कन्भेक्स लेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किनाराको भाग पातलो र बीचको भाग बाक्लो भएको लेन्सलाई कन्भेक्स लेन्स भनिन्छ । यो लेन्सले समानान्तर प्रकाशका किरणहरूलाई एउटै बिन्दुमा केन्द्रित गर्दछ । त्यै भएर कन्भेक्स लेन्सलाई कन्भर्जिङ लेन्स वा केन्दिकरण लेन्स पनि भन्ने गरिन्छ ।