत छैन भने अन्य दलको समर्थनमा मुख्यमन्त्रीसँग प्रदेश सभामा बहुमत हुनैपर्छ। निर्वाचन भएको तीस दिनभित्र मुख्यमन्त्री नियुक्त नभएमा वा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिन्छ। यदि यसरी नियुक्त गरिएको मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएमा, कुनै पनि प्रदेश सभा सदस्यले दलगत निष्ठाको बावजूद संसदमा बहुमत प्राप्त गर्न सक्दछ, उसलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। यदि यी मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न असफल भएमा प्रदेश प्रमुखले सभा भङ्ग गर्छन् र नयाँ चुनावको आह्वान गरिन्छ।[]


गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूको सूची

[सम्पादन गर्नुहोस्]
क्रम तस्वीर नाम
निर्वाचन क्षेत्र
(जन्म)
कार्यकाल सभा
(निर्वाचन)
राजनीतिक दल मन्त्रिपरिषद् स्रोत
पदभार सम्हालेको पदभार छोडेको अवधि
पृथ्वीसुब्बा गुरुङ
लमजुङ १ (ख)का सांसद
(जन्म २०१४)
२०७४ फागुन ४ २०७८ वैशाख २६ ३ वर्ष, ८२ दिन पहिलो
(२०७४)
नेकपा (एमाले) पृथ्वीसुब्बा गुरुङ मन्त्रिपरिषद् [][]
२०७८ वैशाख २९ २०७८ जेठ २९ ३१ दिन [][]
कृष्णचन्द्र नेपाली पोखरेल
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (क)का सांसद
(जन्म २००५)
२०७८ जेठ २९ २०७९ पुस २५ १ वर्ष, २११ दिन नेपाली काङ्ग्रेस कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रिपरिषद् []
खगराज अधिकारी
कास्की १ (क)का सांसद
(जन्म २०१८)
२०७९ पुस २५ २०८० वैशाख १४ १०८ दिन दोस्रो
(२०७९)
नेकपा (एमाले) पहिलो खगराज अधिकारी मन्त्रिपरिषद् [१०]
सुरेन्द्रराज पाण्डे
गोरखा २(ख)का सांसद
(जन्म २०२०)
२०८० वैशाख १४ २०८० चैत २२ ३४३ दिन नेपाली काङ्ग्रेस पहिलो सुरेन्द्रराज पाण्डे मन्त्रिपरिषद् [११][१२]
(३)
खगराज अधिकारी
कास्की १ (क)का सांसद
(जन्म २०१८)
२०८० चैत २५ २०८१ जेठ १४ ५० दिन नेकपा (एमाले) दोस्रो खगराज अधिकारी मन्त्रिपरिषद् [१३][१४]
(४)
सुरेन्द्रराज पाण्डे
गोरखा २ (ख)का सांसद
(जन्म २०२०)
२०८१ जेठ १६ बहालवाला १०५ दिन नेपाली काङ्ग्रेस दोस्रो सुरेन्द्रराज पाण्डे मन्त्रिपरिषद् [१५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपालको संविधान २०७२ – धारा १६७", नेपाल कानुन आयोग (नेपालीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३ 
  2. "बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  3. नेपालको संविधानको धारा १७८ को बमोजिम (२०७२ असोज ३)
  4. नेपालको संविधानको धारा १६८ को बमोजिम (२०७१ असोज ३)
  5. "Prithvi Subba Gurung appointed as Province 4 CM", thehimalayantimes.com, १२ फेब्रुअरी २०१८, अन्तिम पहुँच २०२२-०६-०३ 
  6. "Gandaki Province Chief Minister Prithvi Subba Gurung resigns ahead of no-confidence vote", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०३ 
  7. SHRESTHA, SANDESH, "Gurung reappointed as Gandaki Province chief minister", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-०६ 
  8. "Krishna Chandra Nepali Pokharel of Nepali Congress appointed Gandaki CM", OnlineKhabar (अङ्ग्रेजीमा), १२ जुन २०२१, मूलबाट २३ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  9. "Krishna Chandra Nepali Pokharel of Nepali Congress appointed Gandaki CM", OnlineKhabar (अङ्ग्रेजीमा), १२ जुन २०२१, मूलबाट २३ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  10. "Gandaki chief minister Adhikari takes oath of office and secrecy", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-०९ 
  11. Republica, "NC's सुरेन्द्रराज पाण्डे is new Gandaki CM", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०४-२७ 
  12. "Gandaki, Karnali chief ministers resign in changed political situation", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९ 
  13. Republica, "Khagraj Adhikari appointed as Gandaki CM", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९ 
  14. "Supreme Court removes Gandaki Chief Minister Adhikari from office", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०१ 
  15. Setopati, Yuvaraj Shrestha, "NC's सुरेन्द्रराज पाण्डे appointed Gandaki CM", Setopati, अन्तिम पहुँच २०२४-०६-०१