आदित्य झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदित्य झा
Aditya Jha
आदित्य झा रायर्सन विश्वविद्यालय भाषण दिँदै
जन्मजनकपुर, नेपाल
राष्ट्रियताक्यानेडियन
मातृ शिक्षाप्रतिष्ठानएल.एल.डी. रायर्सन विश्वविद्यालय,
पुरस्कारक्यानेडियन अर्डर अफ मेरिट
वेबसाइटpoafoundation.com

आदित्य झा नेपाली मैथिली मूलका क्यानेडेली समाजसेवी तथा व्यापारी हुन् ।[१] उनको जन्म जनकपुर, नेपालमा मैथिली ब्राह्मण परिवारमा भएको हो ।

व्यापारिक र करियर[सम्पादन गर्नुहोस्]

सन् १९९४ मा उनले बेल क्यानडा कम्पनीमा काम गरेका थिए । पछि उक्त कम्पनीको जेनेरल म्यानेजर बनेपछि इसोपिया इन्क्ल्युसिभ नामक कम्पनी खोले । उक्त कम्पनीलाई सन माइक्रोसिस्टम्सले १०० मिलियन डलरमा खरिद गरेको थियो । त्यसपछि उनले अर्को सफ्टवेर कम्पनी ओनेलस इन्क्ल्युसिभ खोले । क्यानडाको एक सर्वाधिक पुरानो क्यान्डी कम्पनी खरिद गरे । सो कम्पनीको नाम कर्मा नामाङ्करण गरे ।

समाजसेवा[सम्पादन गर्नुहोस्]

उनले नेपालमा प्रति बच्चा ल्यापटप अभियान चलाएका थिए । नेपालका विभिन्न विद्यालय एवम् नेपाल लाइब्रेरी फाउन्डेसनमा समेत सहयोग पुर्‍याएका थिए ।[२]

सम्मान र कीर्ति[सम्पादन गर्नुहोस्]

सन् २०१२, डिसेम्बर ३० तारिखका दिन, आदित्य झालाई क्यानडाका गभर्नर जनरल डेभिड जोन्स्टनद्वारा क्यानडाको सर्वोच्च नागरिक मानपद्वी क्यानेडियन अर्डर अफ मेरिट प्रदान गरिएको थियो ।[३]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]