अञ्जन विष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अञ्जन बिष्ट
नेपाल राष्ट्रिय फुटबल टिमको प्रशिक्षणका क्रममा अञ्जन बिष्ट
व्यक्तिगत जानकारी
पुरा नाम अञ्जन बिष्ट
जन्म मिति (1998-05-15) १५ मे १९९८ (उमेर २५)[१]
जन्म स्थान हेटौँडा, नेपाल[२]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
मनाङ मर्स्याङ्दी क्लब
युवा करियर
२०११-२०१४ एन्फा एकेडेमी
२०१६– मार्बेला एफसी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१५-१६ एपीएफ क्लब (१)
२०१८– मनाङ मर्स्याङ्दी क्लब (१)
अन्तर्राष्ट्रिय करियर
2013–14 नेपाल यु-२७ (३)
2015– नेपाल यु-२० (३)
२०१६– नेपाल यु-२३ (२)
२०१४– नेपाल ३३ (२)
सम्मान
उप-विजेता साफ यु-१६ च्याम्पियनसिप २०१३
विजेता साफ यु-१८ च्याम्पियनसिप २०१५
विजेता बङ्गबन्धु गोल्डकप २०१६
सवर्ण पदक – पहिलो स्थान साग गेम २०१६
विजेता एएफसी सोलिडारिटी कप २०१६
एपीएफ क्लब का लागी
सवर्ण पदक – पहिलो स्थान सातौँ राष्ट्रिय खेलकुद २०७३
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अप्रिल २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० अक्टोबर २०१९

अञ्जन बिष्ट(जन्म:१५ मे १९९८) एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपालका राष्ट्रिय फुटबल खेलाडी समेत हुन् । ३१ अक्टोबर २०१४ देखि अञ्जन बिष्टले नेपाल राष्ट्रिय फुटबल टिमबाट खेल्न सुरु गरेका थिए[३][४] । अञ्जन विष्टले प्राय सबै किसिमका उमेर समुहमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् ।

अञ्जन विष्ट सुरूवाटमा मध्यपंत्तीबाट विपक्ष विरूद्ध फुटबल मैदानमा उत्रने गर्दथे भने हाल उनी अग्रपंक्तिबाट उत्रने गर्दछन् । बिष्टहाल नेपालकै चर्चित र सफल क्लब मनाङ मर्स्याङ्दी क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन् ।

अञ्जन बिष्टले २०१६ मा पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको पुरस्कार समेत जित्न सफल भएका थिए । अञ्जन बिष्ट नेपाली राष्ट्रिय फुटबल टिमका अर्का चर्चित फुटबल खेलाडी रञ्जन बिष्टको सहोदर भाइ समेत हुन् ।

अन्तर्राष्ट्रिय खेल जीवन[सम्पादन गर्नुहोस्]

अन्डर-१७ टिम[सम्पादन गर्नुहोस्]

अञ्जन विष्ट नेपाली जुनियर टिमका नियमित खेलाडी रहेका थिए । उनले सन् २०१३ मा नेपालमा भएको २०१३ साफ यू-१६ च्याम्पियनसिपमा बङ्गलादेश विरूद्वको खेलमा फ्रिकिक मार्फत गोल गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल बङ्गलादेश विरूद्ध ५-१ गोलअन्तरले विजयी हुन सफल भएको थियो[५]

सिनियर टिम[सम्पादन गर्नुहोस्]

अञ्जन बिष्टले ३१ अक्टोबर २०१४ का दिन नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले खेलको ६१ औँ मीनेटमा सन्दिप राईलाई विस्थापित गर्दै मैदान उत्रिएका थिए । बिष्टको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ०-३ गोल अन्तरले पराजित भएको थियो[३][४]

६ मार्च २०१५ मा भारत विरूद्ध नेपालमा भएको २०१८ फिफा विश्वकप छनोट चरणमा अञ्जनले नेपाली टिमको पहिलो रोजाइका रूपमा स्थान बनाउन सफल भएका थिए । यस्तै नेपालले बङ्गलादेशमा आयोजना भएको बङ्गबन्धु गोल्डकपको ऐतिहासिक उपाधि जित्दा अञ्जन विष्टको उत्कृष्ट प्रदर्शनीसँगै उल्लेखनीय योगदान समेत रहेको थियो[६]

क्लब जीवन[सम्पादन गर्नुहोस्]

मार्बेला युनाइटेड एफसी, स्पेनबाट अञ्जन बिष्टले २०१६ मास्च २८ का दिन निज्मेजन कम्बिनेट एकेडेमी अन्डर १९ टिमका विरूद्ध १ गोल गर्न सफल भएका थिए । उक्त खेलमा मार्बेला टिम १-० गोल अन्तरले विजयी भएको थियोे[७] । यस्तै उक्त क्लबबाट अञ्जनले विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शनी गरेका थिए [८]

