कर्नाटक क्रिकेट टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्नाटक क्रिकेट टिम भारतीय राज्य कर्नाटकको अन्तर्राज्यीय स्तरको क्रिकेट टिम हो । यो टिम रणजी ट्रफीको एलाइट समूहको सबैभन्दा शक्तिशालि टिमहरू मध्ये एक हो । टिमले भारतीय क्रिकेट टिमको धेरै अग्रणी क्रिकेट खेलाडी दिएको छ । यस टिमले छः पटक रणजी ट्रफी जितेको छ तथा ५ पटक द्वितीय स्थाणमा रहेको छ, जसमा पूर्व मैसूर टिम २ पटक अग्रणी रहेको थियो । यस टिमको गृहस्थान मैदान बेङ्गलोर स्थित चिन्नास्वामी स्टेडियम हो ।