बुढासुब्बा गोल्डकप २०७५
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() |
मिति | माघ २६ गतेदेखि फागुन ०४ गतेसम्म |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१वटा ) |
अन्तिम स्थान | |
विजेता | ![]() |
उप-विजेता | ![]() |
प्रतियोगिता तथ्याङ्क | |
जम्मा खेल | 7 |
जम्मा गोल | 10 (1.43 प्रत्येक खेलमा) |
सर्वाधिक गोलकर्ता | जामा यानिक (२ गोल) |
बुढासुब्बा गोल्डकप २०७५ (अन्य:रेडबुल बुढासुब्बा गोल्डकप) बुढासुब्बा गोल्डकपको एक्काइसौं संस्करण हो। यस बुढासुब्बा गोल्डकप २०७५ माघ २६ गतेदेखि फागुन ०४ गतेसम्म आयोजना भएको थियो। यसोत माघ २५ गतेदेखि आयोजना गर्ने गरी मिति निर्धारण गरिएको यो प्रतियोगिता माघ २५ गते भारी वर्षाका कारण माघ २६ गतेदेखि आयोजना भएको थियो [१] ।
यस प्रतियोगिताको २०७५ माघ २७ गते आइतबार भएको उद्घाटन खेल अँध्यारो भएको कारणले स्थगित भएको थियो। सीएमजी क्लब संकटा र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर बीचको खेल टाइब्रेकरमा पुगेर दुवै टोलीका ११ खेलाडीले टाइब्रेकर लिँदा पनि नतिजा ननिस्केपछि स्थगित भएको थियो। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। तर टाइब्रेकरमा पनि खेल ९-९ को बराबरीमा रोकिएको थियो। पहिलो पाँच पेनाल्टी ४-४ को अवस्थामा सकिंदा सडन डेथमा दुवै टोलीले १-१ प्रहार चुकाएका थिए। ९-९ को स्थितमा छँदा दुवै तर्फका खेलाडीले बल देख्न नसक्ने जनाएपछि खेल स्थगित भएको थियो। भने माघ २८ गते सोमबार खेल यसै स्थितिबाट सुरु भएको थियो[२]। जसमा संकटा क्लब टाइब्रेकरमा कुल ११-१० गोल अन्तरले विजयी हुदै सेमिफाइनल प्रवेश गरेको थियो।
दाउफिन्स फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै यस २१ औँ बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो। फाइनलमा दाउफिन्सले धरानलाई टाइब्रेकरमा ३-२ ले पराजित गरेको थियो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो ।उपाधिसँगै दाउफिन्सले ८ लाख रुपैयाँ पुरस्कार पक्का गरेको थियो[३]।
सहभागी टिमहरू[सम्पादन गर्ने]
- बुढासुब्बा गोल्डकप २०७५ मा सहभागी कुल ८ टिमहरू
|
|
|
खेल स्थान[सम्पादन गर्ने]
यस प्रतियोगिता धरानमा अवस्थित क्षेत्रीय रङ्गशाला धरान रङ्गशालामा आयोजना भएको थियोे।
धरान रङ्गशाला |
---|
![]() |
धरान |
दर्शक क्षमता: ८,००० |
खेलहरू[सम्पादन गर्ने]
बार्केट[सम्पादन गर्ने]
क्वाटरफाइनल | सेमिफाइनल | फाइनल | ||||||||||||
मेची नेत्रालय, काकडभिट्टा | २ (९+१=१०) | |||||||||||||
संकटा क्लब | २ (९+२=११) | |||||||||||||
संकटा क्लब | ० (३) | |||||||||||||
धरान ११ | ० (४) | |||||||||||||
गलहाउसिया एथलेटिक, कोलकाता | ० | |||||||||||||
धरान ११ | २ | |||||||||||||
धरान ११ | ० (२) | |||||||||||||
धाउफिन्स एफसी | ० (३) | |||||||||||||
नेपाल पुलिस क्लब | १ (४) | |||||||||||||
सहारा क्लब पोखरा | १ (३) | |||||||||||||
नेपाल पुलिस क्लब | ० (६) | |||||||||||||
धाउफिन्स एफसी | ० (७) | |||||||||||||
