बागमती प्रदेशको मुख्यमन्त्री
बागमती प्रदेशको मुख्यमन्त्री | |
---|---|
बागमती प्रदेश सरकार | |
सम्बोधन | माननीय |
स्थिति | सरकार प्रमुख |
सदस्य | |
नियुक्तिकर्ता | प्रदेश प्रमुख |
अवधि | प्रदेश सभाको पदावधिमा बहुमतको हासिल गरेमा ५ वर्ष नहुञ्जेल सम्म वा पहिले विघटन नगरेसम्म कुनै सीमा छैन |
गठन | वि.सं २०७४ |
प्रथम धारक | डोरमणि पौडेल |
तलब | रु - ६१,००० |
वेबसाइट | आधिकारिक वेबसाइट |
बागमती प्रदेशको मुख्यमन्त्री बागमती प्रदेशको सरकार प्रमुख हो। नेपालको संविधान २०७२को धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्त गर्ने व्यवस्था छ।[१] मुख्यमन्त्री पाँच वर्ष वा प्रदेश सभा विघटन नभएसम्म पदमा रहन्छन्।
बागमती प्रदेशका वर्तमान मुख्यमन्त्री नेपाली काङ्ग्रेसका बहादुर सिंह लामा हुन्। उनी २०८१ साउन ९ मा, मुख्यमन्त्रीमा नियुक्त भएका थिए।[२]
योग्यता
[सम्पादन गर्नुहोस्]नेपालको संविधान २०७२ले मुख्यमन्त्रीपदका लागि योग्य हुनका लागि आवश्यक योग्यता निर्धारण गरेको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य बन्नका लागि योग्यता पूरा गरेको हुनुपर्दछ।[३]
प्रदेश सभाको सदस्य हुनु पर्दछ:
- एक नेपाली नागरिक
- सम्बन्धित प्रदेशको मतदाता
- २५ वर्ष वा सो भन्दा बढी उमेरका
- कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको
- कुनै पनि कानूनद्वारा अयोग्य घोषित नभएको र
कुनै पनि लाभको पद धारण नगरेको
यसका साथै मुख्यमन्त्री प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता हुनुपर्नेछ। यदि कुनै दलसँग बहुमत छैन भने अन्य दलको समर्थनमा मुख्यमन्त्रीसँग प्रदेश सभामा बहुमत हुनैपर्छ। निर्वाचन भएको तीस दिनभित्र मुख्यमन्त्री नियुक्त नभएमा वा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिन्छ। यदि यसरी नियुक्त गरिएको मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएमा, कुनै पनि प्रदेश सभा सदस्यले दलगत निष्ठाको बावजूद संसदमा बहुमत प्राप्त गर्न सक्दछ, उसलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। यदि यी मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न असफल भएमा प्रदेश प्रमुखले सभा भङ्ग गर्छन् र नयाँ चुनावको आह्वान गरिन्छ।[४]
बागमती प्रदेशका मुख्यमन्त्रीहरूको सूची
[सम्पादन गर्नुहोस्]क्रम | तस्वीर | नाम निर्वाचन क्षेत्र (जन्म) |
कार्यकाल | सभा | राजनीतिक दल | मन्त्रिपरिषद् | स्रोत | |||
---|---|---|---|---|---|---|---|---|---|---|
पदभार सम्हालेको | पदभार छोडेको | अवधि | ||||||||
१ | डोरमणि पौडेल मकवानपुर १ (ख)का संसद सदस्य (जन्म २००१) |
२०७४ माघ २८ | २०७८ भदौ २ | ३ वर्ष, १८८ दिन | पहिलो (२०७४) |
नेकपा (एमाले) | डोरमणि पौडेल मन्त्रिपरिषद् | [५][६] | ||
२ | अष्टलक्ष्मी शाक्य काठमाडौँ ८ (ख)का संसद सदस्य (जन्म २००९) |
२०७८ भदौ २ | २०७८ कात्तिक १० | ७० दिन | अष्टलक्ष्मी शाक्य मन्त्रिपरिषद् | [७][८] | ||||
३ | राजेन्द्रप्रसाद पाण्डे धादिङ १ (क)का संसद सदस्य (जन्म २०१२) |
२०७८ कार्तिक १० | २०७९ पुस ८ | १ वर्ष, ५७ दिन | नेकपा (एकीकृत समाजवादी) | राजेन्द्रप्रसाद पाण्डे मन्त्रिपरिषद् | [९][१०] | |||
४ | शालिकराम जमकट्टेल धादिङ १ (ख)का संसद सदस्य (जन्म २०२७) |
२०७९ पुस २६ | २०८१ साउन ७ | १ वर्ष, १९४ दिन | दोस्रो (२०७९) |
नेकपा (माओवादी केन्द्र) | शालिकराम जमकट्टेल मन्त्रिपरिषद् | [११] | ||
५ | बहादुर सिंह लामा नुवाकोट १ (ख)का संसद सदस्य (जन्म २०२६) |
२०८१ साउन ९ | बहालवाला | ९२ दिन | नेपाली काङ्ग्रेस | बहादुर सिंह लामा मन्त्रिपरिषद् | [१२] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपालको संविधान २०७२ – धारा १६७", नेपाल कानुन आयोग (नेपालीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३।
- ↑ "बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।
- ↑ नेपालको संविधानको धारा १७८ को बमोजिम (२०७२ असोज ३)
- ↑ नेपालको संविधानको धारा १६८ को बमोजिम (२०७१ असोज ३)
- ↑ "UML PP leader Dor Mani Paudel appointed CM of Province 3", The Himalayan Times (अङ्ग्रेजीमा), ११ फेब्रुअरी २०१८, मूलबाट ८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१।
- ↑ "Bagmati Province Chief Minister Poudel resigns", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०३।
- ↑ "Asta Laxmi sworn-in as Chief Minister of Bagmati Province", खबरहब, १८ अगस्ट २०२१, मूलबाट १८ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२१।
- ↑ "Asta Laxmi Shakya resigns as chief minister of Bagmati Province", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०६-०३।
- ↑ "Rajendra Pandey appointed chief minister of Bagmati", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०३।
- ↑ "Bagmati Province Chief Minister Pandey resigns", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-२५।
- ↑ "Jammakattel appointed chief minister of Bagmati province", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-०९।
- ↑ "Bagmati Chief Minister Lama, nine ministers sworn in", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०७-२४।