पल्सर स्पोर्ट्स अवार्ड २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पल्सर स्पोर्ट्स अवार्ड
मिति२०७४ भदौ २७[१]
स्थानकाठमाडौ
देश नेपाल
आयोजकप्रज्ञा प्रतिष्ठान,कमलादी,काठमाडौ


पल्सर स्पोर्ट्स अवार्ड -२०७३ बजाज पल्सर स्पोर्ट्स अवार्ड को चौधौ संस्करण हो।जुन भदौ २६,२०७३ वितरण गरिएको थियो। फुटबलर किरण कुमार लिम्बु र ब्याडमिन्टनकी नङसल तामाङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका थिए।राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ व्यवसायिक फुटबल खेल्ने क्रममा माल्दिभ्समा थिए,त्यसैले उनको अवार्ड आमालाई प्रदान गरिएको थियो।[२]

प्रत्येक विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले १-१ थान बजाज पल्सर मोटर बायकका साथमा नगद जनही ३०-३० हजार प्राप्त गरेका थिए।

उत्कृष्ट पुरूष खेलाडी[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टोलीका गोलरक्षक किरण व्यवसायिक फुटबल खेल्ने क्रममा माल्दिभ्समा छन् । त्यसैले उनको अवार्ड आमाले लिइन् । नेपाललाई पहिलो पटक एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिताको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्त्वपूर्ण भूमिका रहृयो । लाओसबिरुद्धको सेमिफाइनलमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षक हुन् ।

अन्य मनोनीत खेलाडीहरू
नाम खेल
किरण चेम्जोङ फुटबल
रत्नजीत तामाङ ब्याडमिन्टन
शरद भेषावकर क्रिकेटका शरद
सोमबहादुर कुमाल एथलेटिक्स
मान बहादुर श्रेष्ठ भलिबल

उत्कृष्ट महिला खेलाडी[सम्पादन गर्नुहोस्]

चार प्रतिस्पर्धीलाई पछि पार्दै नङसल महिलातर्फ उत्कृष्ट महिला खेलाडी भएकि थिइन् । उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोज, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा परेकी थिइन् ।

अन्य मनोनीत खेलाडीहरू
नाम खेल
नङ्सल तामाङ ब्याडमिन्टन
कान्छीमाया कोजु एथलेटिक्स
ज्ञानु अवा आर्चरी
सावित्रा भण्डारी फुटबल
सरस्वती भट्टराई एथलेटिक्स


उत्कृष्ट युवा खेलाडी[सम्पादन गर्नुहोस्]

जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी बनिन् । मनिताले ११ औँ एसियाली क्याडेट तथा १८ औँ एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।

अन्य मनोनीत खेलाडीहरू
नाम खेल
मनिता श्रेष्ठ प्रधान जुडो
दीपेन्द्रसिंह ऐरी क्रिकेट
अनन्त तामाङ फुटबल
कमला श्रेष्ठ भारोत्तोलन
प्रतिभा माली

पिपल्स च्वाइस अवार्ड[सम्पादन गर्नुहोस्]

पिपुल्स च्वाइस अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजुले जितेकी थिइन्। एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको थियो। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार कुल ९५ हजार ७२६ भोट जम्मा भएको थियो । एक भोट बराबर चार फेसबुक लाइक मानिएको थियो ।मनोनयनमा परेका पाँच खेलाडी मध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले अवार्ड जितिन् । फुटबलका सुजल श्रेष्ठ दोस्रो र क्रिकेटका दिपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा रहे । जम्मा आएको मतमध्ये उनले ६६ हजार १२४ मत पाइन् ।एथ्लेटिक्सको महिला म्याराथनहाफ म्याराथनमा राष्ट्रिय कीर्तिमानधारी कोजुले गत वर्ष सहभागी भएका पाँचै प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

उत्कृष्ट ३ खेलाडीहरू
नाम खेल
कान्छीमाया कोजु एथलेटिक्स
सुजल श्रेष्ठ फुटबल
दिपेन्द्रसिंह ऐरी क्रिकेट

उत्कृष्ट प्रशिक्षक[सम्पादन गर्नुहोस्]

एथलेटिक्सका पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षक बने ।रियो ओलम्पिकमा सरस्वती भट्टराईहरिकुमार रिमालका प्रशिक्षक पुष्पराज ओझा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक हुन् । सातौँ राष्ट्रिय खेलकुद २०७३मा उनको टोली त्रिभुवन आर्मीले एथलेटिक्समा सर्बाधिक २२ स्वर्ण, १६ रजत र ८ काश्य जितेको थियो ।

मनोनित प्रशिक्षकहरू
नाम खेल
पुष्पलाल ओझा एथलेटिक्स
जापान ग्योतोकु कोजी फुटबल
मेघराज केसी
जगत टमाटा क्रिकेट जगत
किरण थापा ब्याडमिन्टन

लाइफ टाइम अचिभमेन्ट अवार्ड[सम्पादन गर्नुहोस्]

पल्सर स्पोर्ट्स अवार्ड २०७३ अन्तरगर्त लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्व गल्फर घनश्याम थापालाई प्रदान गरिएको थियो । सूर्य नेपाल गल्फ कोर्षका संस्थापकसमेत रहेका थापा नेपालका पहिलो पुस्ताका व्यवसायिक गल्फर हुन् । १० वर्षको उमेरमै गल्फमा लागेका उनले भारतमा प्रशिक्षण गरी व्यवसायिक गल्फर भएका थिए । थापाले भारत ओपनदेखि दुई पटक गल्फ विश्वकप खेलेका छन् ।

उत्कृष्ट टिम[सम्पादन गर्नुहोस्]

२०७३ सालमा सर्वोत्कृष्ट राष्ट्रिय खेलकुद टिमको उपाधि नेपाल राष्ट्रिय भलिबल टिमलाई प्रदान गरिएको थियो।यो राष्ट्रिय टिमले २०७३ सालमा पहिलोपटक अन्तराष्ट्रिय पदकका रूपमा सेन्ट्रोन जोन इन्टरनेसनल भलिबल प्रतियोगिता जितेको थियो।

विशेष अवार्ड[सम्पादन गर्नुहोस्]

बन्दी सहायता गृह -पामलाई पल्िर स्पोर्ट्स अवार्ड २०७३ को विशेष अवार्ड प्रदान गरिएको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

ढाँचा:पल्सर स्पोर्ट्स अवार्ड