कप्तान (क्रिकेट)
स्वरूप

क्रिकेट टिमको कप्तान एउटा मुखिया हुन्छन् जो सँग एउटा सामान्य खेलाडी भन्दा बढी दायित्व र जिम्मेवारीहरू हुन्छन् । अन्य खेल जस्तै, कप्तान सामान्यतः एउटा अनुभवी क्रिकेट खेलाडी हुन्छन जसको कुरा गर्ने कौशल राम्रो हुन्छ र उ टिमको एउटा स्थायी सदस्य हुन्छ । क्रिकेट खेल प्रारम्भ हुनु पूर्व टस हुन्छ जसको अगुवाई कप्तानले गर्छ साथै खेल चालु अवस्थामा उसले टिमको ब्याटिङ क्रम तथा बलिङ क्रम कुन खेलाडीले सम्हालनेछ भनी निर्धारित गर्दछ ।
कप्तानी जिम्मेवारीहरू
[सम्पादन गर्नुहोस्]खेल चालु अवस्थामा
[सम्पादन गर्नुहोस्]- टस
- खेल प्रारम्भमा कुनै एउटा कप्तानले सिक्कालाई आकाश तिर स्पीन गर्छ त्यसै समय सिक्का झर्नु भन्दा अगावै अर्को कप्तानले हेड वा टेल छानेर भन्नु पर्छ । जुन कप्तानले टस जित्छ उसले बलिङ अथवा ब्याटिङ मध्ये एउटा छान्नुपर्छ ।