नवयुग श्रेष्ठ
![]() | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | नवयुग श्रेष्ठ | ||
जन्म मिति | २६ जनवरी १९९० | ||
जन्म स्थान | इलाम, नेपाल | ||
उचाई | ५ फिट ७ इन्च (१.७० मी) | ||
खेल्ने स्थान | फरवार्ड | ||
क्लबको विवरण | |||
हालको क्लब | नेपाल आर्मी फुटबल क्लब | ||
सङ्ख्या | १८ | ||
युवा क्लब | |||
वर्ष | टोली | ||
२०१४-२०१५ | नेपाल आर्मी फुटबल क्लब | ||
राष्ट्रिय टोली† | |||
बर्ष | टोली | खेल | (गोल) |
२०१६ | नेपाल राष्ट्रिय फुटबल टिम | ४२ | (७) |
|
नवयुग श्रेष्ठ (जन्म: २६ जनवरी १९९०) इलाम जिल्लामा जन्मिएका हुन। उनी नेपाल फुटबल टिम र नेपाल आर्मी क्लबका खेलाडी हुन् ।[१] नेपालको इतिहासमा सर्वाधिक तीन ह्याट्रिक प्रहार गर्ने उनी प्रथम खेलाडी हुन्। उनले २०१६ बंगबन्धु गोल्ड कपमा ४ गोल तथा दक्षिण एसियाली खेलकुद फुटबल २०१६मा ७ गोल प्रहार गरी दुवै प्रतियोगिता विजय गर्न अग्र भूमिका खेलेका छन्। प्रथम र तृतिय ह्याट्रिक उनले माल्दिभ्स विरूद्ध र द्वितिय ह्याट्रिक उनले भूटान विरूद्ध लगाएका थिए।
क्लब जीवन[सम्पादन गर्ने]
२०७२-७३ सीजन[सम्पादन गर्ने]
अन्तर्राष्ट्रिय करियर[सम्पादन गर्ने]
नवयुग श्रेष्ठले भारतमा सञ्चालन भएको २०१५ साफ च्याम्पियनसिपबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियरको आरम्भ गरे । सन् २०१६ मा बङ्गलादेशमा सञ्चान भएको २०१६ बंगबन्धु गोल्ड कपबाट उनले अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चा पाएका हुन् ।[२] नवयुगले बङ्गवन्धु गोल्डकपको सेमीफाइनल खेलमा माल्दिभ्स राष्ट्रिय फुटबल टिम विरुद्ध ह्याट्रिक गर्न सफल भएका थिए भने फाइनलम खेलमा समेत उनले बहराइन राष्ट्रिय फुटबल टिम विरुद्ध एक गोल गरेका थिए ।[३] सो प्रतियोगितामा ४ गोल गरेर नवयुग सबैभन्दा बढी गोल गर्ने खेलाडी र मोस्ट भ्यालुएबल खेलाडीको उपाधि प्राप्त गरे ।[४]
अन्तर्राष्ट्रिय गोल[सम्पादन गर्ने]
नेपाल राष्ट्रिय टिम | वर्षहरू | गोल |
---|---|---|
![]() |
२०१६ | ![]() |
![]() |
२०१६ | ![]() |
![]() |
२०१६ | ![]() |
![]() |
२०१६ | ![]() |
![]() |
२०१६ | ![]() |
![]() |
२०१७ | ![]() |
![]() |
२०१८ | ![]() |
जम्मा | ![]() |
उपाधिहरू[सम्पादन गर्ने]
राष्ट्रिय टिम[सम्पादन गर्ने]
बंगबन्धु गोल्ड कप विजेता (१): २०१६
एएफसी सोलिदरिटी कप (१) :२०१६
नेपाल यु-२३[सम्पादन गर्ने]
दक्षिण एसियाली खेलकुद २०१६ स्वर्ण पदक(१):२०१६
क्लब[सम्पादन गर्ने]
नवयुग हाल नेपाल आर्मी फुटबल टिमका महत्त्वपूर्ण खेलाडी समेत हुन् उनले नेपाली आर्मी फुटबल टिमबाट विभिन्न घरेलु फुटबल प्रतियोगिताहरू जिति सकेका छन् ।जस मध्ये केही महत्त्वपूर्ण उपाधिहरू निम्नानुसार रहेका छन्।
सातौँ राष्ट्रिय खेलकुद २०७३ : २०७३ उपविजेता
आठौँ राष्ट्रिय खेलकुद २०७५ : २०७५ विजेता
पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]
- २०१५ नेपाल राष्ट्रिय लिग सर्वाधिक गोलकर्ता]]
- पल्सर स्पोर्ट्स अवार्ड-२०७३ उत्कृष्ट पुरूष खेलाडी
- बंगबन्धु गोल्डकप उत्कृष्ट खेलाडी
- बंगबन्धु गोल्डकप सर्वाधिक गोलकर्ता
- झापा स्पोर्ट्स अवार्ड २०७४ सर्वोत्कृष्ट पुरूष खेलाडी
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ http://thehimalayantimes.com/sports/shrestha-strikes-treble-as-armymen-outplay-npc/
- ↑ "ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ को हुन्?", नागरिक न्युज, अन्तिम पहुँच १९ जनवरी २०१६।
- ↑ "नवयुग श्रेष्ठ बङ्गवन्धु कपमा उत्कृष्ट खेलाडी घोषित", अनलाइनखबर, अन्तिम पहुँच ८ माघ २०७२।
- ↑ "नवयुग श्रेष्ठ 'मोस्ट भ्यालुएबल' खेलाडी", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच ८ माघ २०७२।