अरस्तु
अरस्तु | |
|---|---|
लिसिप्पसद्वारा बनाइएको अरस्तुको युनानी कांस्य मूर्ति (अन्दाजी ३३० ईसा पूर्व) को रोमन प्रतिलिपि (मार्बलमा) | |
| जन्म | ३८४ ईसा पूर्व स्टागिरा, खाल्किडियाली लिग |
| मृत्यु | ३२२ ईसा पूर्व (उमेर ६१–६२) खालकिस, युबिए, प्राचीन मेसोडोनियाली अधिराज्य |
| शिक्षा | प्लेटोको एकेडेमी |
उल्लेखनीय कार्य | |
| काल | प्राचीन युनानी दर्शन |
| क्षेत्र | पाश्चात्य दर्शन |
| विद्यालय | परिधिय विद्यालय |
| उल्लेखनीय शिष्यहरू | अलेक्जेन्डर महान, थिओफ्रेस्टस, अरिस्टोक्सोनस |
मुख्य रूचिहरू | |
उल्लेखनीय विचारहरू | अरस्तुवाद
सैद्धान्तिक दर्शन प्राकृतिक दर्शन |
अरस्तु (प्राचीन युनानी: Ἀριστοτέλης ३८४–३२२ ईसा पूर्व) एक प्राचीन युनानी दार्शनिक तथा महान विद्वान् थिए। उनका लेखहरूले प्राकृतिक विज्ञान, दर्शन, भाषाविज्ञान, अर्थशास्त्र, राजनीति, मनोविज्ञान र कला लगायतका विस्तृत विषयहरूलाई समेटेका छन्। एथेन्सको लाइसियममा परिधिय दर्शन विद्यालयको संस्थापकको रूपमा, उनले व्यापक रूपमा अरस्तुवादी परम्पराको सुरुवात गरेका थिए जसले आधुनिक विज्ञानको विकासको लागि आधार तयार गरेको थियो।
अरस्तुको जीवनको बारेमा थोरै मात्र जानकारी उपलब्ध छ। उनको जन्म शास्त्रीय कालमा उत्तरी युनानको स्टागिरा सहरमा भएको थियो। उनका बुबा, निकोमाकसको मृत्यु अरस्तु आफ्नो बाल्यकालमै छँदै भएको र उनलाई एक संरक्षकले हुर्काएका थिए। करिब १८ वर्षको उमेरमा, उनी एथेन्समा प्लेटोको एकेडेमीमा भर्ना भए र ३७ वर्षको उमेर (अन्दाजी ३४७ ईसा पूर्व) सम्म त्यहाँ बसेका थिए। प्लेटोको मृत्युको केही समयपछि, अरस्तुले एथेन्स छाडेर मेसोडनका फिलिप द्वितीयको अनुरोधमा ३४३ ईसा पूर्वदेखि उनका छोरा अलेक्जेन्डर महानलाई पढाउन थालेका थिए। उनले लाइसियममा एउटा पुस्तकालय स्थापना गरे जसले उनलाई प्यापिरस स्क्रोलहरूमा आफ्ना सयौँ पुस्तकहरू लेख्न मद्दत गरेको थियो। अरस्तुले प्रकाशनका लागि धेरै मात्र ग्रन्थहरू र संवादहरू लेखेका भएतापनि उनका मूल कार्यहरूको लगभग एक तिहाइ अंशहरू मात्र जीवित छन् जसमध्ये कुनै पनि प्रकाशनको उद्देश्यले लेखिएका थिएनन्। अरस्तुले आफूभन्दा अघि विद्यमान विभिन्न दर्शनहरूको एक जटिल संश्लेषण प्रदान गरेका थिए। उनका शिक्षा र अनुसन्धानका विधिहरूले विश्वभर महत्त्वपूर्ण प्रभाव पारेका छन् र आज पनि दार्शनिक चर्चाको विषय बनिरहेका छन्।
अरस्तुका विचारहरूले मध्ययुगीन विद्वानहरूमा गहिरो रूपमा प्रभाव पारेको थियो। उनको भौतिक विज्ञानको प्रभाव उत्तर-प्राचीन काल र प्रारम्भिक मध्य युगदेखि पुनर्जागरणसम्म फैलिएको प्रबुद्धता काल र शास्त्रीय मेकानिक्स जस्ता सिद्धान्तहरू विकास नभएसम्म यसलाई व्यवस्थित रूपमा विस्थापित गरिएको थिएन। उनले मध्य युगमा यहुदी-इस्लामी दर्शनहरूका साथै इसाई धर्मशास्त्रमा, विशेषगरी प्रारम्भिक चर्चको नव-प्लोवाद र क्याथोलिक चर्चको विद्वतावादी परम्परालाई प्रभाव पारेका थिए।
