२०१९ नेपाल राष्ट्रिय फुटबल टिमको सिजन
![]() | |||
उपनाम(हरू) | गोर्खाली | ||
---|---|---|---|
प्रमुख प्रशिक्षक | ![]() | ||
कप्तान | विराज महर्जन | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (अल अमादि, कुवेत; २१ मार्च २०१९) | |||
ठूलो हार | |||
![]() ![]() (क्वालालम्पुर, मलेसिया; २ जुन २०१९) |
नेपाल राष्ट्रिय फुटबल टिमले २०१९ सालमा पहिलो खेल कुवेत राष्ट्रिय फुटबल टिम विरुद्ध खेलेको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले स्विडिस नागरिक जोहान कालीनलाई दुई वर्षको लागि राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकका लागि न्युक्ति गरेको थियो[१]।
नेपालले २०१९ को पहिलो मैत्रीपूर्ण खेल कुवेतसँग २१ मार्चमा खेलेको थियो । भने दोस्रो खेल पनि कुवेत विरुद्ध २५ मार्चमा खेलेको थियो । पहिलो खेल बराबरीमा खेलेको नेपाल दोस्रो खेलमा १-० ले पराजित भएको थियो ।
खेलहरू[सम्पादन गर्नुहोस्]
कुवेत विरूद्व नेपाल मार्च २०१९[सम्पादन गर्नुहोस्]
नेपालले कुवेत राष्ट्रिय फुटबल टिमसँग २०१९ मार्च २१ र २५ मा उसैको घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । नेपालको राष्ट्रिय टोली र यू–२३ टोलीको खेल एकै समय परेकाले नेपाली पप्रशिक्षक कालिनले केही नयाँ अनुहारका साथमा २३ सदस्यीय नेपाली टोलीको निर्माण गरेका थिए । राष्ट्रिय टोलीमा रहँदै आएका विमल घर्ती मगर, अनन्त तामाङ, अञ्जन विष्ट, सुनिल बल, दिनेश राजवंशी, तेज तामाङ तथा केही खेलाडीहरू यू-२३ टोलीकालागि छनोट भएकाले कुवेत विरुद्धको खेलमा सहभागीता जनाएका थिएनन्[२] ।
पहिलो खेल मार्च २१[सम्पादन गर्नुहोस्]
नेपाल राष्ट्रिय फुटबल टिमले २०१९ मार्च २१ मा कुवेत राष्ट्रिय फुटबल टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेलेको थियो । यस खेलका लागि नवनियुक्त नेपाली प्रशिक्षक कालिनले २३ सदस्यीय नेपाली टोली छनोट गरेका थिए । कुवेतको घरेलु मैदानमा भएको उक्त खेलमा गोलरक्षक किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनी नेपालले आफ्नो यस २०१९ सिजनको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो। खेल अवधिभर निकै आक्रामकमा रहेको कुवेती टोलिको एक दर्जन प्रहारलाई गोलरक्षक चेम्जोङले बिफल पारेका थिए। [३]
यस खेलको दोस्रो हाफको ६१ औँ मिनेटमा कुवेतले पेनाल्टी प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा कुवेतले जित दर्ताबाट बञ्चित भएको थियो। अजित भण्डारीले लामो पास क्लियर गर्ने क्रममा एयर बलमा खुट्टा प्रयोग गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर कुवेतका खेलाडीको प्रहार पोस्टभन्दा बाहिर गएको थियो। यस्तै खेलको ८४ औँ मिनेटमा कुवेतश्री गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाले गोल गर्ने सुन्दर मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन।
यस कुवेतविरुद्धको खेलमा प्रशिक्षक योहान कालीनले ५ नेपाली खेलाडीलाई डेब्यु दिएका थिए। उनले मिडफिल्डरद्वय रवि पासवान र सन्तोष तामाङ तथा डिफेन्डरद्वय सुरज वि.क. र अजित भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर प्रदान गरे। यस्तै अर्का विमल रानाले पनि डेब्यु गर्दै वैकल्पिकका रूपमा मैदान प्रवेश गरेका थिए[४]।
