उपभोक्ता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सामान्य अर्थमा उपभोक्ता भन्नाले बस्तु वा सेवाको उपभोग गर्ने ब्यक्ती लाई बुझिन्छ । अर्को शब्दमा भन्ने हो भने उपभोक्ता त्यो व्यक्ति वा संगठन हो, जसले प्रयोगका लागि बस्तु वा सेवा लिन्छ ,त्यसको सट्टामा केहि पैसा दिन्छ अर्थात कुनै पनि उपभोग्य बस्तु वा सेवा प्रयोग गर्ने व्यक्ति वा सस्थालाई उपभोक्ता भनिन्छ ।

परिचय[सम्पादन गर्ने]

बिश्व भरिका आम मानिस कुनै न कुनै रुपमा बस्तु र सेवाको उपभोग गरिरहेका हुन्छन् । सर्वसाधारण देखि सरकार, ठुला-साना सवै व्यापारी/व्यवसायी, प्रत्येक व्यक्ति र संस्थाहरू बस्तु र सेवा प्रयोग गर्ने समय र परिस्थिती अनुसार उपभोक्ताको तहमा पर्दछन् । साधारणतया बस्तु र सेवा उपभोगकर्तालाई नै बास्तविक रुपमा उपभोक्ता भन्ने गरिन्छ । 

उपभोक्ताको परिभाषा सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २ (क) मा “कुनै उपभोग्य बस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्थालाई सम्झनु पर्छ ” भनी परिभाषा गरिएको छ ।

उपभोक्तावाद संग संम्बन्धीत आधारभुत सिद्धान्तहरु
  • क) मालसामान खरिद गर्दा क्रेता नै सजग हुनुपर्ने सिद्धान्त
  • ख) उत्पादक विक्रेता जिम्मेवार हुनुपर्ने सिद्धान्त
  • ग) उपभोक्ताको सार्वभौमसत्ताको सिद्धान्त
  • घ) सम्मानको सिद्धान्त
उपभोक्ताका आधारभुत अधिकारहरु

संयुक्त राष्टसंघले अप्रिल ९, १९८५ मा UN Guidelines For Consumer Protection जारी गरेको छ । उक्त प्रस्तावमा उपभोक्ताका लागी देहाय अधिकारहरुलाई मान्यता प्रदान गरेको छ ।

  • क) सुरक्षाको अधिकार
  • ख) आधारभुत आवश्यकताको अधिकार
  • ग) छनौटको अधिकार
  • घ) सुचनाको अधिकार
  • ङ) प्रतिनिधित्वको अधिकार
  • च) उपचारको अधिकार
  • छ) उपभोक्ता शिक्षाको अधिकार
  • ज) स्वच्छ वातावरणको अधिकार

नेपालमा पौराणिक कालदेखी उपभोक्ता हित सम्वन्धि नियम कानुनहरु विद्यमान रहेका पाईन्छन् । विभिन्न धार्मिक ग्रन्थहरू जस्तै मनुस्मृति, याज्ञबल्क्यस्मृति, मुन्धुम तथा अन्य धार्मिक ग्रन्थको आधारमा अपराधी लाई दण्ड दिने ब्यवस्था थियो l लिच्छवी कालमा तौल र गुण ठग्ने व्यापारीलाई कारवाही गरीने चलन रहेको कुरा ईतिहासमा पाईन्छ । राजा जयस्थिती मल्लले नाप तौल, ढक तराजु, तथा जग्गा नाप्ने व्यवस्था र खाने कुरामा मिसावट गर्न नपाईने व्यवस्था गराएका थिए । त्यस्तै गोरखाका राजा राम शाहले माना पाथी धार्नी बिसौली प्रचलनमा ल्याई नापतौलमा घटी बढी गर्नेलाई सजाय दिने गरेको देखिन्छ । वि.स. १९१० को मुलुकी ऐनमा सरकारी छाप लागेका माना पाथी मात्र प्रयोग गर्न पाउने, झुट्ठालाई सही हो भनी कपट मिसाई वेच्नेलाई र नापतौलमा घटी बढी गर्नेलाई सजायको सामान्य व्यवस्था गरीएको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]