सामग्रीमा जानुहोस्

एडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एडेल
Adele
एडेल क्यामरातर्फ हेर्दै मुस्कुराइरहेकी
सन् २०१६ मा एडेल
जन्मएडेल लोरी ब्लू एडकिन्स
(1988-05-05) ५ मे १९८८ (उमेर ३८)
लन्डन, इङ्ल्यान्ड
मातृ शिक्षाप्रतिष्ठानब्रिट विद्यालय
पेशा
  • गायिका-गीतकार
कार्यकाल२००६–वर्तमान
कार्य
समकक्षीरिच पल (२०२१–वर्तमान; मगनी भएको)
सन्तान
पुरस्कारपूर्ण सूची
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्र
  • स्वर
  • गितार
लेबल
हस्ताक्षर
वेबसाइटadele.com

एडेल लोरी ब्लु एडकिन्स (जन्म: ५ मे १९८८) एक बेलायती गायिका, गीतकार र अभिनेत्री हुन्। एक बेलायती सांस्कृतिक नमुनाको रूपमा मानिने एडेल आफ्नो मेजो-सोप्रानो स्वर र भावुक गीत लेखनका लागि परिचित छिन्। उनले १६ वटा ग्रामी पुरस्कार, १२ वटा ब्रिट पुरस्कार (जसमा तीन पटक 'वर्षको बेलायती एल्बम' समावेश छ), एक एकेडेमी अवार्ड, एक प्राइमटाइम एमी पुरस्कार, र एक गोल्डेन ग्लोब पुरस्कार प्राप्त गरेकी छिन्।

सन् २००६ मा ब्रिट विद्यालयबाट स्नातक गरेपछि एडेलले एक्सएल रेकर्डिङ्ससँग सम्झौता गरेकी थिइन्। उनको पहिलो एल्बम १९ (सन् २००८) मा बेलायतको शीर्ष पाँचमा पर्न सफल गीतहरू "चेसिङ पेभमेन्ट्स" र "मेक यु फिल माइ लभ" समावेश थिए। यो संयुक्त अधिराज्यको इतिहासमै सबैभन्दा धेरै बिक्री हुने पहिलो एल्बमहरूमध्ये एक बनेको थियो। उनले ग्रामीमा 'सर्वश्रेष्ठ नयाँ कलाकार'को पुरस्कार प्राप्त गरेकी थिइन्। एडेलको दोस्रो स्टुडियो एल्बम २१ (सन् २०११) २१औँ शताब्दीको सबैभन्दा धेरै बिक्री हुने एल्बम बनेको थियो। २१ ले अमेरिकी चार्ट इतिहासमा सबैभन्दा लामो समय (२४ हप्ता) सम्म बिलबोर्ड २०० को शीर्ष स्थानमा रहने कीर्तिमान कायम गरेको थियो। यसका गीतहरू "रोलिङ इन द डिप", "समवन लाइक यु" र "सेट फायर टु द रेन" विश्वभर चर्चित भएका थिए। यस एल्बमले 'वर्षको उत्कृष्ट एल्बम' सहित कीर्तिमानी ६ वटा ग्रामी पुरस्कार जितेको थियो। सन् २०१२ मा एडेलले जेम्स बन्ड फिल्म स्काइफल का लागि "स्काइफल" सार्वजनिक गरेकी थिइन्, जसले 'सर्वश्रेष्ठ मौलिक गीत'का लागि एकेडेमी पुरस्कार जित्न सफल भएको थियो।

एडेलको तेस्रो स्टुडियो एल्बम २५ (सन् २०१५) ले संयुक्त अधिराज्य र अमेरिका दुवैमा पहिलो हप्ताको बिक्रीको रेकर्ड तोडेको थियो। अमेरिकामा एक हप्तामा ३० लाखभन्दा बढी प्रति बिक्री हुने यो पहिलो एल्बम बनेको थियो। यसले उनलाई 'वर्ष एल्बम' सहित पाँचवटा ग्रामी अवार्ड दिलाएको थियो। यसको मुख्य गीत "हेलो" विश्वभर अत्यन्त सफल भएको थियो। उनको चौथो स्टुडियो एल्बम ३० (सन् २०२१) मा "इजी अन मी" समावेश छ, जसले सन् २०२३ मा ग्रामी अवार्ड जितेको थियो। सन् २०२४ सम्म आइपुग्दा, उनको पहिलो एल्बम बाहेक सबै स्टुडियो एल्बमहरू २१औँ शताब्दीमा विश्वभर वार्षिक रूपमा सबैभन्दा धेरै बिक्री हुने एल्बमको सूचीमा परेका छन्।

