चिसापानी गढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किल्लामा अवस्थित ठूलो तोप।

चिसापानी गढी भीमफेदी, मकवानपुरमा रहेको एउटा किल्ला हो जुन सन् १७४४–१७४५ मा निर्माण भएको थियो।[१][२] चिसापानी गढी सेन राजवंशको नियन्त्रणमा थियो तर गोर्खा राज्य (पछि नेपाल अधिराज्य) ले मकवानपुर कब्जा गरेपछि उनीहरूले सैन्य, प्रशासनिक, व्यापार र अध्यागमन उद्देश्यका लागि किल्ला प्रयोग गरे।[३] राजा पृथ्वीनारायण शाहले यसलाई काठमाडौं उपत्यकामा आर्थिक नाकाबन्दी गर्न प्रयोग गरे। इतिहासकारहरूका अनुसार किल्लामा अदालत, चेक पोस्ट र स्थानीय गभर्नरको कार्यालय थियो। नेपाल अङ्ग्रेज युद्धको समयमा, कमाण्डर रणवीरसिंह थापाले किल्ला भित्र धेरै सैनिकहरू तैनाथ गरे। तर सेनाहरूले प्रत्यक्ष रूपमा ईस्ट इन्डिया कम्पनीसँग सामना गरेनन्।[४][५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धेरैपटक लडाइँ भएको मकवानपुर दरबार", Nagarik (नेपालीमा), मूलबाट २१ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०२० 
  2. "महिला निषेधित मन्दिर", Himal Khabarpatrika (नेपालीमा), मूलबाट २६ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०२० 
  3. "ऐतिहासिक चिसापानी गढीको संरक्षणमा तीनै तहका सरकारको चासो", Ujyaalo Online (नेपालीमा), मूलबाट ३ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०२० 
  4. "पृथ्वीनारायण शाहको ससुराली घर !", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २१ अक्टोबर २०२० 
  5. "राज्यको आँखा पुग्न नसकेको चिसापानीगढी", Thaha Times (नेपालीमा), २७ सेप्टेम्बर २०१६, मूलबाट २० अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०२० 
  6. "महिला निषेधित मन्दिर", Himal Khabar (नेपालीमा), अन्तिम पहुँच २१ अक्टोबर २०२०