काठमाडौँ उपत्यकाका मुख्य मन्दिरहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल मन्दिरैमन्दिर भएको देश हो। त्यसमध्ये उपत्यकाको हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको अध्ययन गर्दा यहां छैटौ, सातौँ शताब्दीमा देवदेवीहरूको कल्पना वा प्रभाव परेको मानिएको छ। उपत्यकामा चारवटा वाराही मन्दिरहरू रहेका छन्। उत्तरमा स्वेतवाराही, पुर्वमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा बज्रवाराही रहेको पाइन्छ। काठमाडौँ साँस्कृति र ऐतिहासिक रूपले महत्त्वपूर्ण स्थानको रूपमा रहनुको साथै प्राकृतिक स्वरूपले पनि परिपूर्ण रहेको छ। हरेक किसिमका वृक्षहरू पाइनु, अनन्त पन्छीहरूको बासस्थान हुनु, चिसोस्थानमा पनि तर्राईको जस्तो घनाजंगल हुनु, विजयशाल मात्र होइन सहदेव र सहदेवी बिरुवाको काठ आफ्नो शरीरमा राख्दा दुबैको मन मिल्नु जस्ता बिरुवा पाइनु यस पूण्यभूमिको लागि सुनमा सुगन्ध थपिनु जस्तै हो।

पशुपतिनाथ मन्दिर[सम्पादन गर्नुहोस्]

श्री पशुपतिनाथ, का.म.पा. ८ हिन्दू धर्माबलम्बीहरूको महत्पूर्ण धार्मिक स्थलमा मार्ग कृष्ण चतुदर्शीका दिन एक वर्ष भित्र अवशान भएका आफन्तहरूको सुखद स्वर्गवासको कामना गर्दै सात प्रकारको सतविज छारिने परम्परा छ। साथै शिवरात्रीको दिन आरध्यदेव पशुपति अर्थात शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकीमुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपुर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान दिन हो शिवरात्री। शिवरात्रि नेपाल भरि धुमधामस“ग मनाइने राष्ट्रिय पर्व हो। फागुन कृष्ण चतुर्दशीको घोर अन्धकारको रातमा शिवको जन्म भएको मान्यताअनुसार शिवका पीठहरूमा श्रद्धा, भक्ति र निष्ठासाथ मनाइने गरिन्छ श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पुर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो

बौद्धनाथ[सम्पादन गर्नुहोस्]

बौद्धनाथ, का. म. पा. ६ एसियाका तारा तथा विश्वमा अहिंसा तथा शान्तिको सन्देश संवाहक भगवान वुद्धको विशाल स्तुप रहेको (प्रतिमा) स्थल। नेपाल बाहेक चीन, थाइल्याण्ड, श्रीलङ्का, जापान लगायत विश्वका अन्य सयों वौद्ध धर्मावलम्वी र हिन्दुहरूको समेत आस्थाका धार्मिक स्थल। यसलाई विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ मन्दिरको पछाडि रहेको ऐतिहासिक ह्याइलिसाङ पोखरीको पुनः निर्माण कार्य सम्पन्न गरेको छ।बौद्धनाथ मन्दिर (गुम्बा) निर्माण भएकै समयमा निर्माण गरिएको विश्वास गरिने सो पोखरी पुरिन गई लोप हुने अवस्थामा पुगेको थियो। पोखरीसँगै आर्कषण हरियाली पार्क निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष दिलीपकुमार लामाले जानकारी दिए। पोखरी र पार्कको निर्माणपछि बौद्धनाथ क्षेत्र भ्रमणका लागि आउने पर्यटकलाई थप रमणीयता प्रदान गर्ने स्थानीयवासीहरूले विश्वास गरेका छन्। विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको सरसफाइमा पनि समितिले विशेष ध्यान पुर्याइरहेको छ। सरसफाइकै लागि नेपालमै नमुनाको रूपमा चार लाख मूल्यको स्विपर मेसिन ल्याइएको अध्यक्ष लामाले जानकारी दिए। बौद्धनाथ क्षेत्रमा चोरीमा घटना बढ्दै गएकाले २४ सै घण्टा समितिले सुरक्षा गार्ड राख्ने व्यवस्था मिलाईएको छ। जसबाट चोरीका घटनामा निकै कमी आएको छ। बौद्धनाथ क्षेत्रको धार्मिक महत्त्व एवं सरसफाइलाई ध्यानमा राखी गुम्बामाथि चढ्न पूर्णतः निषेध गरिएको अध्यक्ष लामाले जानकारी दिए। माथि चढ्न दिँदा केटाकेटीका जोडी त्यहाँ गई अश्लील क्रियाकलापमा संलग्न हुने गरेको पाइएकाले पनि निषेध गर्नुपरेको उनले बताए।सूचीमा समेत समावेश गरिएको छ .

