कर्ण लिम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्ण लिम्बू
व्यक्तिगत जानकारी
पुरा नाम कर्ण लिम्बू
जन्म स्थान झापा, नेपाल.[१]
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
झापा ११
सङ्ख्या १४
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१२-२०१५ मछिन्द्र फुटबल क्लब
२०१५– झापा ११
२०१८-१९ हिमालयन शेर्पा क्लब (३)
अन्तर्राष्ट्रिय करियर
२०१२-  नेपाल (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०७५ मंसिर १५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१ चैत २०७३

कर्ण लिम्बू एक नेपाली फुटबल खेलाडी हुन् । नेपाली घरेलु फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने लिम्बू हाल झापा ११बाट फुटबल खेल्ने गर्दछन्।[२] [३] भने उनी मैदानमा स्ट्राइकरका रूपमा उत्रने गर्द छन् । हाल सम्म नेपाली राष्ट्रिय टिमबाट मात्र तीनवटा खेल खेलेका उनी आफ्नो पोजिसनमा उत्कृष्ट खेलाडीहरू भएकाले आफू नियमित राष्ट्रिय टिममा पर्न नसकेको उनी बताउछन् । यस्तै उनमा एकपटक नेपालको जर्सि लगाएर साफ च्याम्पियनसिप खेल्ने ठूलो धोको रहेको समेत बताउदछन् ।

व्याक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

लिम्बू हाल चन्द्रगढी झापामा बसोबास गर्ने गर्द छन् ।उनको श्रीमतीको नाम बल कुमारी हो । जुन कर्णको फुटबल कौशलबाट प्रभावित भएकि थिइन् । हाल उनिहरूको दुईवटा छोरिहरू छन् ।[१]

क्लब जीवन[सम्पादन गर्नुहोस्]

मछिन्द्र क्लब[सम्पादन गर्नुहोस्]

मछिन्द्र फुटबल क्लबबाट फुटबल खेल्दा चर्चाको र सफलताको चुचुरोमा पुगेका लिम्बूले २०१३-१४ सहिद स्मारक राष्ट्रिय लिगमा सर्वाधिक उत्कृष्ट स्ट्राइकरको पुरस्कार समेत प्राप्त गरेका थिए।जुन खेलमा उनले कुल ११ गोल गरेका थिए।

झापा ११[सम्पादन गर्नुहोस्]

पछि मछिन्द्र क्लबलाई एन्फाको प्रतिबन्ध लागे पछि उनी आफ्नो घरेलु फुटबल टिम झापा ११बाट फुटबल खेल्न थालेका हुन् । २०१५ नेपाल राष्ट्रिय लिग देखि उनी झापा ११बाट फुटबल खेल्न सुरू गरेका हुन् ।[४] उनले झापाका निम्ति उत्कृष्ट खेल प्रस्तुत गरिरहेका छन् ।

उनले २०७१-७३ सिजनमा क्लबले ५ भन्दा बढि प्रतियोगितामा उपाधि जित्दा उत्कृष्ट प्रदर्शनी गरेका थिए । भने त्यतिनै संख्यामा उनको टिम दोस्रो हुदा उनको योगदान पनि उत्तिकै अविस्मरणीय रहेको छ।क्लब फाइनलमा पुगेको प्रतियोगिताहरूमा उनी प्राय उच्च गोलकर्ता तथा उत्कृष्ट खेलाडी हुने गर्दथे ।

हिमालयन शेर्पा[सम्पादन गर्नुहोस्]

२०७५ को नेपाली राष्ट्रिय लिगमा कर्ण लिम्बू हिमालय शेर्पामा अनुबन्धन भएका थिए ।

अन्तराष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

कर्ण लिम्बू नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल यमन विरूद्व अतिरिक्त खेलाडीका रूपमा ७५ मीनेटमा अनिल गुरूङका ठाउँमा खेलेका थिए । [५]२५ मार्च २०१४ मा भएको उक्त खेलमा नेपाल २-० गोल अन्तरले हार्न पुगेको थियो । यस्तै उनले अप्रिल २०१४ मा भएको फिलिपिन्स विरूद्वको खेल समेत खेलेका थिए ।[६] उनले हाल सम्म जम्मा ३ वटा मात्र अन्तर्राष्ट्रिय खेल खेलेका उनी पिलिपिन्स विरूद्व दुई खेल खेलेका छन् । २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरणका निम्ति उनले नेपालका नियमित कप्तान अनिल गुरूङ ठाउँमा स्थान बनाएका थिए ।

यस्तै उनलाई २०१५ साफ च्याम्पियनसिपको टिम छनोटमा तत्कालीन नेपालका प्रशिक्षक प्याट्रिक ओमणसेले बोलाएका थिए । तर उनी उत्कृष्ट २० खेलाडी भित्र पर्न सकेनन्।[७][८]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

पुरस्कार तथा सम्मानहरू[सम्पादन गर्नुहोस्]

  • सहिद स्मारक राष्ट्रिय लिग उत्कृष्ट स्ट्राइकर :२०७१
  • एन्फा कप उच्च गोलकर्ता :२०१४
  • झापा गोल्ड कप उच्च गोलकर्ता :२०७२

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Karna Limbu: Putting his best foot forward", The Week Bureau, my República, २८ फेब्रुअरी २०१४, अन्तिम पहुँच १३ अप्रिल २०१५ 
  2. "Karna Limbu Scores A Brace As Jhapa XI Beat FWFC To Move Atop -Goalnepal.com", Goalnepal.com, अन्तिम पहुँच ९ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण ११ अप्रिल २०१५ मिति
  3. Ram Gurung, "Analysis: Karna Limbu deserves place in National team squad", Nepali Football.com, अन्तिम पहुँच १३ अप्रिल २०१५ 
  4. "BREAKING NEWS: Jhapa XI Signs Karna Limbu, Bishal Rai A & Nine Other Players", GoalNepal.com, ८ जनवरी २०१५, अन्तिम पहुँच १३ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  5. "Nepal vs Yemen: Live Commentary", GoalNepal.com, २५ मार्च २०१४, अन्तिम पहुँच १३ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०१५ मिति
  6. "Nepal vs Philippines: Karna Limbu Excluded From The Team", GoalNepal.com, ८ अप्रिल २०१४, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १६ अक्टोबर २०१४ मिति
  7. "Breaking News: Four Player Axed From Nepal National Team", GoalNepal.com, १३ डिसेम्बर २०१५, अन्तिम पहुँच १३ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १६ डिसेम्बर २०१५ मिति
  8. "GoalNepal Vox Pop: Nepalese Fans React To Karna's Exclusion From National Team", GoalNepal.com, ६ मार्च २०१५, अन्तिम पहुँच १३ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २०१५ मिति