अरस्तुलाई मध्ययुगीन मुसलमान विद्वानहरूमाझ "प्रथम शिक्षक" का रूपमा र थोमस एक्विनास जस्ता मध्ययुगीन इसाईहरूमाझ "दार्शनिक" का रूपमा मात्र सम्मान गरिएको थियो, जबकि कवि दान्तेले उनलाई "जान्नेहरूको गुरु" भनेका थिए। उनलाई पहिलो वैज्ञानिकको रूपमा पनि चिनिन्छ। उनका कृतिहरूमा तर्कशास्त्रको सबैभन्दा पुरानो ज्ञात व्यवस्थित अध्ययन समावेश छ, जसलाई पिटर एबोलार्ड र जँ ब्युरिदाँ जस्ता मध्ययुगीन विद्वानहरूले अध्ययन गरेका थिए। तर्कशास्त्रमा उनको प्रभाव १९औँ शताब्दीसम्म जारी रहेको थियो। यसका साथै, उनको नीतिशास्त्र सधैँ प्रभावशाली रहेतापनि गुण नीतिशास्त्रको आधुनिक आगमनसँगै यो पुन: नयाँ चासोको विषय बनेको छ।
जीवन
[सम्पादन गर्नुहोस्]सामान्यतया अरस्तुको जीवनी राम्रोसँग स्थापित छैनन्। प्राचीन समयमा लेखिएका उनीसँग सम्बन्धित जीवनीहरू प्रायः अनुमानित छन् भने इतिहासकारहरू केही मुख्य बुँदाहरूमा मात्र सहमत छन्।[upper-alpha १] अरस्तुको जन्म ईसापूर्व ३८४ मा[upper-alpha २] स्टागिरा, खाल्किडियाली लिगमा भएको थियो,[१] जुन आधुनिक थेसालोनिकीबाट करिब ५५ किलोमिटर (३४ माइल) पूर्वमा पर्दछ।[२][३] उनी निकोमाकस का छोरा थिए जो मेसेडोनका राजा एमिन्टासका निजी चिकित्सक थिए।[४] र उनकी आमा फेस्टिस चाल्सिसको युबोआकी थिइन्।[५] निकोमाकस एस्क्लेपियाडेको चिकित्सा सङ्घका सदस्य भएको बताइन्छ र सम्भवतः अरस्तुको जीवविज्ञान र औषधि विज्ञानमा प्रारम्भिक रुचिको श्रेय उनलाई नै जान्छ।[६] प्राचीन परम्परा अनुसार अरस्तुको परिवार पौराणिक चिकित्सक एस्क्लेपियस र उनका छोरा माचाओनका सन्तान मानिन्थे।[७] अरस्तु सानै हुँदा उनका बुबा-आमा दुवैको मृत्यु भएको र प्रोक्सेनस उनका संरक्षक बनेका थिए।[८] अरस्तुको बाल्यकालको बारेमा थोरै जानकारी मात्र बाँकी भएतापनि उनले सम्भवतः केही समय मेसेडोनियाको राजधानीमा बिताएका थिए जहाँ उनले मेसेडोनियाली राजतन्त्रसँग आफ्नो पहिलो सम्बन्ध बनाएका थिए।[९]

सत्र वा अठार वर्षको उमेरमा अरस्तु आफ्नो शिक्षा जारी राख्न एथेन्स गएका र त्यहाँ उनी प्लेटोको एकेडेमीमा भर्ना भएका थिए।[१०] पछि अरस्तु एक विशिष्ट अन्वेषक र व्याख्याताको रूपमा प्रख्यात भए र उनका गुरु प्लेटोले उनलाई "विद्यालयको दिमाग" भन्ने उपनाम दिएका थिए।[११] एथेन्समा, उनले सम्भवतः इल्युसिनियन रहस्यको अनुभव गरे किनभने उनले त्यहाँ देखिने दृश्यहरूको वर्णन गर्दै लेखेका छन्, "अनुभव गर्नु नै सिक्नु हो" (παθεĩν μαθεĩν)।