बज्रबाराही मन्दिर[सम्पादन गर्नुहोस्]

यो पुण्यस्थल ललितपुर जिल्लामा एक हजार पाँचसय मिटर उँचाइमा रहेको चापागाउँ गाविसको वडा नं. ३मा पर्दछ। यस मन्दिरको पुर्वमा झरुवारासी बडिखेल गाविस, पश्चिममा छम्पी, उत्तरमा धापाखेल दक्षिणमा लेले गाविसभित्र यो क्षेत्र रहेको छ। १८.९९ हेक्टरमा फैलिएको यस जंगल क्षेत्रको करिब बीच भागमा मन्दिर रहेको छ। प्राकृतिक रूपले अतिसुन्दर र पूण्यभूमिको रूपमा रहेको बज्रवाराहीको सम्बन्धमा- वाराही शब्द ‘बराहको स्त्रीलिङ्गी रूप हो।। जसको पूजामात्र गर्नाले पनि जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने गर्छ सिद्धि प्राप्त हुन्छ। प्रकृतिको वरदानको रूपमा स्थापित भएको महसुस हुने अति सुन्दर निकुन्ज, शितल छहारी- त्यसै छहारीमा कोइलीको सुमधुर स्वर, प्रकृतिको विलक्षण सिर्जनामा मन्दिरमा मानव निर्मित कलात्मक भव्यताले जोसुकैलाई मनमोद विनोद बनाइदिन्छ। गर्भ गृहमा प्रस्तरको बीचमा वल्लो-पल्लो छेउमा धातुका दुई मुर्ति कलात्मक रूपले बनाइएको छ। ठीक तल ११ वटा देवीका मुर्तिहरू जसको तलपट्ट दक्षिणतर्फजल कुण्ड र नजीकै भोगदिने गरिन्छ। बाहिर र भित्र सिंहका आकृति छन् भने प्राङ्गणमा बत्ती बाल्ने पालाहरू छन्। त्यहाँ रहेको जल कुण्डलाई पनि गुहेश्वरीको जलकुण्ड मानिन्छ। नवरात्रीमा उक्त कुण्डबाट जल निकालेर स्नान गर्ने प्रचलन छ। जहाँ काठमा कुँदिएका वाराहीका तीनवटा मुर्ति बँदेलको जस्तो मुख देखिने, विभिन्न हतियार समातेका विभिन्न मुद्रामा देखि आठ बाहु भएका र राँगामाथि चढेको देखिन्छन्। मन्दिरको जताततै विभिन्न चित्रहरू कुँदेर राखिएका छन्। आगो बलेको अवस्थामा मात्र गजुर राख्न सकिने भनाइ पाइन्छ। चक्रगुठीबाट पूजा सामग्रीसहित बोकाको समेत व्यवस्था हुन्छ।। चतर्दशीका दिन देवीलाई देवगृहको मूलचोकमा ल्याई महर्जनहरूबाट सिंगारपटार गरी पूजा गरेपछि र्सवसाधारणबाट पूजा गरेपछि मर्ति खटमा राखेर बजार परिक्रमा गर्राई देवगृहमा राखिन्छ।देवीलाई अष्टमण्डपमा राखेर स्नानसमेत गराउने प्रचलन छ। चतुर्दशीको राती बिनावाजागाजा-स्थानीय प्रशासनले समेत पूजा गरेपछि फुस्रो सिन्दूर आपसमा लगाउने कार्य हुन्छ।

दक्षिणकाली मन्दिर[सम्पादन गर्नुहोस्]