दोस्रो खेल मार्च २५[सम्पादन गर्नुहोस्]
![]() |
०–१ | ![]() |
---|---|---|
युसेफ नास्सार ![]() |
नेपालले कुवेतसँग आफ्नो दोस्रो मैत्रीपूर्ण खेल २५ मार्च २०१९ मा खेलेको थियो[५][६] । पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा भने १-० गोलअन्तरले पराजित हुन पुगेको थियो[७]। खेलको २९ हौं मिनेटमा कुवेतले खेलको निर्णायक गोल गरेको थियो। नेपाली डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त अवसरलाई कुवेतका खेलाडी युसुफ नासेरले सदुपयोग गर्दै कुवेतलाई अग्रता दिलाएका थिए[८]।
खेलअवधि भर कुवेतले अधिकांश समय नेपाल विरुद्ध आक्रमण गरेपनि गोलरक्षक किरण चेम्जोङ कुवेती खेलाडीहरूको बाधक बनिरहे। पहिलो खेलमा गोलरहित बराबरी नतिजा हात पार्दा उत्कृष्ट खेल प्रदर्शन गरेका किरणले दोस्रो खेलमा पनि आफ्नो लय कायम राखेका थिए।
जुन महिनाको मैत्रीपूर्ण खेल[सम्पादन गर्नुहोस्]
जुन २ मा मलेसियाविरुद्ध[सम्पादन गर्नुहोस्]
![]() |
०–२ | ![]() |
---|---|---|
![]() ![]() |
जुन २ मा मलेसियाको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको थियो[९][१०][११] । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा २ गोल थप्दै मलेसियाले सहज जित दर्ता गरेको थियो ।
डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अख्यर रसिदलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मलेसियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सफावीले गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए[१२] । नेपालका लागि ५८ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेका थिएनन् । पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा उनले सट प्रहार गर्न ढिला गर्दा डिफेन्डर सहरुल सादले उत्कृष्ट ट्याकल गरेका थिए । ७४ औँ मिनेटमा किरणले मलेसियाको अर्को आक्रमण विफल पारेका थिए । ८१ औँ मिनेटमा मलेसियाले अग्रता दोब्बर पारेको थियो । झन्डै २५ यार्ड टाढाको फ्रिकिकमा आएको क्रसलाई अनामार्क रहेका सहरुल सादले सहजै गोलमा परिणत गरे[१३] । त्यसपछि गोल हुन नसक्दा नेपाल २-० ले पराजित भएको थियो ।
खेलको ६४ औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै अभिषेक रिजालले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए[१४][१५] । प्रशिक्षक कालिनले नियमित खेलाडीलाई विस्थापित गर्दै ६० औँ मिनेटपछि लगातार खेलाडी परिवर्तन गरेका थिए ।
त्यसोत पहिलो हाफको सुरुवाती समयदेखि नै मलेसियाले नेपालमाथि दबाब बनाएको थियो । पहिलो मिनेटमा नै डरलाग्दो स्थानमा फ्रिकिक पाएको मलेसियाले त्यसको सदुपयोग गर्न सकेको थिएन । पाँचौ मिनेटमा मलेसियाका स्याज्वन जाइननको प्रहारले गोलरक्षक किरणलाई बिट गरेपनि पोस्टको पोलमा लाग्न पुग्यो । यस्तै खेलको २८ औँ मिनेटमा नेपालका विक्रम लामाको प्रहार पोस्टमा लागेको थियो । गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा विक्रमले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै पोस्टमा लाग्दा नेपालले अग्रता लिनबाट बन्चित हुनु परेको थियो । त्यसपछि मलेसियाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको दुई प्रहारलाई किरणले विफल तुल्याएका थिए[१६] । पहिलो हाफको खेलको एक मिनेट समय बाँकी हुँदा किरणले बचाउ गरेको प्रहार रिबाउन्ड हुँदा रञ्जितले गोललाइनबाट क्लियर गर्दै खतरा टारेका थिए[१७] ।