[१२] अरस्तु प्लेटोको मृत्युपछि ईसापूर्व ३४८/४७ मा एथेन्स छोड्नु अघि करिब बीस वर्षसम्म त्यहाँ रहेका तिए।[१३] उनको प्रस्थानको बारेमा परम्परागत कथाले वर्णन गसेअनुसार, प्लेटोका भतिजा स्प्युसिपसले एकेडेमीको नियन्त्रण लिएपछि उनी त्यहाँको दिशाबाट निराश थिए, यद्यपि एथेन्समा मासेडोनिया विरोधी भावनाले उनको निर्णयलाई प्रभाव पारेको हुन सक्छ भन्ने धारणा पनि रहेको छ।[१४][१५] अरस्तु जेनोक्रेट्ससँग आनातोलियाको आसोसमा गए जहाँ उनलाई उनका पूर्व सहपाठी हर्मियासले निम्तो दिएका थिए।
उनी त्यहाँ केही वर्ष बसे र हर्मियासको मृत्युको आसपासमा त्यहाँबाट बिदा भएका थिए।[upper-alpha ३] आसोसमा रहँदा, अरस्तु र उनका सहकर्मी थियोफ्रास्टसले वनस्पति विज्ञान र सामुद्रिक जीवविज्ञान मा व्यापक अनुसन्धान गरेका थिए जसलाई उनीहरूले पछि नजिकैको टापु लेसबोसमा जारी राखेका थिए।[१६] यस समयमा, अरस्तुले हर्मियासकी धर्मपुत्री तथा भतिजी पायथियाससँग विवाह गरेका थिए भने उनीहरूका एक छोरी थिइन् जसको नाम पनि पायथियास राखिएको थियो।[१७]

ईसापूर्व ३४३/४२ मा अरस्तुलाई मेसेडनका फिलिप द्वितीयले उनका १३ वर्षीय छोरा अलेक्जेन्डरको शिक्षक बन्न पेलामा निमन्त्रणा गरेका थिए।[१८] यो छनोट सम्भवतः अरस्तुको परिवारको मेसेडोनियाली राजवंशसँगको सम्बन्धले प्रभावित थियो।[१९] अरस्तुले अलेक्जेन्डरलाई पेला नजिकैको शाही सम्पत्ति, निम्फहरूको बगैँचामा रहेको मिजाको निजी विद्यालयमा पढाएका थिए।[२०] अलेक्जेन्डरको शिक्षामा सम्भवतः नीतिशास्त्र र राजनीति जस्ता धेरै विषयहरू समावेश थिए भने यसका साथै[२१] साथै युरिपिडिस र होमर जस्ता मानक साहित्यिक ग्रन्थहरू पनि थिए।[२२] यो अरस्तुको मासेडोनियाली दरबारमा बस्दा, टोलेमी र क्यासेन्डर जस्ता अन्य प्रमुख कुलीनहरूले पनि कहिलेकाहीँ उनका प्रवचनहरूमा भाग लिन्थे भन्ने सम्भावना रहन्छ।[२३] अरस्तुले अलेक्जेन्डरलाई पूर्वी विजयतर्फ प्रोत्साहित गरेका र पर्सा तर्फको उनको आफ्नै दृष्टिकोण कडा रूपमा नृवंशकेन्द्रित थियो। एक प्रसिद्ध उदाहरणमा, उनले अलेक्जेन्डरलाई "युनानीहरूका लागि नेता र बर्बरहरूका लागि तानाशाह" बन्न सल्लाह दिएका छन्।[२४] अरस्तुको संरक्षणमा अलेक्जेन्डरको शिक्षा सम्भवतः केही वर्ष मात्र रह्यो, किनकि लगभग १६ वर्षको उमेरमा उनी पेला फर्किएका र उनका पिता फिलिपद्वारा उनलाई (अलेक्जेन्डर) मेसेडोनको प्रतिनिधि नियुक्त गरिएको थियो।[२५] यस समयमा, अरस्तुले अलेक्जेन्डरलाई इलियड को एक टिप्पणी गरिएको प्रतिलिपि उपहार दिएका थिए, जुन अलेक्जेन्डरको सबैभन्दा बहुमूल्य सम्पत्ति मध्ये एक बनेको भनिन्छ।[२६] विद्वानहरूको अनुमान अनुसार, अरस्तुका अहिले हराइसकेका दुई कृतिहरू, अन किङसिप र अन बिहाफ अफ द कोलोनिज, उनले युवा राजकुमारका लागि रचना गरेका थिए।[२७] अरस्तु ईसापूर्व ३३६ मा फिलिप द्वितीयको हत्या भएको एक वर्षपछि दोस्रो र अन्तिम पटक एथेन्स फर्के।[२८]
