अनुष्का श्रेष्ठ
अनुष्का श्रेष्ठ | |
|---|---|
| जन्म | १८ जनवरी १९९६ काठमाडौँ, नेपाल |
| शिक्षा | वाणिज्य स्नातक (लेखा) |
| पेशा |
|
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| पुरस्कार | मिस वर्ल्ड नेपाल २०१९ |
अनुष्का श्रेष्ठ (अङ्ग्रेजी: Anushka Shrestha) नेपालकी संसद सदस्य, नेपाली राजनीतिज्ञ, उद्यमी, र मिस नेपाल २०१९ जितेकी सौन्दर्य प्रतियोगिताकी उपाधि विजेता हुन्। उनी गुण्डपाक र पुस्तकारी जस्ता नेपाली मिठाईका रेसिपीहरूको प्रवर्द्धन, संरक्षण र नवीनता ल्याउने लक्ष्य राखेको नेपाली मिठाई ब्रान्ड, माक्कुसे (Makkuse) संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन्।[१]
प्रारम्भिक जीवन तथा शिक्षा
[सम्पादन गर्नुहोस्]श्रेष्ठको जन्म नेपालको काठमाडौँमा भएको थियो। उनले त्रियोग हाई स्कूलबाट एसएलसी र एस उच्च माध्यमिक विद्यालयबाट +२ पास गरेकी थिइन्। उनले अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालय (ACU) [२] बाट वाणिज्यमा स्नातक डिग्री हासिल गरेकी छिन् जहाँ उनले शैक्षिक उत्कृष्टताकोलागि कार्यकारी डीनको प्रशंसा प्राप्त गरिन् र आफ्नो स्नातक कक्षाको भ्यालेडिक्टोरियन थिइन्।
व्यावसायिक जीवन
[सम्पादन गर्नुहोस्]अस्ट्रेलियन क्याथोलिक विश्वविद्यालयमा वाणिज्य स्नातक (लेखा) अध्ययनका क्रममा श्रेष्ठले मार्च देखि जुन २०१६ सम्म भ्याटिकन सिटीको होली सीको अर्थतन्त्र सचिवालयमा इन्टर्नसिप गरिन्, जहाँ उनले KPMG र PWC सँगै वित्तीय सुधार कार्यमा भाग लिइन् [३]। स्नातक गरेपछि उनले ACU मा अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार सहायक र पछि वित्त अधिकृतका पदहरूमा कार्य गरिन्। उनले जुन २०१८ देखि मार्च २०१९ सम्म अस्ट्रेलियाको कमनवेल्थ बैंकमा अडिट प्रशासकको पदमा पनि काम गरेकी थिइन्।[४]
नेपाल फर्केपछि उनले सन् २०२० देखि जनवरी २०२६ सम्म आफ्नै मातृ संस्थाको क्षेत्रीय प्रबन्धकका रूपमा काम गरिन्। यस पदमा रहँदा उनले अस्ट्रेलिया र नेपालबीचको शैक्षिक सम्बन्ध सुदृढ गर्न नेपाली अस्पतालहरूमा अस्ट्रेलियाली नर्सिङ विद्यार्थीहरूका लागि अध्ययन भ्रमण जस्तै पायलट कार्यक्रमहरू सञ्चालन गरिन् ।[५]
सन् २०२० मा श्रेष्ठले माक्कुसेको सह-स्थापना गरिन् — एक नेपाली परम्परागत मिठाई ब्राण्ड जुन गुण्ड्पाक र पुस्ताकारी लगायत परम्परागत नेपाली मिठाइहरूलाई पुनर्जीवित गर्न र विश्व बजारमा प्रामाणिक नेपाली स्वादलाई स्थापित गर्ने उद्देश्यले समर्पित छ।[६]
सौन्दर्य प्रतियोगिता
[सम्पादन गर्नुहोस्]मिस नेपाल ओशिनिया २०१८
[सम्पादन गर्नुहोस्]सन् २०१८ मा श्रेष्ठले अस्ट्रेलियामा आयोजित मिस नेपाल ओशिनिया २०१८ मा प्रतिस्पर्धा गरी विजयी भइन्। [७]
मिस नेपाल २०१९
[सम्पादन गर्नुहोस्]श्रेष्ठले ९ मे २०१९ मा किर्तिपुरको ल्याबोरेटरी हाइ स्कूल परिसरमा मिस नेपाल २०१९ जितिन्। उनले मिस इन्टेलेक्चुअल र मिस फासिनो पुरस्कार पनि जितिन्। [८]
मिस वर्ल्ड २०१९
[सम्पादन गर्नुहोस्]मिस वर्ल्ड नेपाल २०१९ को उपाधि प्रदान गरिएपछि उनले १४ डिसेम्बर २०१९ मा युनाइटेड किंगडमको लन्डनस्थित एक्ससेल लन्डनमा आयोजित मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै शीर्ष १२ मा प्रवेश गरिन्।[२] उनले ब्युटी विद अ पर्पज र मल्टिमिडिया पुरस्कारका साथै हेड-टु-हेड च्यालेन्ज उपशीर्षक पनि जितिन्। [९]
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]श्रेष्ठले नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्धता जनाइन्।[१०]
५ मार्च २०२६ मा आयोजित सन् २०२६ को नेपाल आमनिर्वाचनमा श्रेष्ठ समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत आदिवासी जनजाति महिला समूहको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्। [१०]उनका संसदीय प्राथमिकता क्षेत्रहरूमा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्द्धन, सार्थक आदिवासी प्रतिनिधित्व, महिला अधिकार तथा सशक्तीकरण र शिक्षा समावेश छन्। [११]
सम्मान तथा पुरस्कार
[सम्पादन गर्नुहोस्]
