सामग्रीमा जानुहोस्

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री
बहालवाला
कमलबहादुर शाह
२०८१ साउन २१ देखि
सुदूरपश्चिम प्रदेश सरकार
सम्बोधनमाननीय
स्थितिसरकार प्रमुख
सदस्य
नियुक्तिकर्ताप्रदेश प्रमुख
अवधिप्रदेश सभाको पदावधिमा बहुमतको हासिल गरेमा
५ वर्ष नहुञ्जेल सम्म वा पहिले विघटन नगरेसम्म
कुनै सीमा छैन
गठनवि.सं २०७४
प्रथम धारकत्रिलोचन भट्ट
तलबरु - ६१,०००
वेबसाइटआधिकारिक वेबसाइट

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री सुदूरपश्चिम प्रदेशको सरकार प्रमुख हो। नेपालको संविधान २०७२को धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्त गर्ने व्यवस्था छ।[] मुख्यमन्त्री पाँच वर्ष वा प्रदेश सभा विघटन नभएसम्म पदमा रहन्छन्।

सुदूरपश्चिम प्रदेशका वर्तमान मुख्यमन्त्री नेपाली काङ्ग्रेसका कमलबहादुर शाह हुन्। उनी २०८१ साउन २१ मा, मुख्यमन्त्रीमा नियुक्त भएका थिए।[]

नेपालको संविधान २०७२ले मुख्यमन्त्रीपदका लागि योग्य हुनका लागि आवश्यक योग्यता निर्धारण गरेको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य बन्नका लागि योग्यता पूरा गरेको हुनुपर्दछ।[]

प्रदेश सभाको सदस्य हुनु पर्दछ:

  • एक नेपाली नागरिक
  • सम्बन्धित प्रदेशको मतदाता
  • २५ वर्ष वा सो भन्दा बढी उमेरका
  • कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको
  • कुनै पनि कानूनद्वारा अयोग्य घोषित नभएको र

कुनै पनि लाभको पद धारण नगरेको

यसका साथै मुख्यमन्त्री प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता हुनुपर्नेछ। यदि कुनै दलसँग बहुमत छैन भने अन्य दलको समर्थनमा मुख्यमन्त्रीसँग प्रदेश सभामा बहुमत हुनैपर्छ। निर्वाचन भएको तीस दिनभित्र मुख्यमन्त्री नियुक्त नभएमा वा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिन्छ। यदि यसरी नियुक्त गरिएको मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएमा, कुनै पनि प्रदेश सभा सदस्यले दलगत निष्ठाको बावजूद संसदमा बहुमत प्राप्त गर्न सक्दछ, उसलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। यदि यी मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न असफल भएमा प्रदेश प्रमुखले सभा भङ्ग गर्छन् र नयाँ चुनावको आह्वान गरिन्छ।[]


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूको सूची

[सम्पादन गर्नुहोस्]
क्रम तस्वीर नाम
निर्वाचन क्षेत्र
(जन्म)
कार्यकाल सभा
(निर्वाचन)
राजनीतिक दल मन्त्रिपरिषद् स्रोत
पदभार सम्हालेको पदभार छोडेको अवधि
त्रिलोचन भट्ट
डोटी १ (ख)का सांसद
(जन्म २०२५)
२०७४ फागुन ३ २०७९ पुष २८ ४ वर्ष, ३३१ दिन पहिलो
(२०७४)
नेकपा (माओवादी केन्द्र) त्रिलोचन भट्ट मन्त्रिपरिषद् []
राजेन्द्रसिंह रावल
समानुपातिक सांसद
(जन्म २०२०)
२०७९ पुस २८ २०७९ माघ २६ २८ दिन दोस्रो
(२०७९)
नेकपा (एमाले) राजेन्द्रसिंह रावल मन्त्रिपरिषद् [][]
कमलबहादुर शाह
कैलाली २ (क)का सांसद
(जन्म २०२८)
२०७९ माघ २७ २०८० चैत २२ १ वर्ष, ५४ दिन नेपाली काङ्ग्रेस पहिलो कमलबहादुर शाह मन्त्रिपरिषद् [][]
दीर्घबहादुर सोडारी
कैलाली ४ (क)का सांसद
(जन्म २०३४)
२०८१ वैशाख ६ २०८१ साउन २१ १०६ दिन नेकपा (एकीकृत समाजवादी) दीर्घबहादुर सोडारी मन्त्रिपरिषद् [१०][११]
(३) कमलबहादुर शाह
कैलाली 2 (क)का सांसद
(जन्म २०२८)
२०८१ साउन २१ बहालवाला १ वर्ष, ५४ दिन नेपाली काङ्ग्रेस दोस्रो कमलबहादुर शाह मन्त्रिपरिषद् [१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपालको संविधान २०७२ – धारा १६७", नेपाल कानुन आयोग (नेपालीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३ 
  2. "सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  3. नेपालको संविधानको धारा १७८ को बमोजिम (२०७२ असोज ३)
  4. नेपालको संविधानको धारा १६८ को बमोजिम (२०७१ असोज ३)
  5. "Trilochan Bhatta becomes Province 7 chief minister", The Himalayan Times (अङ्ग्रेजीमा), १६ फेब्रुअरी २०१८, मूलबाट ८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  6. "UML's Rajendra Singh Rawal is the new chief minister in Sudurpaschim Province", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-११ 
  7. "Rawal loses job as Sudurpaschim chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-०९ 
  8. "Nepali Congress Kamal Bahadur Shah appointed Sudurpaschim chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-०९ 
  9. "NC’s कमलबहादुर शाह resigns as Sudurpaschim Chief Minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९ 
  10. "Unified Socialist’s Sodari appointed Sudurpaschim chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९ 
  11. "Sudurpaschim Chief Minister Sodari quits", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-१३ 
  12. "Congress lawmaker Shah becomes Sudurpaschim chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-१३