उपयोगिता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उपयोगिता अर्थशास्त्रको एक विशिष्ट शब्द हो ।[१] यस अवधारणाको विकास गर्नमा फ्रेन्च अर्थशास्त्री जेभन्सको ठूलो योगदान छ । कुनै वस्तुको उपभोग गरिसकेपछि सन्तुष्टि प्राप्त हुन्छ तर उपभोग नगर्दै त्यसमा उपयोगिता रहेको हुन्छ । त्यसैले यो वस्तुको सन्तुष्टि दिने गुण हो । बोलचालको भाषामा हामीले लाभदायकलाई उपयोगी भन्छौं हानिकारक लाई उपयोगी भन्दैनौं तर अर्थशास्त्र हरेक त्यस वस्तुमा उपयोगिता भएको मानिन्छ जसको माग हुन्छ । उदाहरणका लागि चुरोट स्वास्थ्यका लागि हानिकारक छ र फलफूल लाभदायक । तर अर्थशास्त्रमा दुवैमा उपयोगिता भएको भनिन्छ । त्यसै गुणले गर्दा बजारमा दुवै वस्तुको माग हुन्छ । त्यसैले उपयोगितामा निम्न लिखित गुण हुन्छन्

  • १. हानिकारक र लाभदायक दुवैमा उपयोगिता हुन्छ ।
  • २. उपयोगिता उपभोग गर्नेको व्यक्तिगत गुण हो ।
  • ३. उपभोग नगर्दै उपयोगिता हुन्छ र उपभोग गरिसकेपछि त्यो सन्तुष्टिमा रुपान्तरण हुन्छ ।

उपयोगिता तीन प्रकारका हुन्छन्

कुल, औसत र सीमान्त उपयोगिता[सम्पादन गर्ने]

मानौं, कुनै उपभोक्ताले पहिलो रोटीबाट १००, दोस्रो बाट ८० र तेस्रोबाट ६० एकाईको सन्तुष्टि प्राप्त गर्छ । भने पहिलो रोटीको सीमान्त उपयोगिता १००, दोस्रोको ८० र तेस्रोको ६० भनिन्छ ।
अब कुल उपयोगिता पहिलोबाट १००, दुइवटाबाट १८० र तीनवटाबाट २४० हुन्छ ।
औसत उपयोगिता यस प्रकार प्राप्त गरिन्छ । पहिलोबाट १०० हुन्छ । दुइवटाको कुल उपयोगिता १८० भएकोले औसत उपयोगिता ९० हुन्छ । र तीनवटाको कुल उपयोगिता २४० भएकोले औसत ८० उपयोगिता प्राप्त हुन्छ ।

परिवर्तनको दर[सम्पादन गर्ने]

सीमान्त उपयोगिता माग सिद्धान्तको एक महत्त्वपूर्ण अवधारणा हो । यसलाई रेखाचित्र तथा गणितीय विधिबाट समेत स्पष्ट गर्ने प्रचलनमा वृद्धि भएको छ । सुरुमा केवल अन्तिम एकाईबाट प्राप्त सन्तुष्टिलाई सीमान्त उपयोगिता भनिन्थ्यो । अवधारणा विकसित हुंदै गई प्रत्येक थप एकाईबाट प्राप्त सन्तुष्टिलाई सीमान्त उपयोगिता भन्न थालिएको छ । अचेल यसलाई कुल उपयोगितामा परिवर्तनको दरको रुपमा परिभाषित गर्न प्रचलन भएकोले यसलाई अवकलज (डेरिवेटिभ) को रुपमा प्रस्तुत गर्न थालिएको छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. ज्ञवाली, बाबु राम, वि.सं.२०५१, अर्थशास्त्र तथ्यांक तथा गणित, कोसेली प्रकाशन काठमाडौं ।