एक मेट्रिक को रूपमा, अरस्तुले एथेन्समा सम्पत्ति राख्न पाउँदैनथे र त्यसैले उनले लाइसियम भनिने भवन भाडामा लिएका थिए (जसको नाम अपोलो 'लाइकियोस' को पवित्र उपवन को नाममा राखिएको थियो), जसमा उनले आफ्नै विद्यालयको स्थापना गरेका थिए।[२९] उक्त भवनमा एउटा जिम्नासियम र स्तम्भपथ (peripatos) समावेश थियो, जसबाट विद्यालयले परिधिय नाम प्राप्त गरेको थियो।[३०] अरस्तुले अघिल्ला बाह्र वर्षहरूसम्म विद्यालयमा पाठ्यक्रम र अनुसन्धान सञ्चालन गरेका थिए। उनले प्रायः विशिष्ट विद्यार्थीहरूको सानो समूहलाई व्याख्यान दिन्थे र तिनीहरूमध्ये केही, जस्तै थियोफ्रास्टस, युडेमस र एरिस्टोक्जेनससँग मिलेर अरस्तुले एक ठूलो पुस्तकालय निर्माण गरे जसमा पाण्डुलिपि, नक्सा र सङ्ग्रहालयका वस्तुहरू समावेश थिए।[३१] एथेन्समा रहँदा, उनकी पत्नी पायथियासको मृत्यु भएको र अरस्तु स्टागिराकी हर्पिलिससँग सम्बन्धमा रहेका थिए। उनीहरूको एउटा छोरा थियो जसको नाम अरस्तुले आफ्ना पिताको नाममा निकोमाकस राखेका थिए।[३२] एथेन्सको यो अवधि, ईसापूर्व ३३५ र ३२३ को बीचमा, अरस्तुले आफ्ना धेरै दार्शनिक कृतिहरू रचना गरेको मानिन्छ।[३३] उनले धेरै संवादहरू लेखे, जसमध्ये केही अंशहरू मात्र बाँकी छन्। बाँकी रहेका कृतिहरू निबन्धको रूपमा छन् र ती धेरैजसो व्यापक प्रकाशनका लागि लक्षित थिएनन्; तिनीहरू सामान्यतया उनका विद्यार्थीहरूका लागि व्याख्यान सहायता मानिन्छन्। उनका सबैभन्दा महत्त्वपूर्ण निबन्धहरूमा भौतिक, तत्त्वज्ञान, निकोमेकियन नीतिशास्त्र, राजनीति, आत्माको परिभाषा र काव्यशास्त्र समावेश छन्। अरस्तुले "तर्कशास्त्र, तत्वमीमांसा, गणित, भौतिकशास्त्र, जीवविज्ञान, वनस्पति विज्ञान, नीतिशास्त्र, राजनीति, कृषि, चिकित्सा, नृत्य र नाटक" मा महत्त्वपूर्ण योगदान दिएका थिए।[३४]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ हेर्नुहोस् Shields 2012, pp. 3–16। Blits 1999, p. 58 अरस्तुको जीवनको बारेमा धेरैजसो जानकारी डायोजिनिस लार्टियस को प्रसिद्ध दार्शनिकहरूको जीवन र विचारहरू बाट लिइएको हो, जसले फेरि पुराना र अहिले हराइसकेका स्रोतहरूबाट सामग्री सापट लिएको थियो। Düring 1957 ले अरस्तुका प्राचीन जीवनीहरूलाई समेटेको छ।
- ↑ यी मितिहरू (ओलम्पियाड वर्ष ३८४/३८३ ईसापूर्वको पहिलो आधा, र ३२२ मा डेमोस्थेनेसको मृत्यु हुनुभन्दा केही समय अघि) सही हुन् भन्ने कुरा अगस्ट बोएक (Kleine Schriften VI 195) द्वारा देखाइएको थियो; इन्गेमार ड्युरिङ, प्राचीन जीवनी परम्परामा अरस्तु, गोटेबोर्ग, १९५७, ढाँचा:P.
