अनुष्का श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनुष्का श्रेष्ठ
मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठ
जन्मअनुष्का श्रेष्ठ
सन् १९९६ मे १४
काठमाडौँ
शिक्षाव्यवस्थापन संकायमा स्नातक
उचाइ५.४ फिट
उपाधिमिस नेपाल २०१९
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गकालो
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल

अनुष्का श्रेष्ठ (अङ्ग्रेजी: Anushka Shrestha) नेपालको सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१९ कि विजेता हुन्।[१][२][३][४][५] साथै उनी मिस नेपाल ओसिनिया २०१८ को उपाधि विजेता समेत हुन्।[६]

प्रारम्भिक जीवन तथा शिक्षा[सम्पादन गर्नुहोस्]

अनुष्का श्रेष्ठको जन्म काठमाडौँ सहरमा भएको थियो भने उनको बाल्यकाल काठमाडौँ सहरमा नै बितेको थियो। उनले आफ्नो विद्यालय तहको शिक्षा तथा +२ तहको शिक्षा काठमाडौँमा नै पूरा गरेकट्ठ थिइन् । त्यसपछि भने उनी बाँकी अध्ययनका लागि अस्ट्रेलिया गएकटी थिइन् । उनले अस्ट्रेलियाको सिड्नीमा स्नातक पूरा गरेकी थिइन् । उनले व्यवस्थापन संकायमा स्नातक गरेकी थिइन्।[७]

कला क्षेत्र[सम्पादन गर्नुहोस्]

अनुष्का श्रेष्ठ मिस नेपाल प्रतियोगितामा सहभागीता जनाउनु पुर्व अस्ट्रेलियाको एक बैङ्कको कर्मचारीका रूपमा काम गर्ने गर्दथिन् । उनी मिस नेपाल २०१९का लागि भनेर अस्ट्रेलियादेखि बैङ्क कर्मचारीको जागिर छाडेर नेपाल आएकी थिइन् । उनले नेपाल लगायत अस्ट्रेलियामा मिस नेपाल २०१९ सहित अन्य सौन्दर्य प्रतियोगिताहरू जितेकी थिइन्।[८] । अनुष्का श्रेष्ठ हालै लन्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा छानिन सफल भएकी थिइन्। उत्कृष्ट १२ मा पर्न सफल श्रेष्ठले 'ब्यूटी विथ अ पर्पस' शीर्षकमा पुरस्कार तथा 'हेड टु हेड विन' र 'मल्टिमिडिया च्याम्पियन' पुरस्कार पनि हात पार्न सफल भएकी थिइन्।[९]

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • द काठमाडौँ पोष्ट मिस,
  • इन्टेलेक्चुअल तथा यामाहा मिस फ्यासिनो,
  • अस्ट्रेलिया मिस नेपाल ओसिनीया २०१८,
  • नेपालमिस नेपाल २०१९ को मिस वर्ड नेपाल २०१९,
  • नेपालमिस नेपाल २०१९ को यमाहा मिस फेसिनो
  • 'ब्यूटी विथ अ पर्पस' - मिस वर्ल्ड २०१९, लन्डन
  • 'मल्टिमिडिया च्याम्पियन' - मिस वर्ल्ड २०१९, लन्डन
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल
२०१९
पछिल्लो
घोषणा हुन बाँकी

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता(फोटो फिचरसहित)", Online Khabar, अन्तिम पहुँच १० मे २०१९ 
  2. Neupane, Aditya, "Anushka Shrestha crowned Miss Nepal 2019", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० मे २०१९ 
  3. "अनुष्का श्रेष्ठले पहिरिन ‘मिस नेपाल २०१९’को ताज", Naya Patrika (npमा), अन्तिम पहुँच १० मे २०१९ 
  4. "अनुष्का श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल वर्ल्ड", RatoPati (Nepaliमा), अन्तिम पहुँच १० मे २०१९ 
  5. Setopati, सेतोपाटी संवाददाता ::, "अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’(तस्बिरहरू)", Setopati, अन्तिम पहुँच १० मे २०१९ 
  6. "XCELTRIP Mr/Miss/Mrs Nepal Oceania 2018", UNAE (en-AUमा), अन्तिम पहुँच १० मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण १० मे २०१९ मिति
  7. "Anushka Shrestha Full Biography, Age, Height, Boyfriend, Education", biofamous.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ मे २०१९ 
  8. "Anushka Shrestha Miss Nepal 2019 Biography age Height", biofamous.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० मे २०१९ 
  9. "अनुष्का श्रेष्ठ: मिस वर्ल्ड २०१९ मा दुई पुरस्कार जित्न सफल नेपाल सुन्दरीलाई प्रशंसाको ओइरो", bbc.com (नेपालीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०१९ 

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]