एडेल विश्वभर १२ करोडभन्दा बढी रेकर्ड बिक्री गर्ने कलाकारमध्ये एक हुन्। २१औँ शताब्दीमा यूकेमा सबैभन्दा धेरै बिक्री गर्ने महिला कलाकार र सन् २०१० को दशकमा अमेरिकामा सबैभन्दा धेरै बिक्री गर्ने कलाकारको रूपमा उनलाई चिनिन्छ। उनका एल्बमहरू २१२५ अमेरिकामा 'डायमन्ड' प्रमाणित भएका छन्, जुन २१औँ शताब्दीमा डेब्यु गर्ने कुनै पनि कलाकारका लागि सबैभन्दा धेरै हो।

बाल्यकाल र शिक्षा

[सम्पादन गर्नुहोस्]

एडेल लोरी ब्लु एडकिन्सको जन्म ५ मे १९८८ मा लन्डनको टोटनह्याममा भएको थियो।[] उनका पिता मार्क इभान्स वेल्सका थिए भने आमा पेनी एडकिन्स इङ्ल्यान्डकी थिइन्।[] एडेल दुई वर्षको हुँदा इभान्सले परिवार छोडेपछि उनलाई उनकी आमाले नै हुर्काएकी थिइन्।[] उनले चार वर्षको उमेरदेखि नै गाउन थालेकी थिइन् र उनी स्वरहरूप्रति निकै आकर्षित थिइन्।[][] सन् १९९७ मा, नौ वर्षको उमेरमा एडेल र उनकी आमा (जो त्यस समयमा फर्निचर निर्माता र वयस्क शिक्षा गतिविधि आयोजकको रूपमा काम गर्थिन्) इङ्ल्यान्डको दक्षिणी तटमा रहेको ब्राइटनमा सरेका थिए।[]

सन् १९९९ मा, एडेल र उनकी आमा पुनः लन्डन फर्किएका थिए। सुरुमा उनीहरू ब्रिक्सटन र त्यसपछि दक्षिण लन्डनको नजिकैको जिल्ला वेस्ट नोरउडमा सरेका थिए। वेस्ट नोरउड नै उनको पहिलो गीत "होमटाउन ग्लोरी" को विषयवस्तु हो।[]> एडेलले आफ्नो युवावस्थाको धेरैजसो समय ब्रोकवेल पार्कमा बिताएकी थियन्, जहाँ उनी गितार बजाउँथिन् र साथीहरूलाई गीत सुनाउँथिन्। यो सम्झना उनले सन् २०१५ को आफ्नो गीत "मिलियन इयर्स एगो" मा व्यक्त गरेकी थिइन्। उनले "त्यहाँ उनको जीवनका धेरै महत्वपूर्ण क्षणहरू बिताएको बताएकी थिइन्। एडेलले मे २००६ मा क्रोइडनस्थित ब्रिट विद्यालयबाट स्नातक तहको शिक्षा पूरा गरेकी थिइन्। त्यहाँ उनी लियोना लुइसजेसी जेकी सहपाठी थिइन्।[] एडेलले आफ्नो प्रतिभालाई निखार्न यो स्कूलको ठूलो भूमिका रहेको बताएकी थिइन्।[][१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Frehsée, Nicole (२२ जनवरी २००९), "Meet Adele, the U.K.'s Newest Soul Star", Rolling Stone (1070): २६, मूलबाट ८ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०२६ अभिलेखिकरण ८ नोभेम्बर २०१२ वेब्याक मेसिन
  2. Patterson, Sylvia (२७ जनवरी २००८), "Mad about the girl", The Guardian, मूलबाट २० नोभेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०१०
  3. Van, Jonathan, "Adele: One and Only", Vogue, मूलबाट १४ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१२ अभिलेखिकरण १४ फेब्रुअरी २०१२ वेब्याक मेसिन
  4. "Grammy-nominated Adele taking fame in stride", The Baltimore Sun, १५ जनवरी २००९, मूलबाट २० जुलाई २०१२-मा सङ्ग्रहित। अभिलेखिकरण २० जुलाई २०१२ = Archive.today
  5. Otiji, Adaora (१५ जनवरी २००९), "Singing Stronger Every Day: Adele", The Washington Post, मूलबाट ३० अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१५
  6. Patterson, Sylvia (2008)
  7. Heawood, Sophie (२८ डिसेम्बर २००७), "Adele-ation starts here", The Times
  8. "Adele's father tells of heartache over their rift", The Daily Telegraph, १८ फेब्रुअरी २०१८, मूलबाट २७ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१९
  9. Ruggieri, Mellisa (२३ अक्टोबर २००८), "In right place, right time with right stuff", Richmond Times-Dispatch, पृ: D10।
  10. Ruggieri, Mellisa (२३ अक्टोबर २००८), "In right place, right time with right stuff", Richmond Times-Dispatch, पृ: D10।

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]