जुन ६ मा चाइनिज ताइपेइविरुद्ध[सम्पादन गर्नुहोस्]
![]() |
१–१ | ![]() |
---|---|---|
उ चुन चिङ ![]() |
अभिषेक रिजाल ![]() |
चाइनिज ताइपेइविरुद्ध नेपालले ०६ जुनमा मैत्रीपूर्ण खेल खेलेको थियो[१८] । उक्त अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा बरियतामा आफूभन्दा ३६ औँ स्थान माथिको चाईनिज ताईपेसँग बराबरी खेलेको थियो । नेपालले चाईनिज ताईपेसँग १-१ गोलको बराबरीमा खेलेको थियो[१९][२०] ।
फिफा बरियतामा १२५ औँ स्थानमा रहेको चाईनिज ताईपेविरुद्ध नेपालले सुरुवाती गोलको अग्रता उल्टाएर बराबरी खेलेको थियो । १६१ औँ स्थानमा रहेको नेपाल पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा दोस्रो हाफमा अभिषेक रिजालको गोलबाट खेलमा फर्किएको थियो[२१] ।

खेलको ३९ औँ मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए[२२] । तर, खेलको ६९ औँ मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेकले नेपालका लागि गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल रहेको थियो । पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका थिए । अभिषेकले जुन २ मा भएको मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए ।मुख्य प्रशिक्षक जोहान कालीन आएपछि नेपालले चौथो खेलपछि गोल गरेको थियो । यसअघिका तीन खेलमा नेपालले गोल गर्न सकेको थिएन[२३] । भने समग्रमा नेपालले आफ्नो छैठौं खेल पछि गोल गरेको थियो[२४] ।
विश्वकप छनोट चरण[सम्पादन गर्नुहोस्]
खेल विवरण[सम्पादन गर्नुहोस्]
मिति | विपक्ष | नतिजा | गोल स्तर* | स्थान | प्रतिस्पर्धा |
---|---|---|---|---|---|
२१ मार्च २०१९ | ![]() |
बराबर | ०-० | ![]() |
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल[२५] |
२५ मार्च २०१९ | ![]() |
हार | ०-१ | ![]() |
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल[२६] |
२ जुन २०१९ | ![]() |
हार | ०-२ | ![]() |
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल[२७] |
६ जुन २०१९ | ![]() |
बराबर | १-१ | ![]() |
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल[२८] |
खेलाडीहरू[सम्पादन गर्नुहोस्]
- २०१९ का लागि नेपाली राष्ट्रिय फुटबल टिमका फुटबल खेलाडीहरू[२९]
|
|
|
|
- नोट -:- माथिको समग्र २०१९ साल भर राष्ट्रिय टोलीमा समावेश खेलाडीहरूको सुची हो । नकि सबै खेलाडीहरू एकैपटक राष्ट्रिय टोलीमा परेका थिए ।
सम्पूर्ण खेल नतिजाहरू[सम्पादन गर्नुहोस्]
प्रतियोगिता | खेल | जित | हार | बराबर | हानेको गोल | खाएरको गोल | गोल औसत |
---|---|---|---|---|---|---|---|
मैत्रीपूर्ण खेल | ४ | ० | ३ | १ | १ | ४ | (-३) |
विश्वकप छनोट चरण | ० | ० | ० | ० | ० | ० | ० |
कुल | ३ | ० | ३ | १ | १ | ४ | (-३) |
गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]
सन् २०१९ का मा नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गर्ने खेलाडीहरू ।
- १ गोल
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ प्रशिक्षक कालीन २ वर्षका लागि अनुबन्धित (हाम्रो खेलकुद) आइतवार, फाल्गुन १२, २०७५
