कान्छीमाया कोजु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कान्छीमाया कोजु (Kanchi Maya Koju) एक नेपाली दौड प्रतियोगिताको महिला खेलाडी हुन्।नेपाल प्रहरीबाट प्रतिनिधित्व गर्दै कोजुले राष्ट्रिय स्तरका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने गर्दछन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

कान्छीमायाले २०७३ सालको हाफ म्याराथनमा ५ उपाधि जितेकी थिइन् । राष्ट्रिय रेकर्डसहित म्याराथन र हाफ म्याराथनको उपाधिहरू जितेकी हुन् । उनले काठमाडौँ म्याराथनमा २ घण्टा ५५ मिनेट ५७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले पिंकाथन हाफ म्याराथनमा पनि १ घण्टा १८ मिनेट २५ सेकेन्डको राष्ट्रिय कीर्तिमान रचेकी थिइन् । उनले धनगढी, नेपालगन्ज, भारतको दार्जिलिङ र कान्तिपुर हाफ म्याराथनको उपाधिसमेत जितेकी थिइन् । उनले पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा ५ र १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् भने ४ गुणा ४ सय मिटर रिलेमा रजत हात पारेकी थिइन् ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. कान्छीमायाको गति र अवार्ड