नयनबहादुर खत्री
सम्माननीय नयनबहादुर खत्री | |
---|---|
सर्वोच्च अदालतको प्रधान न्यायाधीश | |
कार्यकाल २०३३ साउन २४ – २०४२ मङ्सिर २५[१] | |
पूर्वाधिकारी | रत्नबहादुर विष्ट |
उतराधिकारी | धनेन्द्रबहादुर सिंह |
चीनका लागि राजदूत | |
पूर्वाधिकारी | गुण शमशेर जबरा |
उतराधिकारी | बासुदेव चन्द्र मल्ल |
राष्ट्रिय मानब अधिकार आयोगको अध्यक्ष | |
कार्यकाल वि सं २०५७ जेठ १३ – २०६३ असार २५ [२] | |
पूर्वाधिकारी | प्रथम |
व्यक्तिगत विवरण | |
जन्म | १९८० असोज ३ ललितपुर |
मृत्यु | मेडिसिटी अस्पताल २०७६ जेठ ०८ |
नयनबहादुर खत्री सर्वोच्च अदालतमा सबैभन्दा लामो समय बहाल भएका प्रधानन्यायाधीश हुन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]ललितपुरमा जन्मिएका खत्रीले ७ वर्षको उमेरमा १९८५ मा ब्राहखरीको पढाई, विं.स १९९५ मा एसएलसी र त्रिचन्द्र कलेजबाट आईए पढेका थिए । भारतको लखनउबाट अर्थशास्त्रमा एमए र कानुनमा बीएल गरेका थिए ।
सेवा
[सम्पादन गर्नुहोस्]खत्रीले २००४बाट सरकारी सेवा सुरु गरेका थिए । खत्री २४ वर्षको उमेरमा २००४ सालबाट मुलुकी अड्डा ऐनसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २००५ सालमा मेजर दर्जामा ल्हासाको वकिल नियुक्त भएका थिए । खत्री २००९ सालमा कानुन मन्त्रालयको सचिव नियुक्त भएका थिए । २०१६ देखि २०३३ साउन २३ सम्म सर्वोच्च अदालतको न्यायाधीश भएका खत्री २०१६, २०२८ र २०४८ सालमा कानुन सुधार आयोगको अध्यक्ष बनेका थिए । कानुनतर्फ नयनबहादुर खत्री, विश्वनाथ उपाध्याय, अनिरुद्धप्रसाद सिंह, भगवतीप्रसाद सिंह, विनोदप्रसाद धिताल, प्रो रत्नबहादुर विष्ट, शम्भुप्रसाद ज्ञवाली आदि त्यतिबेला राजा महेन्द्रले पत्याएका मानिसहरू थिए ।[३]
पञ्चायतकालमा २०४३ मा चीनका लागि राजदूत समेत बनेका खत्रीले कानुन मन्त्रालयमा सेक्रेटरी सचिव, सर्वोच्चका प्रधानन्यायाधीश, कानुन, आयोग र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष[४] भएर समेत काम गरेका थिए ।
वि.सं. २०३१ देखि २०३२ सम्म प्रेस काउन्सिलका अध्यक्ष रहेका खत्री २०२४ सालमा गठित प्रेस सल्लाहकार समितिका अध्यक्षसमेत रहेका थिए ।
प्रधानन्यायाधीश
[सम्पादन गर्नुहोस्]खत्री २०३३ सालमा प्रधानन्यायाधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए ।
राजनीतिक बन्दी, सञ्चार माध्यम, सङ्गठन खोल्ने अधिकार विरुद्धका हर्कत रोक्नका लागि अदालती आदेशहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रजातन्त्रका लागि सङ्घर्षरत नेता बीपी कोइरालालाई फाँसीको माग गर्दै दायर गरएिको रिट २०३३ सालमा सर्वोच्चले खारेज गरिदएको थियो । त्यस्तै, विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तत्कालीन सरकारको निर्णय बदर हुने फैसला पनि त्यतिबेलै भएको थियो । तत्कालीन शासक र व्यवस्थाका विपक्षमा रहेका यी फैसला सुनाउँदा प्रधानन्यायाधीश नयनबहादुर खत्री थिए ।[५]
मृत्यु
[सम्पादन गर्नुहोस्]खत्रीको २०७६ जेठ ८ मा बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा सर्वोच्च अदालतको पूर्ण बैठकले आइतबार देशभरका सबै अदालत विदा दिने निर्णय गरेको थियो । सर्वोच्च अदलतका मुख्य रजिस्ट्रार नृतपध्वज निरौलाले शनिबार जारी गरेको विज्ञप्तिमा खत्रीको असामयिक निधनबाट न्याय, कानून र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख थियो । सर्वोच्च अदालतको न्यायाधीश र प्रधान न्यायाधीशको रूपमा लामो समयसम्म सेवारत खत्रीले स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएको सर्वोच्चद्वा जारी विज्ञप्तीमा छ । खत्रीको निधनमा शोक प्रकट गर्न आइतबार नेपाल भरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधिकरणहरू शोक विदाको रूपमा बन्द रहने विज्ञप्तीमा जनाइएको थियो ।[६]
पुस्तक
[सम्पादन गर्नुहोस्]मेरो जीवना यात्रा: अनुभव र अनुभूति[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ पूर्व प्रधान न्यायाधीशहरू
- ↑ आयोगका पूर्व अध्यक्ष श्री नयन बहादुर खत्रीको दुःखद् निधनप्रति आयोगद्वारा गहीरो दुःख व्यक्त, २०७६ जेठ १०
- ↑ वेब्याक मेसिन [https://web.archive.org/web/20190526052129/http://nepal.ekantipur.com/news/2017-09-20/20170920190710.html अभिलेखिकरण २०१९-०५-२६ मिति [स्मरण] कोही नजिक, कोही निषेध]
- ↑ आयोगका पूर्वअध्यक्ष नयन बहादुर खत्रीको दुःखद् निधनप्रति आयोगद्वारा गहीरो दुःख व्यक्त, २०७६ जेठ १० वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२३ मिति
- ↑ सक्रिय सर्वोच्च
- ↑ सर्वोच्च अदालतबाट जारी समवेदना र शोक विदा ।
- ↑ NAYAN BAHADUR KHATRI A Tall Judge