- ↑ ‘कुवेतविरुद्धको खेल लामो यात्राको सुरुवात’: प्रशिक्षक कालिन (हाम्रो खेलकुद डटकम) बुधबार, चैत्र ६, २०७५
- ↑ किरण चम्कँदा कुवेत बराबरीमा रोकियो (हाम्रो खेलकुद) बिहीबार, चैत्र ७, २०७५
- ↑ कुवेतविरुद्ध बराबरीमा ५ खेलाडीको डेब्यु (हाम्रो खेलकुद डटकम) शुक्रबार, चैत्र ८, २०७५
- ↑ (देश संसार) नेपाल र कुवेतबीच दोस्रो मैत्रिपुर्ण फुटबल आज, १० चैत २०७५
- ↑ (हाम्रो पात्रो) नेपाल र कुवेतबीच दोस्रो मैत्रिपुर्ण फुटबल आज, १० चैत २०७५
- ↑ कुवेत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजि, (नेपाल लाइभ) २o७५ चैत १२ मंगलबार
- ↑ कुवेतसँग नेपाल पराजित (हाम्रो खेलकुद) मंगलबार, चैत्र १२, २०७५
- ↑ "मलेसियाविरुद्ध नेपालको पहिलो ११ सार्वजनिक", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, जेठ १९, २०७६।
- ↑ "नेपाल मलेसियासँग पराजित", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, जेठ १९, २०७६।
- ↑ "मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासंग पराजित", खेलपाती, अन्तिम पहुँच आइतवार, जेठ १९, २०७६।
- ↑ "मलेसियालाई पेनाल्टीबाट अग्रता", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, जेठ १९, २०७६।
- ↑ "नेपाल मलेसियासंग २-० ले पछाडी", खेलपाती, अन्तिम पहुँच आइतवार, जेठ १९, २०७६।
- ↑ "अभिषेकको राष्ट्रिय टोलीबाट डेब्यु", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, जेठ १९, २०७६।
- ↑ "राष्ट्रिय टोलीमा अभिषेकको डेब्यु", खेलपाती, अन्तिम पहुँच आइतवार, जेठ १९, २०७६।
- ↑ "किरणको लगातार बचाउ, पहिलो हाफ बराबरी", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, जेठ १९, २०७६।
- ↑ "मलेसियाविरुद्ध नेपाल १-० ले पछि", खेलपाती, अन्तिम पहुँच आइतवार, जेठ १९, २०७६।
- ↑ "नेपाल विरूद्ध चाइनिज ताइपेइ (प्रत्यक्ष प्रसारण)", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६।
- ↑ "३६ स्थान माथिको चाईनिज ताईपेसंग नेपालको बराबरी", खेलपाती, अन्तिम पहुँच बिहीबार, २३ जेठ २०७६।
- ↑ "नेपाल र चाइनिज ताइपेइ बराबरीमा", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६।
- ↑ "अभिषेकको पहिलो गोलसँगै नेपाल बराबरीमा", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६।
- ↑ "नेपाल पहिलो हाफमा १–० ले पछाडि", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६।
- ↑ "‘प्रदर्शनबाट सन्तुष्ट छु’ – प्रशिक्षक कालीन", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६।
- ↑ "सातौँ खेलमा तोडियो गोलको खडेरी", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६।
- ↑ "Kuwait soccer team hold Nepal to goalless draw in home friendly", menafn.com, अन्तिम पहुँच ७ मे २०१९।
- ↑ "Nepal lose to Kuwait", The Himalayan Times, अन्तिम पहुँच ७ मे २०१९।
- ↑ "Malaysia FA Confirms Nepal Friendly On June 2", Goal Nepal, अन्तिम पहुँच ७ मे २०१९।
- ↑ "Nepal to play friendly against Chinese Taipei", República, अन्तिम पहुँच ७ मे २०१९।
- ↑ कुवेतविरुद्ध सुरुवाती ११ घोषणा, अजितको डेब्यु (हाम्रो खेलकुद) बिहीबार, चैत्र ७, २०७५