एक्स-रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
X-ray
मानव फोक्सोको एक्सरे इमेज (चित्र)

एक्स-रे, अथवा एक्स-विकिरण, उच्च शक्ति (उर्जा) भएको विद्युतचुम्बकीय विकिरण हो। यसको वेभलेन्थ १० पिकोमिटर देखि १० नानोमिटरको आसपासमा हुन्छ र फ्रिक्वेन्सी ३० पेटाहर्ज देखि ३० जेटाहर्ज र शक्ति १२४ इलेक्ट्रोनभोल्ट देखि १२४ किलो इलेक्ट्रोनभोल्टको हाराहारीमा हुन्छ। एक्स-रेको वेभलेन्थ परावैजनी किरणको भन्दा लामो र "गामा-रे"को भन्दा छोटो हुन्छ। कयौं देशमा एक्स-रे लाई यसको खोजकर्ता जर्मन बैज्ञानिक विलियम रोन्टजेनको नामबाट रोन्टजेन विकिरणको नामले समेत जानिन्छ। यसको खोज उनले १८९५ नोभेम्बर ८ मा गरेका थिए। [१] उनले अज्ञात किसिमको विकिरणलाई चिनाउन यसको नाम "एक्स-रे" राखेका थिए।[२] यो उपलब्धिबाट उनले १९०१ को पहिलो भौतिकशास्त्र तर्फको नोबल पुरस्कार पाएका थिए।[२] उनको सम्मानमा एटोमिक नम्बर १११ भएको तत्त्वलाई टेन्टजेनियम राखिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "X-Rays", Science Mission Directorate, NASA 
  2. २.० २.१ Novelline, Robert (1997). Squire's Fundamentals of Radiology. Harvard University Press. 5th edition. आइएसबिएन ०-६७४-८३३३९-२. उद्दरण त्रुटी: Invalid <ref> tag; name "squires" defined multiple times with different content