कमलधाप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कमलधाप भद्रपुर नगरपालिकाको वडा नं २ मा अवस्थित बहु-सांस्कृतिक बहु-धार्मिक स्थल हो । विभिन्न जातजातिको साझा स्थलको रूपमा रहेको कमलधाप सांस्कृतिक परिपूरकताको अनुपम उदाहरण हो । कमलधाप झापाको एकमात्र एयरपोर्ट चन्द्रगढीबाट १० किलोमिटर दक्षिण मेची राजमार्गको सगरमाथा चोकबाट सिंगिमाडी हुँदै बनियानी जाने मार्गमा २ किलोमिटर भित्र रहेको छ । यो एक सुन्दर क्षेत्रको अवलोकन र भ्रमणको लागि पछिल्लो समयमा टाढाटाढाबाट आफ्नो सांस्कृतिक विशेष दिनहरूमा जम्मा हुने गरेका छन । एउटै क्षेत्रमा राई, तामाङ्ग, गुरूङ्ग, लिम्बु, ब्राम्हण, क्षत्रि, मगर, थामी, सन्थाल, नेवार, भुजेल, सुनुवार लगायतका विभिन्न गुम्बा, मन्दिर तथा धार्मिक आस्थाका प्रतिकहरू रहेको यो क्षेत्रमा विशेष गरी उधौली तथा उभौलीमा उल्लेख्य उपस्थिति हुने गरेको छ ।

भद्रपुर नगरपालिकाले यो क्षेत्र सहितको समग्र विकासका लागि नजिकै रहेको धापिलो क्षेत्रमा डुङ्गा पोखरी, बाल उद्यान तथा वनभोज स्थल सहित वृहत योजना तयार पारेर अघि बढिरहेको भएतापनि समयमै कार्य समापन नहुनाले यो लेख तयार पारून्जेल सम्म सम्पन्न हुन सकेको देखिदैन । सो विस्तृत परियोजना प्रतिवेदन हेर्ने हो भने एउटा अनुपम क्षेत्रको रूपमा यसको विकास गर्न खोजेको देखिन्छ ।