अमिना जे मोहम्मद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमिना जे मोहम्मद
Amina J. Mohammed
संयुक्त राष्ट्र सङ्घकी पाँचौं उप महासचिव
पद बहाली
२८ फेब्रुअरी २०१७[१]
महासचिवएन्टोनियो गुटेरेस
पूर्वाधिकारीजन एलिसन
वातावरण मन्त्री
कार्यकाल
११ नोभेम्बर २०१५ – १५ डिसेम्बर २०१६
राष्ट्रपतिमुहम्मदु बुहारी
पूर्वाधिकारीलोरेन्सिया लराबा-मल्लम
उतराधिकारीइब्राहिम उस्मान जिब्रिल (राज्य मन्त्री)
व्यक्तिगत विवरण
जन्म (1961-06-27) २७ जुन १९६१ (उमेर ६२)
गोम्बे राज्य, नाइजेरिया
राजनीतिक दलअल प्रोग्रेसिभ काङ्ग्रेस

अमिना जे मोहम्मद (जन्म २७ जुन १९६१) संयुक्त राष्ट्र सङ्घकी पाँचौं उपमहासचिव तथा नाइजेरियाकी पूर्व वातावरण मन्त्री हुन् ।[२] अमिनाले सशक्त विकास लक्ष्य सहित दिगो विकासका लागि २०३० एजेन्डा अघि सार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

प्रारम्भिक जीवन र परिवार[सम्पादन गर्नुहोस्]

उत्तर पूर्वी नाइजेरियाको गोम्बे राज्यबाट अमिना जे मोहम्मद प्रतिनिधित्व गर्छिन् । उनको जन्म सन् १९६१ जुन २७ मा एक नाइजेरियाली पशु चिकित्सक र ब्रिटिश नर्सको घरमा भएको हो ।[३] उनको परिवारका पाँच छोरीहरूमध्ये उनी सबैभन्दा जेठी हुन् ।[४]

करियर[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र सङ्घको उप महासचिवको रूपमा आफ्नो पदीय भूमिका ग्रहण गर्नका लागि उनले सन् २०१७ फेब्रुअरी २४ का दिन नाइजेरियाली सङ्घीय कार्यकारी परिषदबाट राजिनामा दिइन् ।[५] सन् २०१५ नोभेम्बर देखि सन् २०१६ डिसेम्बरसम्म उनले नाइजेरियाको वातावरण मन्त्रीको रूपमा कार्य गरिन् । मन्त्रीको रूपमा उनले जलवायु परिवर्तन सम्बन्धि विभिन्न प्रयासलाई जारी राख्दै प्राकृतिक वातावरणको रक्षा र दिगो विकासका लागि संसाधनहरूलाई संरक्षण गर्न उल्लेखनीय कार्य गरिन् ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nigeria's Amina Mohammed swears in as Deputy Secretary-General of the United Nations", New China TV via YouTube, २०१७-०२-२८। 
  2. Oak TV, "Amina J. Mohammed resumes at the Federal Ministry of Environment as Minister", oak.tv, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ अप्रिल २०१९ मिति
  3. "Sustainable Development Solutions Network | Amina Mohammed", unsdsn.org, अन्तिम पहुँच ८ डिसेम्बर २०१६ 
  4. Mark Seddon (मे २६, २०१७), "'Why is she here?': the Nigerian herder’s daughter who became UN deputy chief", United Kingdom: The Guardian, अन्तिम पहुँच अक्टोबर १८, २०१७ 
  5. Oak Tv, "Amina J. Mohammed's emotional speech as she steps down as Nigeria's Environment Minister", oak.tv, Oak TV, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण १३ मे २०२० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]