काठमाडौँ उपत्यकाको मध्य सहरदेखि करिब १८ कि.मि. दक्षिणतर्फदक्षिणकाली मन्दिर अवस्थित छ।सो खोंच वन जङ्गलले घेरिएको छ। पीठस्थललाई दुईवटा साना साना पहाडी नदीले द्वीपको स्वरूप दिएका छन्। दक्षिणकाली पीठ रहेको स्थान त देवीकै नामले चिनिन्छ।दक्षिणकाली रहेको क्षेत्रलाई नेवारीहरूले फँपी भन्ने चलन छ।दक्षिणकालीको धार्भिक-साँस्कृतिक महत्त्वलाई जोगाइराख्न सो क्षेत्रको सुधार र विकास गर्ने उद्देश्यका साथ त्यस सम्बन्धी विकास आयोजना सुरु गरी दक्षिणकाली पीठ वरिपरिको ५६ हेक्टर क्षेत्रलाई दक्षिणकाली विकास क्षेत्र तोकिएको छ। तापनि त्यो मुर्तिको स्थापना सम्बन्धी कुनै शिलालेख पीठस्थलमा नपाइएकोले यसबारेमा यकिनसाथ भन्न सकिने अवस्था भने छैन। मुर्तिको पादपीठमा प्रताप मल्लको अभिलेख छ भन्ने गरिए पनि मुर्तिको त्यो भाग ढुङ्गाले छोपिएकोले तत्काल त्यसको अध्ययन गर्न सकिंदैन। त्यहाँ देखिने शिलालेखहरूमा सवैभन्दा पुरानो सरदार कालु पाँडे र उनकी पत्नी सत्यभामा लक्ष्मीले लेखाइराखेको वि.स. १८४२को शिलालेख पनि एक हो। यो शिलालेख दक्षिणकालीमा पाटी बनाई केही गुठी राखी लेखाइएको हो।दक्षिणकालीको पीठ खुल्ला रूपमा रही त्यसको पश्चिमी भित्तामा पुर्वाभिमुख भई देवीको मुर्ति रहेको छ। दक्षिणकालीवारे एउटा आख्यान पनि छ। जसअनुसार उहिले शिखर नारायणको मन्दिर रहेको डाँडाको माथि थुम्कामा दक्षिणकाली र उनका गणहरूको वासस्थान थियो। आधा रातमा देवीले आफ्ना सामुन्ने आइपुग्ने मानिस खाइदिन्थिन्। देवीले यस्तो गरेर धेरै मानिस खाइदिएपछि जनताको रक्षा लागि एकजना तान्त्रिकको सहायताले देवीलाई सहरभन्दा पर जंगल, मसान र नदीको किनारमा बस्न बाध्य गरी पूजा आजा र बलि चढाउने चलन चलाएका थिए।दक्षिणकाली मन्दिरमा प्रायःजसो शनिवार र मंगलवार श्रद्घालु भक्तजनहरूको घुईचो लाग्ने गर्दछ। लाखौँ भक्तजनहरूको घुइँचोले हिन्दुहरूको आस्थाको केन्द्रविन्दुको रूपमा दक्षिणकालीलाई प्रसिद्ध बनाएको छ।

चाँगुनारायण मन्दिर[सम्पादन गर्नुहोस्]

चाँगुनारायणको मन्दिर काठमाडौँ उपत्यकामा अवस्थित सबैभन्दा पुरानो मन्दिर हो। पुरातात्त्विक कलाहरूले भरिपूर्ण यो मन्दिर काठमान्डौबाट २२ कि. मि. टाढा पर्दछ। कुनै स्पष्ट प्रमाण नभए पनि यो मन्दिर चौथो शताब्दीतिर बनेको हो भन्ने विश्वास छ। यो मन्दिर काष्ठकला र मुर्तीकलाहरूको उच्च नमुना नै हो। उपत्यकाको सभ्यता, जीवन, इतिहास र सँस्कृतिको सुन्दर प्रतिमुर्ती हो चाँगुनारायण। परापूर्व कालमा चाँगुनारायण मन्दिर रहेको ठाउँ अधिकांस रूपमा चाँपको वन थियो। वनको एक छेउमा सुदर्शन नाम गरेका ब्राह्णण बस्थे। जंगलको वरिपरि अरु गोठालाहरू बस्थे। ति ब्राह्णणलाई तिनै गोठालाहरूले पाल्ने गर्थे। भगवान विष्णु - "धेरै पहिला देवता र अशुरहरूको सँग्रामको बेला सुमति नाम गरेका ब्राह्मन अशुरहरूको तर्फबाट लड्न आएका थिए। अनि उनलाई मैले बाध्य भएर वध गर्नु पर्यो। त्यसपछी ब्राह्मनका गुरु शुक्रचार्यले मलाई ब्राह्मन हत्याको श्राप दिए। अनि त्यो श्राप कहिले मुक्त हुन्छ भन्दा जब सुमतिको सन्तानले तिम्रो शिर काट्छ तब तिमी श्राप-मुक्त हुन्छौ भन्ने उत्तर पाएँ। त्यही श्राप मुक्त हुन सारा प्रपन्च आँफैले रचेको हुँ। अब म श्राप मुक्त भएँ। तिमी त्यही सुमतिका सन्तान हौ।" अब म यही ठाउँमा बस्छु भनेर भगवान बिष्णुले त्यही सुदर्शन ब्राह्मनलाई आफ्नो पूजा गर्ने मुख्य पूजारी बनाइदिए। अनि त्यही सुमतिका वङ्शजले यस मन्दिरमा पूजा गर्नुपर्ने भएकाले आफ्नो मातापिता मर्दा पनि ति पूजारीहरूले जुठो बार्न पाउँदैनन्। अनि पूजाको नित्य सर्-सामानहरू तिनै गोठालाहरूले जुटाउन थाले। ति गोठालाहरू जुठोको बेला पूजारीकामा बसे भने उनिहरूलाई पनि जुठो नलाग्ने भयो। त्यो चलन अहिले सम्म पनि चलिरहेकै छ।