अरविन्द ठाकुर
Jump to navigation
Jump to search
अरविन्द ठाकुर प्रजातन्त्रका सेनानी हुनुहुन्छ। उहाँले साथी दुर्गानन्द झासँग मिलेर २०१८ माघ ९मा जनकपुरमा राजा महेन्द्रको गाडीमा बम आक्रमण गर्ने योजना बनाइएको थियो। ठाकुर विमानस्थलमा पक्राउ पर्नुभएको थियो। झालाई मृत्युदण्ड दिइयो। आजन्म कारावासको सजाय भोगिरहेका ठाकुर १६ वर्षछि अन्तरराष्ट्रिय दबावबाट २०३४ असोजमा रिहा हुनुभयो। उहाँलाई ललितपुर जिल्लाको नक्खु कारागारबाट मुक्त गरिएको थियो। पछि उहाँले नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा ६ वर्षकाम गरिसक्नु भएको छ। उहाँको पिताको नाम श्यामसुन्दर ठाकुर र माताको नाम सितादेवी हो।
उहाँको जन्म २००६ साल फागुनमा धनुषा जिल्लाको लोहना गाउँमा भएको थियो। उहाँ जनकपुरमा बस्नुहुन्छ।