शङ्कर पोखरेल
शङ्कर पोख्रेल | |
|---|---|
| मुख्यमन्त्री, लुम्बिनी प्रदेश | |
| पदमा २०७४ फागुन ३ – २०७८ साउन २७ | |
| राज्य प्रमुख | |
| उतराधिकारी | कुलप्रसाद केसी |
| सूचना तथा सञ्चार मन्त्रालय | |
| राष्ट्रपति | रामवरण यादव |
| लुम्बिनी प्रदेश सभा | |
| पदमा २०७४ | |
| निर्वाचन क्षेत्र | दाङ २ |
| व्यक्तिगत विवरण | |
| जन्म | २७ फेब्रुअरी १९६३ |
| दल | नेपाल कम्युनिष्ट पार्टी |
| दम्पती | सुजिता शाक्य |
| आमाबुबाहरू |
|
| वेबसाइट | ओसीएमसीएम.पी५.गव.एनपी |
शङ्कर पोखरेल नेपालको लुम्बिनी प्रदेशका प्रथम तथा वर्तमान मुख्यमन्त्री हुन्।[१] प्रदेशसभा निर्वाचन, २०७४मा, नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ (१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।[२] दाङमा जन्मिएका उनी समानुपातिक तर्फबाट नेकपा-एमालेका सभासद समेत रहिसकेका छन्। उनी २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। उनी २०५६ मा पनि सोही क्षेत्रका उम्मेदवार थिए। विद्यार्थी आन्दोलनका कारण २०३५ सालदेखि राजनीतिमा संलग्न उनी पहिलोपटक २०३७ सालमा जेल परेका थिए। पटकपटक गरी एक वर्ष जेल जीवन बिताएका पोखरेल एमालेका केन्द्रिय सदस्य तथा पार्टी सचिवालय सदस्य समेत रहेका थिए। उनले अनेरास्ववियु अध्यक्ष (२०४७-५०), पार्टीको राप्ती अञ्चल इन्चार्ज र उपत्यका कमिटी सचिवको जिम्मेदारी समेत निर्वाह गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. गरेका पोखरेलका २ छोरी छन्।
राजनैतिक पृष्ठभूमी
[सम्पादन]दाङ जिल्लाको क्षेत्र नं २ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शंकर पोखरेल नेकपा एमालेका स्थायी समिति सदस्य हुन्। उनले सञ्चार मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेका शंकर पोखरेल पार्टीभित्र बौद्धिक नेता भनेर चिनिन्छन् । वि. सं. २०१९ सालमा तुलसीपुर उपमहानगर वडा नंवर–१९ हाडिमेमा जन्मिएका शंकर पोखरेल २०५१ सालमा दाङ जिल्लाको क्षेत्र नंवर २बाट निर्वाचित भई पहिलो पटक प्रतिनिधी सभाका सदस्य बनेका थिए । २०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा दाङ जिल्लाको क्षेत्र नंवर ४ बाट कांग्रसका नेता बुद्धिराम भण्डारीले भने उनलाई हराएका थिए । कुनै बेला जननेता स्वर्गिय मदनकुमार भण्डारीसँग निकट रहेर काम गरेका शंकर पोखरेलले अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका शंकर पोखरेलको वैचारिक तथा राजनीतिक क्षमता र संजठनात्मक कार्यकुशलता उदाहरणीय मानिन्छ। उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष समेत हुन्। माओवादी जनयुद्धको हिंसा अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उनले शान्ति पदयात्राको नेतृत्व समेत गरेका थिए। उनले संविधानसभा मार्फत राज्यको पुनःसंरचना आवश्यक भन्दै पार्टीमा राज्य पुनःसंरचना सम्बन्धी लिखित दस्तावेजसमेत प्रस्तुत गरेका थिए। [३]
सन्दर्भ
[सम्पादन]- ↑ शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त, नयाँ पत्रिका, अन्तिम पहुँच २८ अप्रिल २०२१, (नेपाली) भाषामा)।
- ↑ दाङको प्रदेश सभामा शंकर पोखरेल भारी मतान्तरले विजयी, सेतोपाटी, अन्तिम पहुँच २८ अप्रिल २०२१, (नेपाली) भाषामा)।
- ↑ अन्नपुर्ण पोष्ट पोखरेलको पृष्ठभूमी
बाह्य कडीहरू
[सम्पादन]- अज्ञात पारामिटरहरू प्रयोग गरिएका पदाधिकारी सूचनाबाकसका पृष्ठहरू
- संविधान सभा सदस्य
- नेपाली राजनीतिज्ञहरू
- नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)का राजनीतिज्ञहरू
- कम्युनिष्ट सभासद
- नेपालका मुख्यमन्त्रीहरू
- त्रिभुवन विश्वविद्यालयका पूर्व विद्यार्थीहरू
- लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरू
- लुम्बिनी प्रदेश सभाका सदस्यहरू
- दाङ जिल्लाका मानिसहरू