शम्भुप्रसाद ज्ञवाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शम्भुप्रसाद ज्ञवाली नेपालका पूर्व महान्यायाधिवक्ता हुनुहुन्छ । कानुनी व्यवस्था भएपछि नियुक्त भएकाले ज्ञवालीलाई नेपालको पहिलो भन्ने पनि गरिन्छ ।

नियुक्ति ‍‍[सम्पादन गर्नुहोस्]

प्रधान न्यायालय ऐन, २००८ लाई खारेज गरी जारी भएको सर्वोच्च अदालत ऐन, २०१३ मा महान्यायाधिवक्ता सम्बन्धी कुनै व्यवस्था गरिएको थिएन । सर्वोच्च अदालत खडा भएको केही समयपछि अदालतमा महत्त्वपूर्ण संवैधानिक विवाद पर्न आएको र सरकारका तर्फबाट बहस एवं प्रतिरक्षा गर्नुपर्ने भएकोले सर्वोच्च अदालत ऐन, २०१३ को दफा २१ ले प्रदान गरेको अधिकार प्रयोग गरी गृह मन्त्रालयबाट २०१३ साल श्रावण १ गतेको राजपत्रमा प्रकाशित सूचनाबाट सरकारलाई सरोकार पर्ने मुद्दा मामिलामा आवश्यकता अनुसार गभर्मेण्ट एडभोकेटले सर्वोच्च अदालतलगायत नेपालको जुनसुकै अड्डा अदालतमा हाजिर भई बहस पैरवी गर्ने कानुनी व्यवस्था गरियो । सोही कानुनी व्यवस्था अनुसार ज्ञवालीलाई २०१३ श्रावणमा गभर्मेण्ट एडभोकेटको पदमा नियुक्त गरियो । नेपाल अधिराज्यको संविधान, २०१५ मा पनि महान्यायाधिवक्ता सम्बन्धी व्यवस्था नभएकाले २०१६ साल भाद्र २२ को राजपत्रमा प्रकाशित २०१६ साल भाद्र ९ को कार्यकारिणी निर्णय बमोजिम पुनः ज्ञवालीलाई महान्यायाधिवक्ताको पदमा नियुक्त गरियो ।

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

१) संयुक्तराष्ट्र सङ्घ सेमिनार (वि.सं. २०१७)
२) कानुनको व्याख्या (वि.सं. २०१८)
३) नेपालमा मानव अधिकार र त्यसको संरक्षण (वि.सं. २०२५)
४) हाम्रो शिक्षा सम्बन्धी कानुनी व्यवस्था (वि.सं. २०१४)
५) जीवन र कानुन (वि.सं. २०३८)
६) व्यक्ति र विचार (वि.सं. २०५५)

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]