मिस नेपाल ओशिनिया २०१८ [१२]- मिस इन्टेलेक्चुअल — मिस नेपाल २०१९ [१२]
- मिस फासिनो — मिस नेपाल २०१९ [१२]
- मिस वर्ल्ड नेपाल २०१९ [१२]
- ब्युटी विद अ पर्पज पुरस्कार — मिस वर्ल्ड २०१९ [९]
- मल्टिमिडिया पुरस्कार — मिस वर्ल्ड २०१९ [९]
- हेड-टु-हेड च्यालेन्ज विजेता — मिस वर्ल्ड २०१९ [१३]
- दक्षिण एसियाका शीर्ष १० महिला उद्यमी, तेस्रो स्थान — द इनक्याप म्यागजिन, २०२२ [१४][१५]
- उदीयमान महिला उद्यमी पुरस्कार, बागमती प्रदेश — स्ट्यान्डर्ड चार्टर्ड न्युबिज बिजनेस वुमेन समिट तथा पुरस्कार, २०२३ [१६]
- सक्षम नारी सम्मान — २०२३ [१७]
- ग्लोकल स्किल हिरो पुरस्कार — उद्यमिता श्रेणी, २०२६ [१८]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Makkuse: The Miss Nepal's startup can make Nepal's identity more delicious - OnlineKhabar English News" (en-GBमा), २०२१-०७-३०, अन्तिम पहुँच २०२६-०५-०५।
- 1 2 Pokhrel, Nishant (२०१९-०५-१०), "Anushka crowned MISS NEPAL WORLD 2019", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "मिस नेपाल अनुष्का श्रेष्ठ : उद्यमी हुँदै संसद्सम्म", Ekantipur (नेपालीमा), अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "Who is Miss Nepal 2019 Anushka Shrestha?", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "ACU training saving eyesight in Nepal", www.acu.edu.au (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "Makkuse: A local luxury brand with authentic Nepali taste", d2l6fjvu7g4rze.cloudfront.net (Englishमा), २०२४-०८-०८, अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "XCELTRIP Mr/Miss/Mrs Nepal Oceania 2018", UNAE (en-AUमा), अन्तिम पहुँच २०२६-०५-०५। अभिलेखिकरण २०१९-०५-१० वेब्याक मेसिन
- ↑ "अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता(फोटो फिचरसहित)", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०५-०५।
- 1 2 3 Adhikari, Priyanka (२०१९-१२-१४), "Miss Nepal Anushka Shrestha wins "Beauty With A Purpose" title", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-०५।
- 1 2 "Who will represent the Rastriya Swatantra Party in proportional seats-and how are they chosen?", Nepal News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "3 celebrities set to appear in Parliament: Balen, Rima and Anushka - OnlineKhabar English News" (en-GBमा), २०२६-०३-१६, अन्तिम पहुँच २०२६-०५-०५।
- 1 2 3 4 Pokhrel, Nishant (२०१९-०५-१०), "Anushka crowned MISS NEPAL WORLD 2019", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "Anushka makes it to top 12 and wins two major awards in Miss world 2019", d2l6fjvu7g4rze.cloudfront.net (Englishमा), २०२४-०८-०८, अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "Former Miss Nepal Anushka Shrestha listed among Top 10 Women Entrepreneurs in South Asia", myrepublica.nagariknetwork.com (Englishमा), २०२४-०८-०८, अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "Top 10 Women Entrepreneurs in South Asia of 2022 - The InCAP", The InCAP (en-USमा), २०२२-०८-०६, अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "13 women entrepreneurs honoured at ‘Standard Chartered NewBiz Women Summit & Awards 2023’", 13 women entrepreneurs honoured at ‘Standard Chartered NewBiz Women Summit & Awards 2023’, अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ "NRM Executive Director Gyawali among nine women felicitated with Saksham Nari Samman 2079 BS", www.myrepublica.nagariknetwork.com (Englishमा), २०२४-०८-०८, अन्तिम पहुँच २०२६-०५-०५।
- ↑ Online, T. H. T. (२०२६-०१-२१), "Five veterans receive Skill Hero Award at Skill Week 2026", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-०५।