सामग्रीमा जानुहोस्

सरस्वती भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरस्वती भट्टराई
सातौँ राष्ट्रिय खेलकुद २०७३ मा नेपाली महिला धाविका सरस्वती भट्टराईको तस्बिर
व्यक्तिगत जानकारी
जन्म नामसरस्वती
पुरा नामसरस्वती भट्टराई
Nickname(s)सरस्वती
राष्ट्रियतानेपाली
जन्म (1994-03-08) ८ मार्च १९९४ (उमेर ३०)
डडेल्धुरा
खेल
राष्ट्रनेपाल
खेलएथलेटिक्स
प्रतिस्पर्धा(हरू)१५०० मिटर दौड
क्लबनेपाल आर्मी क्लब
टोलीनेपाल एथलेटिक्स टिम
उपलब्धि र उपाधिहरू
क्षेत्रीय फाइनलसाग गेम २०१६
राष्ट्रिय फाइनलसातौँ खेलकुद, आठौँ खेलकुद
ओलम्पिक फाइनल२०१६
पदक कीर्तिमान

सरस्वती भट्टराई(जन्म सन् २०९४ मार्च ८) एथलेटिक्स अन्तर्गतको दौड स्पर्धाकि नेपाली महिला खेलाडी हुन् । यिनी मुख्य गरेर लामो दुरीका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने खेलाडी हुन् । मुख्य गरी घरेलु प्रतियोगिताहरूमा यिनले आफ्नो पहिचान मध्य गतिकी धाविकाबा बनाएकि छिन् ।

पारिवारिक जीवन

[सम्पादन गर्नुहोस्]

सरस्वती भट्टराईको जन्म डडेल्धुरा जिल्लामा भएको थियो । उनको बाल्यकाल पनि डडेल्धुरामा नै बितेको थियो ।

नेपाल राष्ट्रिय खेलकुद

[सम्पादन गर्नुहोस्]

सातौँ राष्ट्रिय खेलकुद

[सम्पादन गर्नुहोस्]

सरस्वतीले सातौँ राष्ट्रिय खेलकुदमा जम्मा तीन स्वर्ण पदक जित्न सफल भएकि थिइन् । उनले सातौँ राष्ट्रिय खेलकुदमा ८ सय मिटर महिला दौड, १५ सय मिटरको महिला दौड र ४ गुणा चार सय मिटर रिले दौडमा स्वर्ण पदक जितेकी थिइन्[]

भट्टराईले १५ मिटर दौड ४ मिनेट ४३ सेकेन्डमा पूरा गरेर सशस्त्र प्रहरीकी फूलमति रानालाई पछि पार्दै स्वर्ण जितेकी थिइन्। यस्तै ८ सय मिटर दौडमा उनले आर्मीकै सानुमाया कार्कीलाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन् । यसअघि उनले सुदूरपश्चिममा भएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि खेलेकी तर उक्त प्रतियोगितामा उनले कुनै पनि पदक जितेकी थिइनन् ।

आठौँ राष्ट्रिय खेलकुद

[सम्पादन गर्नुहोस्]

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला ८ सय मिटर दौड अन्तर्गत सरस्वती भट्टराईले स्वर्ण जितेकी थिइन् । उनले निर्धारित दुरी २ मिनेट १६.०० सेकेण्डमा पुरा गरेकि थिइन् । उनले आर्मीकै सानुमाया कार्की तथा एपीएफकी फुलमती रानालाई पराजित गरी स्वर्ण जितेकि थिइन्[] । उनले महिला १५०० मिटर दौडमा सरस्वतीले ४ मिनेट ३६ सेकेन्ड पूरा गर्दै स्वर्ण जितेकि थिइन् । सरस्वतीले उक्त स्पर्धामा प्रदेश ३ की सन्तोषी श्रेष्ठ तथा फूलमती रानालाई पराजित गरेकि थिइन्[] । सरस्वतीले कृष्णा चौधरी, संगीता मेचे र तुलसा खत्रीसँग रहेर ४ गुणा ४ सय मिटर दौडको स्वर्ण ४ मिनेट २ सेकेण्ड पुरागी जितेकी थिइन् । सरस्वतीको जोडिले एपीएफ र प्रदेश नम्बर ५ को टिमलाई पराजित गरी स्वर्ण जितेकी थिइन्[]

अन्तर्राष्ट्रिय खेल जीवन

[सम्पादन गर्नुहोस्]

ओलम्पिक २०१६

[सम्पादन गर्नुहोस्]

सरस्वती भट्टराईले नेपालको तर्फबाट २०१६ ग्रीष्मकालिन ओलम्पिकको १५०० मीटर महिला दौडमा सहभागी जनाएकि थिइन्[] । साथै भट्टराई ओलम्पिकमा नेपालको झण्डा बोक्ने फूपू लामु खत्री सगै उद्घाटन समारोहमा सहभागीले थिइन्[] । उनले १५०० मीटर दौडको स्पर्धामा निर्धारण १५०० मीटरको दौड जम्मा कुल ४ मीनेट ३३.९४ सेकेन्डमा पूरा गरी आफ्नै राष्ट्रिय रेकर्ड भङ्ग गरेकी थिइन् । तर आफ्नो समुहको कुल १५ महिलामा १३ औँ स्थानकी भट्टराई पहिलो चरणबाटनै बाहिरिएकी थिइन्[]

राष्ट्रिय किर्तिमानहरू

[सम्पादन गर्नुहोस्]
  • सरस्वती भट्टराईले बनाएका महत्त्वपूर्ण राष्ट्रिय किर्तिमानहरू[]
स्पर्धा प्रतियोगिता पहिलो किर्तिमानि खेलाडी पहिलेको समय नयाँ समय
१५०० मीटर दौड ब्राजिल २०१६ ग्रीष्मकालीन ओलम्पिक राजकुमारी पाण्डे ४ मिनेट ३४ दशमलब ४५ ४ मिनेट ३३ दशमलब ९४ सेकेण्ड

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "एथ्लेटिक्समा सरस्वती भट्टराईलाई ३ स्वर्ण", thahakhabar.com, अन्तिम पहुँच पुस १०, २०७३ 
  2. "आर्मीका सरस्वती र उमेशलाई स्वर्ण", khelpati.com, अन्तिम पहुँच सोमवार, बैशाख ९, २०७६ 
  3. "आठौँ राष्ट्रिय खेलकुद, आर्मी अघि, पुलिस र एपीएफ पछिपछि", rajdhanidaily.com, अन्तिम पहुँच २०/०४/२०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२० मिति
  4. "आठौँ राष्ट्रिय खेलकुद : महिला ५ सय मिटर दौडको उपाधि प्रदेश नं ३ लाई", setopati.com, अन्तिम पहुँच २०७६ वैशाख ९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१३ मिति
  5. "Saraswati Bhattarai", rio2016.com, अन्तिम पहुँच २४ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१६ मिति
  6. "Rio 2016 Closing Ceremony - Flag Bearers", अन्तिम पहुँच २४ अगस्ट २०१६ 
  7. "धाविका सरस्वती भट्टराई २६ वर्ष अघिको राष्ट्रिय कीर्तिमान तोड्न सफल", ekantipur.com, अन्तिम पहुँच श्रावण २९, २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१३ मिति
  8. "रियो ओलम्पिक: राष्ट्रिय किर्तिमान बनाउँदै सरस्वती भट्टराई ओलम्पिकबाट बाहिरिईन्", janaboli.com, अन्तिम पहुँच श्रावण २९, २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१३ मिति

बाह्य सुत्रहरू

[सम्पादन गर्नुहोस्]