- ↑ Nussbaum & Osborne 2014, p. 73 ले हर्मियासको मृत्यु ईसापूर्व ३४५ मा भएको लेखेका छन्; Hazel 2013, p. 37 ले हर्मियासको मृत्यु ईसापूर्व ३४२ मा भएको भन्छन् जुन वर्ष अरस्तु मासेडोन फर्केका थिए, जबकि Nawotka 2009, p. 40 ले हर्मियास ईसापूर्व ३४१ मा पक्राउ परेको उल्लेख गरेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Anagnostopoulos 2013, p. 3; Shields 2012, p. 3; Blits 1999, p. 58; Aristotle (Greek philosopher)
- ↑ McLeisch 1999, p. 5; Hazel 2013, p. 36
- ↑ Aristoteles-Park in Stagira.
- ↑ Ogden 2024, p. 32; Anagnostopoulos 2013, p. 3; Shields 2012, p. 5; Nussbaum & Osborne 2014, p. 73; Hazel 2013, p. 36; Nawotka 2009, p. 40
- ↑ Anagnostopoulos 2013, pp. 4; Shields 2012, p. 5; Hazel 2013, pp. 36–37; Reeve & Miller 2015, p. 250
- ↑ Anagnostopoulos 2013, pp. 4–5; Shields 2012, p. 5; Nussbaum & Osborne 2014, p. 73; Lloyd, Brunschwig & Pellegrin 2000, p. 554
- ↑ Lloyd, Brunschwig & Pellegrin 2000, pp. 554–555; Hall 2018, p. 40
- ↑ Hall 2018, p. 14; Anagnostopoulos 2013, p. 4; Shields 2012, p. 5
- ↑ Anagnostopoulos 2013, p. 4; Hazel 2013, p. 37; Shields 2012, p. 5
- ↑ Nussbaum & Osborne 2014, p. 73; Blits 1999, p. 58
- ↑ Hazel 2013, पृष्ठ 37.
- ↑ Evans 2006, पृष्ठ 18.
- ↑ Nussbaum & Osborne 2014, p. 73; Hazel 2013, p. 37
- ↑ Nussbaum & Osborne 2014, पृष्ठ 73.
- ↑ Aristotle 1984, पृष्ठ. Introduction.
- ↑ Shields 2012, p. 6; Nussbaum & Osborne 2014, p. 73; Hazel 2013, p. 37
- ↑ Shields 2012, पृष्ठ 6.
- ↑ Wu 2022, p. 71; Worthington 2014b, pp. 69–70; Nussbaum & Osborne 2014, p. 73; Shields 2012, pp. 6–7; Nawotka 2009, p. 39; Green 1991, p. 54
- ↑ Ogden 2024, p. 32; Shields 2012, p. 5; Nawotka 2009, pp. 39–40; Lloyd, Brunschwig & Pellegrin 2000, p. 555
- ↑ Ogden 2024, p. 32; Worthington 2014a, p. 34; Shields 2012, p. 7; Nawotka 2009, p. 39
- ↑ Wu 2022, p. 71; Nawotka 2009, p. 40
- ↑ Hornblower 2002, p. 91; Hazel 2013, p. 37
- ↑ Worthington 2014a, pp. 34–35; Nawotka 2009, pp. 41–42; Green 1991, pp. 58–59
- ↑ Green 1991, pp. 58–59; Worthington 2014b, p. 96
- ↑ Worthington 2014b, p. 97; Hazel 2013, p. 37
- ↑ Ogden 2024, p. 32; Worthington 2014b, pp. 97, 186; Nawotka 2009, p. 40
- ↑ Ogden 2024, p. 32; Hazel 2013, p. 37 ले वैकल्पिक अनुवाद अन मोनार्की र कोलोनिस्ट्स प्रदान गर्दछ
- ↑ Shields 2012, पृष्ठ 7.
- ↑ Nussbaum & Osborne 2014, p. 73; Hazel 2013, p. 37; Shields 2012, p. 7
- ↑ Nussbaum & Osborne 2014, p. 73; Hazel 2013, p. 37
- ↑ Shields 2012, p. 7; Nussbaum & Osborne 2014, p. 73; Hazel 2013, p. 37
- ↑ Shields 2012, p. 7; Hazel 2013, p. 37
- ↑ Shields 2012, p. 7; Russell 1972
- ↑ Humphreys 2009.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]| Library resources about Aristotle |
| By Aristotle |
|---|
- अरस्तु फिलपेपर्समा
- 2553 अरस्तु इन्डियाना दर्शनशास्त्रीय तत्त्वविद्या परियोजनामा