रवि पासवान
स्वरूप
|
नेपाल प्रहरी क्लबका लागि रवि पासवान | |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | रवि पासवान | ||
| खेल्ने स्थान(हरू) | मध्यपङ्ति | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल पुलिस क्लब | ||
| सङ्ख्या | १४ | ||
| युवा करियर | |||
| नवजन जागृती युवा क्लब | |||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| मनाङ मर्स्याङ्दी क्लब | |||
| नेपाल पुलिस क्लब | |||
| अन्तर्राष्ट्रिय करियर | |||
| २०१९- | नेपाल | १ | (०) |
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
रवि पासवान एक नेपाली फुटबल खेलाडी हुन्। उनको जन्म बारा जिल्लामा भएको थियो। उनी नेपाल राष्ट्रिय फुटबल टिम तथा नेपाल पुलिस क्लबका खेलाडी हुन्[१]। उनी मैदानमा मिडफिल्डरका रूपमा उत्रने गर्दछन्।
खेल जीवन
[सम्पादन गर्नुहोस्]बारा जिल्लाको करैयामाई गाउँपालिका स्थित उमजनका रवि पासावानले पहिलोपटक नेपालले २०१९ मार्च २१ मा खेलेको खेल मार्फत राष्ट्रिय टोलिमा स्थान बनाएका थिए। सिमराको नवजनजागृती युवा क्लब हुँदै नेपाली फुटबलमा उदाएका रवि मनाङ मर्स्याङ्दी क्लब पछि हाल नेपाल पुलिस क्लबमा आवद्ध छन्[२]।
राष्ट्रिय टिम
[सम्पादन गर्नुहोस्]रवि पासवानले २१ मार्च २०१९ मा भएको कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट डेब्युको अवसर पाएका हुन्। रवीले खेलको ६१ औँ मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै रवीले डेब्यु गर्ने मौका पाएका थिए[३]।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ फेमिलीले जित्यो तेस्रो उपाधि (नयाँ पत्रिका डटकम) २०७५ फाल्गुण १४
- ↑ बाराका रवि पासवान पहिलोपटक राष्ट्रिय टोलिमा, यस्तो छ नयाँ राष्ट्रिय फुटबल टोली (headlinekhabar24) ०२ चैत्र, २०७५ राती ०८:१७ बजे[स्थायी मृत कडी]
- ↑ कुवेतविरुद्ध बराबरीमा ५ खेलाडीको डेब्यु (हाम्रो खेलकुद डटकम) शुक्रबार, चैत्र ८, २०७५ अभिलेखिकरण २०१९-०३-२२ वेब्याक मेसिन