आलेक्सान्द्रा कोलोन्ताइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आलेक्सान्द्रा कोलोन्ताइ

आलेक्सान्द्रा मिखाइलोभ्ना कोलोन्ताइ (Алекса́ндра Миха́йловна Коллонта́й) (१८७२-१९५२) - उनी १८९० के दशकदेखि सामाजिक-जनवादी भइन्। अन्तर्राष्ट्रिय समाजवादी महिला आन्दोलनमा सक्रिय भएकी उनी १९१४ अघि मेन्शेभिककी सदस्य थिइन्। १९१७मा कोलोन्ताइ पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भइन्।

रुसको अक्टोबर क्रान्तिपछिको सोभियत सरकारमा कोलोन्ताइलाई सामाजिक कल्याणको कमिसार (मन्त्री) बनाइयो। सोभियत इतिहासमा उनी पहिलो महिला मन्त्री हुन्। बुखारिनसँग 'लेफ्त कम्युनिष्ट' फ्याक्शनमा रहिन् र जर्मनीसँग भएको ब्रेस्त-लितोभ्स्क शान्ति सम्झौताको विरोध गरिन्। यसअघि तीनथरी विचार देखा परेको थियो। लेनिन यसमा तत्काल हास्ताक्षर गर्ने पक्षमा थिए, जर्मनीमा क्रान्ति हुने आसमा त्रोत्स्की सम्झौता टार्ने पक्षमा थिए र वर्कर्स अपोजिसन्का नेता जर्मनीविरुद्ध क्रान्तिकारी युद्धको पक्षमा थिए।

पछि, कोलोन्ताइलाई मेक्सिकोस्क्यान्डिनेभियाली मुलुकमा कूटनैतिक पदमा पठाइयो।