अष्टलक्ष्मी शाक्य
अष्टलक्ष्मी शाक्य | |
|---|---|
| बागमती प्रदेशको दोस्रो मुख्यमन्त्री | |
| पदमा २ भदौ २०७८ – ११ कात्तिक २०७८ | |
| राज्य प्रमुख | |
| पूर्वाधिकारी | डोरमणि पौडेल |
| उतराधिकारी | राजेन्द्रप्रसाद पाण्डे |
| उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री | |
| पदमा २ भाद्र २०६५ – ११ जेठ २०६६ | |
| राष्ट्रपति | रामवरण यादव |
| प्रधानमन्त्री | पुष्पकमल दाहाल |
| पूर्वाधिकारी | श्यामसुन्दर गुप्ता |
| उतराधिकारी | महेन्द्र राय यादव |
| महिला, बालबालिका तथा समाज कल्याण मन्त्री | |
| पदमा २०६१–२०६१ | |
| राजश्री | राजा ज्ञानेन्द्र |
| प्रधानमन्त्री | शेरबहादुर देउवा |
| पूर्वाधिकारी | रेणुकुमारी यादव |
| उतराधिकारी | दुर्गा श्रेष्ठ |
| बागमती प्रदेश सभाको सदस्य | |
| पदमा १९ माघ २०७४ – २०७९ | |
| पूर्वाधिकारी | निर्वाचन क्षेत्र सिर्जना गरिएको |
| उतराधिकारी | उद्धव थापा |
| निर्वाचन क्षेत्र | काठमाडौँ ८ (ख) |
| प्रतिनिधि सभाको सदस्य | |
| पदमा २०५६–२०६४ | |
| पूर्वाधिकारी | साहना प्रधान |
| उतराधिकारी | हितमान शाक्य (संविधान सभा सदस्यका रूपमा) |
| निर्वाचन क्षेत्र | काठमाडौँ ६ |
| पहिलो संविधान सभा / व्यवस्थापिका संसदको सदस्य | |
| पदमा १५ जेठ २०६५ – २८ असोज २०७४ | |
| निर्वाचन क्षेत्र | समानुपातिक |
| व्यक्तिगत विवरण | |
| जन्म | २०१० असोज १४ (उमेर ७२) |
| दल | नेपाल कम्युनिस्ट पार्टी (एमाले) (२०७५ अघि, २०७७–हाल) |
अन्य राजनीतिक आबद्धता | नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७) |
| दम्पती | अमृतकुमार बोहरा |
| आमाबुबा(हरू) | तीर्थबहादुर शाक्य (बुबा) कुलमाया शाक्य (आमा) |
| मन्त्रिपरिषद् | अष्टलक्ष्मी शाक्य मन्त्रिपरिषद् |
अष्टलक्ष्मी शाक्य एक नेपाली राजनीतिज्ञ तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री हुन्।[१] उनी नेपालको पहिलो महिला मुख्यमन्त्री हुन्।[२] निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएपछि, प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई २ भदौ २०७८ मा नेपालको संविधानको धारा १६८ (१) बमोजिम नेकपा (एमाले)को संसदीय दलको सर्वसम्मत नेता निर्वाचित भएपछि मुख्यमन्त्री नियुक्त गरेका थिए। २५ फागुन २०७९ मा उनलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट वि.सं. २०७९ को उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार चयन गरिएको थियो।
वि.सं. २०५६ मा पहिलोपटक संसदमा निर्वाचित भएकी शाक्यले वि.सं. २०६१ देखि २०६१ (सन् २००४ देखि २००५) सम्म महिला, बालबालिका तथा समाज कल्याण मन्त्री र वि.सं. २०६५ देखि २०६६ सम्म उद्योग मन्त्रीको रूपमा काम गरेकी थिइन्। उनी हाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उपाध्यक्षको रूपमा कार्यरत छिन्।
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन]शाक्यको जन्म सन् वि.सं. २०१० मा काठमाडौँमा भएको थियो।[३] उनी दसैँ पर्वको आठौँ दिन अर्थात् अष्टमीको दिन जन्मिएकी थिइन्, जसका कारण उनको नाम अष्टलक्ष्मी राखिएको थियो। हनुमानढोका दरबार क्षेत्र नजिकैको झोछेँ टोलमा रहेको एक नेवार परिवारका आठ बालबालिकामध्ये उनी दोस्रो सन्तान थिइन्। वि.सं. २०२८ मा प्रवेशिका परीक्षा उतिर्ण गरेपछि उनी आफ्नी साथी सुलोचना मानन्धरसँगै बसन्तपुरमा चिनियाँ भाषा कक्षामा भर्ना भएकी थिइन्, जो हाल एक लेखिका हुन्।[३]
उच्च शिक्षाका लागि शाक्य रत्न राज्यलक्ष्मी क्याम्पस भर्ना भएकी थिइन्, तर चार वर्षपछि उनले "सामन्तवादी शिक्षा" भन्दै क्याम्पस छाडेकी थिइन्। उनले चिनियाँ भाषा अध्ययन गर्न थालेकी थिइन्, जहाँबाट उनले आफ्ना शिक्षक, वामपन्थी बुद्धिजीवी तथा चिकित्सक महेशमान श्रेष्ठबाट कम्युनिस्ट विचारधाराबारे सिकेकी थिइन्। उनी माओ त्सेतुङको जीवन र योगदानबाट निकै प्रभावित भएकी थिइन् र क्रान्तिका क्रममा चीनका महिला कार्यकर्ताहरूले गरेको सङ्घर्षका लेखहरू पढ्ने गर्थिन्। उनी पछि नेकपा (माले)मा आबद्ध भएकी थिइन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Asta Laxmi sworn-in as Chief Minister of Bagmati Province", Khabarhub, १८ अगस्ट २०२१।
- ↑ "Asta Laxmi Shakya becomes first woman chief minister", The Kathmandu Post।
- 1 2 3 Shneiderman, Sara (१७ अगस्ट २०१०), "Creating 'Civilized' Communists: A Quarter of a Century of Politicization in Rural Nepal", in Gellner, David, Varieties of Activist Experience: Civil Society in South Asia (अङ्ग्रेजीमा), SAGE Publishing India, आइएसबिएन 9789385985812।
- जीवित मानिसहरू
- नेपालका मुख्यमन्त्रीहरू
- नेपालका महिला राजनीतिज्ञहरू
- नेपाल सरकारका पूर्व मन्त्रीहरू
- सन् १९५३ मा जन्म
- बागमती प्रदेशका मुख्यमन्त्रीहरू
- नेपाल सरकारका महिला मन्त्रीहरू
- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का राजनीतिज्ञहरू
- नेपाल सरकारका मन्त्रीहरू
- नेपालको दोस्रो संविधान सभाका सदस्यहरू
- नेपालका सांसदहरू २०५६–२०५९
- काठमाडौँका मानिसहरू
- २०औँ शताब्दीका नेपाली राजनीतिज्ञहरू