धाउफिन्स एफसी | २ | |||||||||||||
एपीएफ क्लब | ० | |||||||||||||
क्वाटरफाइनल[सम्पादन गर्ने]
संकटा क्लब | २-२ (९-९) |
मेची नेत्रालय, काकडभिट्टा |
---|---|---|
कर्ण लिम्बू ![]() पुजन उपरकोटी ![]() |
जय गुरुङ ![]() दीपेश आले मगर ![]() | |
पेनाल्टी-सुटआउट | ||
११-१० |
नेपाल पुलिस क्लब | १-१ (४-३) |
सहारा क्लब पोखरा |
---|---|---|
नीर कुमार राई ![]() |
विश्व अधिकारी ![]() |
गलहाउसिया एथलेटिक, कोलकाता | ०-२ | धरान ११ |
---|---|---|
मीलन राई ![]() वर्तमान राई ![]() |
धाउफिन्स एफसी | २-० | एपीएफ क्लब |
---|---|---|
जामा यानिक ![]() |
सेमिफाइनल[सम्पादन गर्ने]
संकटा क्लब | ०-० (३-४) |
धरान ११ |
---|---|---|
नेपाल पुलिस क्लब | ०-० (६-७) |
धाउफिन्स एफसी |
---|---|---|
फाइनल[सम्पादन गर्ने]
धरान ११ | ०-० (२-३) |
धाउफिन्स एफसी |
---|---|---|
खेल विवरणहरू[सम्पादन गर्ने]
गोलकर्ताहरू[सम्पादन गर्ने]
- बुढासुब्बा गोल्डकप २०७५ का गोफकर्ता खेलाडीहरू
- २ गोल
- जामा यानिक
- १ गोल
|
|
खेलका उत्कृष्ट खेलाडी[सम्पादन गर्ने]
- बुढासुब्बा गोल्डकप २०७५ को प्रत्येक खेलका म्यान अफ द-म्याच विजेता खेलाडीहरूले पुरस्कार स्वरूप नगद रू पन्ध्र हजार साथमा ट्रफी प्राप्त गर्दछन्।
म्याच | खेलाडी | क्लब | विपक्ष | मिति |
---|---|---|---|---|
खेल १ | राजबाबु थापा[४] | संकटा क्लब | मेची नेत्रालय, काकडभिट्टा | माघ २७/२८ |
खेल २ | नीर कुमार राई[५] | नेपाल पुलिस क्लब | सहारा क्लब पोखरा | माघ २८ |
खेल ३ | वर्तमान राई[६] | धरान ११ | गलहाउसिया एथलेटिक, कोलकाता | माघ २९ |
खेल ४ | जामा यानिक[७] | धाउफिन्स एफसी | एपीएफ क्लब | फागुन १ |
खेल ५ | विनय श्रेष्ठ | धरान ११ | संकटा क्लब | फागुन २ |
प्रायोजकहरू[सम्पादन गर्ने]
- बुढासुब्बा गोल्डकप २०७५ का प्रायोजकहरू
सहयोग | सहयोगी संस्था |
---|---|
प्रमुख-प्रायोजन | रेड बुल |
मुख्यसह-प्रायोजन | टेस्टी बिस्कुट ज्याक्पट |
सह-प्रायोजन | होन्डा |
इन्टरनेट पार्टनर | वर्ड लिङ्क सुबिसु |
व्यक्तिगत पुरस्कारहरू[सम्पादन गर्ने]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ "बुढासुब्बा गोल्ड कपको उद्घाटन खेल स्थगित", हाम्रो खेलकुद, अन्तिम पहुँच शनिबार, माघ २६, २०७५।
- ↑ "११ खेलाडीले नै पेनाल्टी हानेपछि अँध्यारो हुँदा खेल स्थगित", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतबार, माघ २७, २०७५।
- ↑ "प्रतिकृया दिनुहोसदाउफिन्सलाई बुढासुब्बा गोल्डकप उपाधि", हाम्रो खेलकुद, अन्तिम पहुँच शनिबार, फाल्गुन ४, २०७५।
- ↑ "बुढासुब्बा गोल्ड कप – सडन डेथमा संकटाको भाग्य", हाम्रो खेलकुद, अन्तिम पहुँच सोमवार, माघ २८, २०७५।
- ↑ "साहारालाई हराउँदै पुलिस सेमिफाइनलमा", हाम्रो खेलकुद, अन्तिम पहुँच सोमवार, माघ २८, २०७५।
- ↑ "भारतीय टोली दालहौसलाई हराउँदै आयोजक धरान सेमिफाइनलमा", हाम्रो खेलकुद, अन्तिम पहुँच मंगलबार, माघ २९, २०७५ ।
- ↑ "दाउफिन्स बुढासुब्बाको सेमिफाइनलमा", हाम्रो खेलकुद, अन्तिम पहुँच बुधबार, फाल्गुन १, २०७५।