सामग्रीमा जानुहोस्

कात्सुसिका होकुसाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कात्सुसिका होकुसाई (葛飾北斎, [कात्सुसिका होकुसाई] Error: {{लिप्यन्तरण}}: transliteration text not Latin script (pos 1: क) (help), अक्टोबर ३१,१७६० – मे १०, १८४९), एक जापानी चित्रकार थिए। उनी उकियो-इ स्टाइलको उडब्लक प्रिन्ट र पेन्टिङ्का उस्ताद थिए।[]

द ग्रेट वेभ अफ कनागवा

उनी विशेषतः द ग्रेट वेभ अफ कनागवाका कारण चिनिन्छन् जुन एउटा उडब्लक प्रिन्ट हो।[]

प्रारम्भिक जीवन

[सम्पादन]

सानै उमेरदेखि होकुसाईलाई चित्र कोर्न रमाइलो लाग्थ्यो। ५ वर्षको उमेरदेखि नै उनले आफूले देखेका कुराहरू स्केच गर्न थालेका थिए। उनको बुवा (वा पालनपोषण गर्ने परिवार) ऐना बनाउने काम गर्थे र ऐनाको किनारामा सजावट पनि कोर्थे। त्यसैबाट होकुसाई थप प्रभावित भए र सो काम सिक्न थाले।

१२ वर्षको उमेरमा बाबुले उनलाई पुस्तकालयमा काम गर्न पठाए। त्यहाँ काठको ब्लकबाट छापिएका किताबहरू हुन्थे, जुन त्यस बेलाका मानिसहरूलाई मन पर्ने मनोरञ्जनको साधन थियो। १४–१५ वर्षको उमेरदेखि उनले काठको ब्लक कुँद्ने काम सिक्न थाले। त्यहाँ उनले छापाकलाको गहिरो ज्ञान पाए। १८–१९ वर्षको उमेरमा उनी एक प्रसिद्ध कलाकार कात्सुकावा सुन्सोको स्टुडियोमा गए र त्यहाँबाट आफ्नो कला यात्रा सुरू गरे। यसरी सानैदेखि मेहनत गरेर, धेरै काम परिवर्तन गर्दै र निरन्तर अभ्यास गर्दै एवम् सिक्दै होकुसाई ठूला कलाकार बने। उनी ८८ वर्षसम्म जीवित रही आफ्नो जीवनको अन्तिम समयसम्म चित्र कोर्दै रहे।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. Nussbaum, Louis Frédéric. (2005). "Hokusai" in Japan Encyclopedia, p. 345.
  2. Kleiner, Fred S. and Christin J. Mamiya, (2009). Gardner's Art Through the Ages: Non-Western Perspectives, p. 115.

अन्य वेभसाइटहरू

[सम्पादन]