डोरमणि पौडेल
मुख्यमन्त्री डोरमणि पौडेल | |
|---|---|
| १ औं बागमती प्रदेशको मुख्यमन्त्री | |
| कार्यकाल १ फेब्रुअरी २०१८ – १८ अगस्ट २०२१ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| प्रदेश प्रमुख | |
| पूर्वाधिकारी | कार्यालय स्थापना |
| उतराधिकारी | अष्टलक्ष्मी शाक्य |
| हेटौँडाको नगरप्रमुख | |
| कार्यकाल 1992–2005 | |
| सहायक | हरिबहादुर महत |
| पूर्वाधिकारी | ओमनाथ पराजुली |
| उतराधिकारी | हरिबहादुर महत |
| व्यक्तिगत विवरण | |
| जन्म | २८ मार्च १९४६[१] फर्पिङ, काठमाडौँ |
| राजनीतिक दल | नेकपा (एमाले) |
| जीवनसाथी | बिजय लक्ष्मी पौडेल |
| जीवनवृति | राजनिती |
डोरमणी पौडेल नेपालको प्रदेश नं. ३का प्रथम मुख्यमन्त्री हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विजय भएका थिए । मायानाथ र कुलकुमारी दम्पत्तिका सुपत्र पौडेलले मानविकी संकायमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय रहेका उनले २०३२ सालदेखि १० वर्ष शिक्षण गरेका थिए ।
पञ्चायती कालमा लामो समय अर्धभूमिगत जीवन बिताएका पौडेलले २०४६ सालको जनआन्दोलन ताका तत्कालिन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा बिताएका थिए ।
२०३० देखि विद्यार्थी राजनीतिमा सक्रिय पौडेल चार पटक जेल र १८ पटक हिरासतमा बसेका थिए । उनी मानविकी संकायमा स्नातक हुन् । मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष रहेका उनी मुलुककै पर्यटकीयस्थल बनेको हेटौँडास्थित सहिद स्मारकका अध्यक्ष पनि थिए ।
मुख्यमन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिँदै पौडेलले प्रदेशलाई मुलुककै समृद्ध र नमुना प्रदेश बनाउने घोषणा गरे ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "को हुन् डोरमणि र शेरधन ?", News24 Nepal (नेपालीमा), अन्तिम पहुँच २०१८-०३-२०। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२० मिति