मनाङ मर्स्याङ्दि क्लब[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय खेल विवरण[सम्पादन गर्नुहोस्]

अद्यावधिक ६ जुन २०१९[९]
नेपाल राष्ट्रिय टिम
वर्ष खेलहरू गोलहरू
२०१४
२०१५
२०१६
२०१७
२०१८
२०१९
जम्मा ३३

अन्तर्राष्ट्रिय गोलहरू[सम्पादन गर्नुहोस्]

अञ्जन विष्टले नेपालका लागि गरेका अन्तर्राष्ट्रिय गोलहरू[१०]

नेपाल यु-१६[सम्पादन गर्नुहोस्]

नेपाल यु-१९[सम्पादन गर्नुहोस्]

नेपाल यु-२३[सम्पादन गर्नुहोस्]

# मिति स्थान विपक्ष स्कोर नतिजा प्रतिस्पर्धा
१. ७ फेब्रुअरी २०१६ इन्दिरा गान्धी एथलेटिक्स रंगशाला, भारत  भुटान –० ५-० साग गेम २०१६
२. ७ फेब्रुअरी २०१६ इन्दिरा गान्धी एथलेटिक्स रंगशाला, भारत  माल्दिभ्स –० ४-३ साग गेम २०१६ - सेमिफाइनल

नेपाल राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

नम्बर. मिति स्थान विपक्ष गोल अवस्था अन्तिम नतिजा प्रतियोगिता
१. १० सेप्टेम्बर २०१९ टाइपेइ म्युनिसिपल रंगशाला, टाइपेइ, चाइनिज टाइपेइ  चिनियाँ ताइपेई –० २–० २०२२ फिफा छनोट - एएफसी दोस्रो चरण
२. –०

उपाधिहरू[सम्पादन गर्नुहोस्]

नेपाल यु-१६6[सम्पादन गर्नुहोस्]

  • साफ यु-१६ च्याम्पियनसिप उप-विजेता (१): २०१३

नेपाल यु-१९[सम्पादन गर्नुहोस्]

  • साफ यु-१८ च्याम्पियनसिप विजेता (१): २०१५

नेपाल यु-२३[सम्पादन गर्नुहोस्]

  • साग गेम (फुटबल
    • २०१६

नेपाल राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

एपीएफ क्लब
मनाङ मर्स्याङ्दी क्लब

व्यक्तिगत सम्मानहरू[सम्पादन गर्नुहोस्]

  • एनएसजीएफ स्पोर्ट्स अवार्ड २०१६ उत्कृष्ट युवा वर्ष खेलाडी[११][१२],
  • एपीएफ क्लब उत्कृष्ट वर्ष खेलाडी २०७३,

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. https://www.fifa.com/fifa-tournaments/players-coaches/people=389068/index.html
  2. "Prolific Nepal U17 Striker Anjan Karki Dreams To Play For Nepal National Team!", GoalNepal.com, १४ अक्टोबर २०१४, अन्तिम पहुँच ७ मार्च २०१५ 
  3. ३.० ३.१ "Friendly Nepal vs Philippines - Live Updates and Streaming Info", GiveMeGoal.com, मूलबाट १ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १ नोभेम्बर २०१४ मिति
  4. ४.० ४.१ "Nepal vs Philippines: Live Commentary", GoalNepal.com, ३१ अक्टोबर २०१४, अन्तिम पहुँच ३१ अक्टोबर २०१४ 
  5. Dinesh Thapa, "SAFF U-16 Championship: Nepal thrash Bangladesh to reach final", SportsKeeda, अन्तिम पहुँच ३१ अक्टोबर २०१४ 
  6. "Final squad for qualifer [sic] against India announced", ANFA, अन्तिम पहुँच ६ मार्च २०१५ 
  7. "Nepal International Anjan Bista Scores A Goal For Marbella United FC Against NEC Nijmegen", www.goalnepal.com, अन्तिम पहुँच २०१६-०३-२९ 
  8. "Archived copy", मूलबाट २०१६-१०-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०४-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०५ मिति
  9. https://www.national-football-teams.com/player/57603/Anjan_Bista.html
  10. "Bista, Anjan", National Football Teams, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१९ 
  11. "NSJF Sports Awards 2072", GoalNepal, अन्तिम पहुँच १ अगस्ट २०१६ 
  12. "Football dominates Sports Awards", अन्तिम पहुँच १ अगस्ट २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]