ऐंसेलु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ऐंसेलु
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Rosales
परिवार: Rosaceae
वंश: Rubus
Subgenus: Idaeobatus
प्रजाति: R. ellipticus
वैज्ञानिक नाम
Rubus ellipticus
Sm. 1815
पर्याय[१]
  • Rubus obcordatus (Franch.) Thuan
पाकेको ऐंसेलु

ऐंसेलु (English: golden Himalayan raspberry or as yellow Himalayan raspberry)[२] पहाडी फल हो यो फल रंगको आधारमा ३ थरीको हुन्छ । यो फल चैत्र देखि लिएर साउनसम्म पाक्ने गर्दछ। मुख्यतः रातो ऐंसेलु सर्वत्र देख्न पाइन्छ । तर अरु जातको ऐंसेलु भने कतै कतै मात्र देखिन्छ । ऐंसेलुको फल ओखल जस्तै हुन्छ । यसको फल काँचो छँदा पत्रदलले ढाकेको हुन्छ ।

ऐंसेलुको प्रकार[सम्पादन गर्ने]

ऐंसेलुको बिभिन्न नाम तथा फल पातको विवरण यस प्रकार छन ।

रातो ऐंसेलु[सम्पादन गर्ने]

रातो ऐंसेलु

यो जातको ऐंसेलु पहाडी भेगको सबै ठाउँमा हुन्छ। यसको फल काँचोमा हरियो र पाकि सकेपछि रातो (सुन्तला रंग) हुने हुनाले यसलाई रातो ऐंसेलु भनिन्छ। यसको वोट एक झाडी आकारको हुन्छ। रातो ऐंसेलु पनि २ प्रकारको हुन्छ। एक ठूलो झाडी र फलको स्वाद गुलियो हुन्छ भने अर्को सानो वोट भएको र फलको स्वाद अलि अमिलो हुन्छ। पहिलो खालको ऐंसेलुको पात फुस्रो हरियो हुन्छ भने दोस्रो ऐंसेलुको पात चिल्लो हरियो हुन्छ। पहिलो जातको ऐंसेलुको काँडा केही कम हुन्छ भने दोस्रो जातको ऐंसेलुको काँडा धेरै खतरनाक हुन्छ। पहिलो जातको चैत देखि जेठको अन्त सम्म पाकेको पाइन्छ भने दोस्रो जातको ऐंसेलु जेठको अन्तमा पाकेको हुन्छ।

कालो ऐंसेलु[सम्पादन गर्ने]

कालो ऐंसेलु

कालो ऐंसेलु लहराको रूपमा फैलिएको हुन्छ। यसको पातको आकार गोलो हुन्छ। पातको बाहिर पट्टीको रंग सेतो र भित्र पट्टी हरियो हुन्छ। यसको काँडा अरु ऐंसेलु भन्दा कम हुन्छ। यसको फलको रंग काँचो छँदा हरियो पाकि सकेपछी कालो हुन्छ।

छारे ऐंसेलु[सम्पादन गर्ने]

यो ऐंसेलुको फलको रंगमा खरानी (छारो) छरे जस्तो हुने हुनाले यसलाई छारे ऐंसेलु भनिन्छ। यसलाई कतै कतै जोगी ऐंसेलु पनि भनिन्छ। यो ऐंसेलुकोपनि कालो ऐंसेलु जस्तै लहरा हुन्छ। यो ऐंसेलुको काँडा अरु ऐंसेलु भन्दा धेरै घातक हुन्छ। यसको काँडा बिरालोको नङ्ग्रा जस्तै उल्टो फर्केको हुन्छ। यसको पातको रंग बाहिर पट्टी सेतो र भित्र पट्टी चिल्लो हरियो हुन्छ। यो ऐंसेलु जेठको अन्त देखि लिएर साउन सम्म पाकेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]